बलिउड अभिनेता सुशान्तको हत्या भएको आशंका गर्दै परिवारद्धारा अनुसन्धान गर्न माग

[mashshare]

रासस/एएनआई
१ असार काठमाडौं । आत्महत्या गरेका भनिएका भारतीय अभिनेता सुशान्तसिंह राजपुतले आत्महत्या गरेको नभई उनको हत्या गरिएको आशंका परिवारले गरेका छन् ।

उनका परिवारले आत्महत्या गरेको नभएर उनको हत्या गरिएको भन्दै अनुसन्धान गर्न प्रहरीसमक्ष आग्रह गरेका छन् ।
राजपुत आइतबार मुम्बईको बान्द्रास्थित आफ्नै अपार्टमेन्टमा झुण्डिएको अवस्थामा भेटिएका थिए । प्रहरीले पनि उनको आत्महत्या भएको बताएको थियो ।

तर राजपुतका मामा आरसी सिंहले सोमबार भनेका छन्– ‘उनले आत्महत्या गरे भन्ने विश्वास छैन, हामी परिवारका सदस्यहरुले यसको विरोध गरेका छौँ, उनको हत्या भएको छ, प्रहरीले राम्रोसँग अनुसन्धान गरोस् ।’

प्रहरीले भने घटनाको प्रकृति हेर्दा अहिलेसम्म आत्महत्या नै गरेको जस्तो देखिएको बताएको छ ।

भारतीय चलचित्र क्षेत्रका नायक राजपुतका मामा तथा आफन्तहरुले उनले आत्महत्या गर्ने कुनै कारण नरहेको भनेका छन्  । प्रहरीले कुनै सुसाइड नोट पनि नभेटिएको बताएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close