आसाको लुकाछुपि

[mashshare]

बचपना देखिको मायाको परिकल्पना अनि सपना अझै पनि उस्तै छ |

बीचमा धेरै आयो मायाको मन्द झोका अनि यसको सिरेटोले मलाई झकझकाउन तर मेरो मन पनि पिपलको पात जस्तै जता आउछ झोका त्यता फर्क्यो |अहिले २० बर्षे जवानीको तातो-तातो अवस्था अनि यसअघि जति पनि आएको मनको उछालले मलाई अहिले सम्मान मिठो मायाको परिभाषा महसुस भएको छैन | बैशले मातिएको बेलामा प्रेमको प्रस्ताब धेरै आयो अनि धेरै गरे पनि – तर त्यो अर्थहीन भयो |

प्रेमले रूझेका मेरा सपनाहरु अझै पनि जस्ताका त्यस्तै छन् | अझै पनि यो मन त्यहि मिठो मायाको परिभाषा खोज्दै भौतारीरहेको छ | सपना देखाऊने अनि बिपनालाई तितो बनाउनेहरुको कमि छैन, म पनि यहि तितो जवानीलाई मायाको मिठो परिभाषासंग मिसाएर जीवनलाई अर्थपूर्ण बनाउने प्रयासमा छु तर पनि – असफल !

Asian Khabar

बाल्यकालमा मनमा सजिएको उनको तस्बिर आज सम्मान याद आउंछ | मेरो जिन्दगिको पहिलो यादगार बन्न पुगिन उनि, बीचमा हामीहरु सम्पर्क बिहिन भयौं, त्यो समयमा धेरै नै सपना बाढ्ने सहयात्रीहरु भेटें मैले, तर मेरो जीवनको प्राथमिकतामा पर्दैनन् तिनीहरु अहिले पनि | जीवनमा अहिले उसको नै खोजि छ – जहाँ म उसको नजरमा लुप्त हुन पाए, जहाँ म उसको अंगालोमा बाधिन पाए, जहाँ म उसको मुस्कानमा हराउन पाए, जहाँ म उसलाई घन्टौ हेरर संसार बिर्सेन पाए, भने साच्चैनै मेरो जीवनमा बसन्त छाउने थियो, तर कहाँ मैले सोच्या जस्तो हुँदो रहेछ र ? मैले उनीसंग कुरा त गर्दै गएँ तर उसको नजरमा म गलत रहेछु | म पनि त्यस्तै स्वार्थी जुन बेलामा मन हुन्थो त्यो बेलामा मात्र बोल्ने अनि मनको कुरा पोख्ने | मेरो सहयात्रीहरुको बारेमा उनिलाई थाहा थियो, अनि तिनीले मलाई कसरि बिश्वास गर्ने – यसले मलाई माया गर्छ भनेर |

यस्तै दिनहरु बित्दै गयो, मैले पनि बेला-बेलामा मात्र वास्ता गर्थें, मैले बेला-बेलामा कुरा गर्दा भन्थें हामी कहिले भेट्ने ? हामी कहिले भटने? अनि उनको उत्तर – भेटौला नी कुनै दिन समय मिलाएर | धरै दिन बित्यो हाम्रो भेटघाट गर्ने समय पनि जुर्न धरै गाह्रो भयो | फेरी हामी बोल्न छाडौ | एक दुई दिन राम्रो संग बोल्यो भने हामी महिना दिन सम्मान बोलिदैन थियो | म पनि मेरो काम र उनि पनि आफ्नो काममा ब्यस्थ हुन्थौ| अचानक एकदिन फेरी हामी बोलाऊ अनि मैले पुन: त्यहि कुरा सोधे – हामी कहिले भेट्ने ? उनको उत्तर – हुन्छ भेटौला नी त अब |

Asian Khabar

उनले त्यति भन्दा मेरो मनमा हर्षका बहरहरु पुन: जागेर आयो | फेरी मिठा-मिठा सपनाहरु देख्न पनि छाडिन | उनीसंग भेट्दा के कुरा गर्ने, कस्तो गर्ने, अनि कहाँ भेट्ने जस्ता कुराहरुले मेरो मनलाई शान्ति दिएन | हाम्रो भेट गर्ने भन्ने दिन नजिक आउदै गर्दा मलाई एक किसिमले डर हुन सुरु भयो | उसलाई भेट्दा म कस्तो देखिने हो ? भन्ने कुराले मलाई सतायो, अनि म आफ्नो सुन्दरताको खोजीमा सैलुन धाएँ, कपाल मिलाएँ, अनुहारमा कृतिम चमक भरें, बारम्बार ऎनामा हेरेर सुन्दरताको मुल्यांकन पनि आफै गरें, लाग्यो अरु दिनको भन्दा राम्रो भएछु | अझै पनि मेरो मनमा डरले डेरा नजमाएको त कहाँ हो र ?

