प्रधानमन्त्रीको फोटो बिगारेर फेसबुकमा राख्‍ने पक्राउ

[mashshare]

काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओली र अन्य नेताका फोटो बिगारेर सामाजिक सञ्जालमा राखेको आरोपमा प्रहरीले सिन्धुलीमा एक जनालाई पक्राउ गरेको छ।तीनपाटन गाँउपालिका १ बेल्घारी निवासी २१ वर्षीय मधु भनिने तोरणराज पौडेललाई विद्युतीय कारोबार कसुरअन्तर्गत प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार महानगरीय प्रहरी बिट दरबारमार्गले पौडेलविरुद्ध विद्युतीय कारोबार कसुरअन्तर्गत काठमाठौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ।

अदालतले वैशाख २८ गते पौडेलको नाममा पक्राउ पुर्जी जारी गरेको थियो । विद्युतीय कारोबारमा मुद्दा चलाइएको पौडेललाई समाएर पठाइदिनू भनेकोले पक्राउ गरी काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले बताए।

पक्राउ परेका पौडेललाई प्रधानमन्त्री, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वामदेव गौतमको कार्टुन फोटो बनाइ फेसबुकमा राखेको अभियोग लागेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close