१ सय ७ यात्रु बाेकेकाे विमान दुर्घटना

[mashshare]

९ जेठ एजेन्सी : पाकिस्तानको व्यापारिक राजधानी कराँचीमा यात्रुवाहक विमान दुर्घटना भएको छ।

पाकिस्तानको राष्ट्रिय एयरलाइन्स कम्पनी पीआईएको उक्त विमान कराँची विमानस्थलमा अवतरण गर्नुअघि दुर्घटना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

विमान दुर्घटनास्थलमा धुँवाको मुस्लो देखिएको बताइएको छ। दुर्घटनामा के कति हताहति भए भन्ने विवरण आउन बाँकी रहेको पाकिस्तानी अधिकारीहरुले जनाएका छन् ।

पाकिस्तानमा कोरोना भाइरसको संक्रमणका कारण जारी लकडाउनपछि पुनः हवाई उडान सुरु भएको थियो। विमानमा चालक दलका सदस्यसहित १ सय ७ जना सवार रहेका थिए।

जसमा ९९ जना यात्रु र बाँकी चालदलका सदश्य रहेको बताइएको छ। स्थानीय समयअनुसार आज दिउँसा १ बजे लाहोरबाट उक्त जहाजले कराँचीका लागि उडान भरेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close