स्थानिय निकायलाई स्वास्थ्य सामग्री उपलब्ध गराउ हामी चेक गर्छौ :वडाअध्यक्ष गैरे

[mashshare]

पर्सा ७ जेष्ठ
कोरोना भाइरसको त्रासले अहिले बिश्व नै आक्रान्त छ नेपालमा कोरोना भाइरसको संक्रमणका कारण नेपाल अहिले लगभग दुई महिना देखि लकडाउन छ। हिजो साझ स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार समेलनमा स्वास्थ्य मन्त्रालय बाट निस्किएको अभिव्यक्तिको निकै आलोचना भएको थियो सरकारले निजि क्षेत्रलाई लगाएत अस्पतालमा पनि शुल्क तिरेर कोरोना जाँच गर्न पाइन्छ भन्ने अभिव्यक्ति लाई केही संचार माध्यम देखि सामाजिक संजालमा १५००० शुल्क तिर्नु पर्ने गलत प्रचार फैलाइएको थियो जुन आज स्वास्थ्य मन्त्रालयले एक विज्ञेपति मार्फत प्रष्ट पारी सकेको छ।

  1. हिजो आएको मन्त्रालयको अभिव्यक्ति पश्चात् धेरैले आ आफ्नो तर्क प्रस्तुत गरेका थिए। अरुको बिचार भन्दा बिल्कुलै फरक बिचार पर्सा जिल्लाको सुधैली गाउँपालिका वडा नं २ का अध्यक्ष बिजय श्री गैरे ले राखेका छन् । अध्यक्ष गैरेले सामाजिक संजाल मार्फत यस्तो लेख्छन् वडा अध्यक्षको भनाइ जस्ताको तेस्तै सरकारको कोरोना नियन्त्रण कोष मा जम्मा भएको लगभग ३ अर्ब रुपैयाको कीट मात्र खरिद गर्ने र देशैभरीका प्रत्येक वडामा भएको स्वास्थ चौकी र त्यहा कार्यरत स्वास्थकर्मी मार्फत वडा भरिका जनताको कोरोना परिक्षणको ब्यवस्था मिलाउन पर्छ सरकार,त्यो सम्भव छैन भने कीट खरीदको ब्यवस्था मिलाइदिनु स्थानीय तहले परिक्षणको जिम्मा लिन्छ, त्यो पनि सम्भव छैन भने निजि ठुला ल्यावहरुलाई क्षेत्रगत रुपमा शुल्क लिएर कोरोना परिक्षणको जिम्मा दिनु त्यस्को शुल्क स्थानिय तहले तिर्छ बरु, जब सम्म सम्पुर्ण जनताको परिक्षण हुदैन तब सम्म स्थिति भयावह रहन्छ,सधै लक्डाउन बढाएर मात्र हुदैन सरकार,परिक्षण सबैको हुनै पर्छ सक्रमित र अन्यको बिच कित्ताकाट हुनै पर्छ, अनि मात्र कोरोना कोभिड-१९ निस्तेज पार्न सकिन्छ भनेर उल्लेख गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close