विभिन्न राजनीतिक दलको आडमा अपराध : कृष पक्राउ  

[mashshare]

समीर नेपाल
७ जेष्ठ सुनसरी । विभिन्न राजनीतिक दलहरुसँग नजिक रहेर अबैध धन्दा गर्दै आएका सप्तरीका कृष्णकुमार यादब (कृष) सुनसरीबाट पक्राउ परेका छन् । ६ जना ब्यक्तिको हत्या गरेको आरोप समेत लागेका यादवलाई सुनसरी प्रहरीले मंगलवार साँझ एक थान नलकटुवा पेस्तोल र अवैध लागू पदार्थ सहित पक्राउ गरेको हो ।

भारतीय नम्बर प्लेटको गाडीमा सप्तरीबाट सुनसरी आउँदै गरेका उनीसँग दुई थान ठूला हतियार छ भन्ने सूचना भएपनि प्रहरीले खनतालासी गर्दा उनको साथबाट एक थान मात्र हतियार फेला परेको प्रहरीले जानकारी दिएको छ।

तत्कालिन माओवादीका नेता मातृका यादवको साथमा रहेको एके ४७ र एसएमजी सहितका केहि हतियार लिएर भागेका कृषसँग अहिले पनि सो हतियार रहेको बताइन्छ। मंगलवार प्रहरीले सो हतियार कृषको साथबाट नियन्त्रण हुने आशा गरेको थियो। तर सो हतियार फेला नपरि एक कटुवा पेस्तोल र केहि लागू औषध मात्र प्रहरीले फेला पारेको थियो।

कृष सप्तरी र सुनसरीलाई केन्द्र बनाएर आपराधिक काममा संलग्न रहँदै आएका छन्। ३ महिना अघी सुनसरीमै पक्राउ पर्दा उनलाई उपेन्द्र यादवले छुटाएको प्रहरी स्रोत बताउँछ। हनुमाननगर कंकालिनी वडा नं १४को वासिन्दा कृषले आफ्नी आमालाई सोहि नगरपालिकाबाट आमालाई तत्कालिन समाजवादी पार्टीबाट उपमेयरमा चुनाव लडाएका थिए।

कोशी पुल बन्न ठेक्का लिने १५ जना ठेकेदारहरुसँग ५० लाखको दरले प्रशासन मिलाउनु पर्छ भन्दै ठेकेदारहरुसँग यादवले फिरौती मागेको प्रहरी अधिकारीहरु बताउँछन्। सुनसरी र सप्तरीका ठुला प्रोजेक्टमा फिरौती रकम माग्ने र आफ्नो स्वार्थमा विभिन्न राजनीतिक दललाई प्रयोग गर्दै आएका कृष भारतीय नम्वर प्लेटको गाडी लिएर लकडाउनको समयमा सप्तरी र सुनसरीमा हिड्दै आएका थिए ।

लामो समयदेखि अपराधिक गतिविधिमा संलग्न यादवको विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी कमल थापाले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close