भेट्ने दिन –उनीलाई भेट्न प्रतिक्षा गरिरहेको थिएँ, एक्कासी मेरो नजर आउदै गरेको उनि माथि पुग्छ, एक हातमा Mobile अनि लम्कदै आइरहेको उनका लचक-लचक चालका साथ उनीसंग जब नजर जुध्छ, लाग्छ चिसो तलाउमा चुर्लुम्ब डुबिरहेको छु, हावाका गति संगै फर-फर गर्दैछन्, उनका काला लामा केश राशीहरु, आहा ! साचै त्यो केश राशी भित्र बिलिन हुन पाए | कृतिम सजकजले नसजीदा पनि साक्षात परी जस्तै लाग्यो |

शनिबारे दिन, चैते गर्मी पनि उस्तै, मनमा भयानक डर, फेरी उनीलाई हेर्छु, आनन्द हुन्छ, अनि बाटोमा रिक्सावाला, ठेलावाला, पैदलयात्री, सडक पेटीमा समान फिँजाएर बेच्न बसेका पसले, साइकलमा फलफूल बेच्नेहरू । यिनै न हुन्— काठमाडौंका आम दृश्य । अनि आगतविगतको गफगाफ गर्दै अघि बढौ – हाम्रो गन्तब्यमा | हरेक बहानाका कुरामा आफुलाई साचो बनाउदै, रमाउदै गयौं |केही समय सँगै बस्यौं | रुखको छहारीमा बस्दा हावाको गतिले सितलता थपिन्छ, अनि अक्सिजनको मात्राले फोक्सो भरेर आउँछ – अनि संसारिक आनन्दको महसुस हुन्छ | कहिले काही नजर जुद्धा मेरो खुसिको कुनै सिमा रहेन | लाग्यो पहिलो पटक भेट भएको जस्तो तर हैन, हामी कक्षा २ देखी १० सम्म संगै पढेको ! मात्र बीचमा भेटघाट नभएको |

समय बित्दै गयो अब हामी छुटिने बेला आयो, मेरो मनमा एउटा नरमाइलो छायाको प्रतिबिम्बले छायो | एउटा किस्सा छ नी” भेट्नु नै छुट्नु हो ” | त्यसपछि हामी आफ्नो-आफ्नो बाटो लाग्यौं | छुटेको ठाउँबाट घरसम्म आइपुग्दा मेरा मनमा धेरै नै कुराहरु खेल्न सुरु भयो, मन मस्तिकमा उसको मुस्कान, उसको चालले मेरो आखामा छपकै छाएको थियो, मात्र बाटोमा गन्तब्य लिएर म अघि बढीरहेको थिएँ | अनेक थरिका सपना, कल्पनाले मलाई सताईरह्यो | दिन बित्दै गयो, हामीहरु अब राम्रोसंग बोल्न सुरु गर्यौं | दैनिकी नजिक हुँदै गयौं, एक-अर्कालाई राम्रो साबित गर्दै गयौं, एक अर्कालाइ सहयोगको भावना पनि सिर्जना भयो, अब उनिले मलाई केही हद सम्मान विश्वास गर्न सुरु गरिन, यस्तै राम्रो-राम्रो दिन बित्दै गयो, Mobile को चाटिंगबाट नै खुसि बढ्न सुरु गर्यौं, थाहा नै भएन कुन बेला उनीले मेरो मनमा डेरा जमाइन | फेरी मेरो मनमा एकप्रकार सवाल खडा भयो – मायाँको मिठो परिभाषा लिने की नलिने भनेर ? अर्थात् मैले उसलाई भन्ने की नभन्ने मेरो मनको कुरा | फेरी पत्याउने हो की हैन ?, बिश्वास गर्ने हो की हैन ?, यस्तै-यस्तै सवालहरुले मलाई दैनिकी ब्युझायो | कहिले-काही त हिम्मत गर्छु, तर फेरी संसार नै मै माथि खस्यो जसरी अन्तरआत्मा देखिनै डर लाग्छ | मायाको सिंगो पन्नालाई कच्याककुचुक पारेर राखेको छु |

जिन्दगीले मसंग हर-रोज परिक्षा लीईरहेको छ – म पनि फेल र पासको दोसाधमा अल्जीएर बसेको छु |

बचपनामा उनिसंगको सपना, आज पनि उनिसंगै देखि रहेको छु | फरक यति मात्र हो – पहिला सपना देख्ने अधिकार थियो, अहिले छैन |

खै कहिले सम्म हुने हो ? यो लुकाछुपी

– पोषक बहादुर खड्का (Fret)

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close