कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सर्वोच्चले दियो ओली सरकारलाई यस्तो आदेश

[mashshare]

काठमाडौं । सर्वोच्च अदालतले कोभिड १९ महामारी नियन्त्रण गरी आम नागरिकको जीवन रक्षा गर्न तत्कालै पीसीआर परीक्षणको दायरा बढाउन सरकारलाई आदेश दिएको छ ।

न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले पीसीआर परीक्षणको दायरा बढाउन र त्यसको अभाव हुन नदिन भनेको हो । अधिवक्ता कमलबहादुर खत्रीसहितले दायर गरेको रिट निवेदनमाथि बिहीबार सुनुवाई गर्दै अदालतले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।

कोभिड १९ सँग सम्बन्धित रिट लिएर गएका निवेदकले अन्तरिम आदेशको माग गरे पनि अदालतले विपक्षीलाई १५ दिनभित्र लिखित जवाफ सहित उपस्थित हुन भनेको छ ।

वीरगञ्जस्थित नारायणी अस्पतालबाट भागेका दुवै कोरोनाभाइरस संक्रमित संक्रमित पक्राउ परेका छन् । अस्पतालको आइसोलेन कक्षमा राखिएका दुई जना बुधबार साँझ शौचालयबाट हाम फालेर भागेका थिए ।

दुई संक्रमितमध्ये एक जना बुधबार साँझ नै पक्राउ परेका थिए । विन्दवासीनी गाँउपालिका घर भएका राजनाथ यादवलाई भने प्रहरीले बुधबार नै साँझ नै नियन्त्रणमा लिएर फेरि आइसोलेसन वार्डमा राखिसकेको छ ।

अर्का संक्रमित वीरगन्ज १६ का जाबेद मियालाई बुधबार राति मावलीबाट प्रहरीले पक्राउ गर्न सफल भएको छ । अस्पतालको आइसोलेसन वार्डबाट भागेका उनी पहिला घर अनि त्यसपछि त्यहाँबाट पनि भागेर हरिहरपुरस्थित मावली घरमा पुगेका थिए ।

पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तका अनुसार उनलाई साइकलमा राखेर मावली घर पुर्याउने एक व्यक्तिसहित ५ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको लापरवाहीले कोरोना संक्रमितको संख्यामा तलमाथि भएको छ । स्वास्थ्य मन्त्रालयले बिहिबार विहानै ७:४५ बजे थप ५ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको भन्दै बिज्ञप्ति जारी गर्यो ।

मन्त्रालयले जारी गरेको उक्त विज्ञप्तिमा धनुषा र महोत्तरीमा २/२ जना तथा सर्लाहीका एक जनामा संक्रमण पुष्टि भएको भनिएको छ। त्यस्तै संक्रमित हुनेमा धनुषाको जनकपुर नगरपालिकाका ४० वर्षीय पुरुष र मिथिला नगरपालिकाकी २० बर्षीया महिला, महोत्तरीको जलेश्वर नगरपालिकाका १६ वर्षीय युवक र वलवा नगरपालिकाका ३५ वर्षीय पुरुष र अर्का एक जना भने सर्लाहीको धन्कौल नगरपालिकाका ४५ वर्षीय पुरुष हुन् भनिएको छ ।

तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बिहान ७ः४५ बजे जारी गरेको विज्ञप्तिमा कोभिड–१९ पुष्टिको विवरण दोहोरिएको पाइएको छ । आज बिहान मन्त्रालयले निकालेको विवरणमा धनुषा, महोत्तरी र सर्लाहीमा थप ५ जनामा संक्रमण पुष्टि गरेको विवरण त्रुटिपूर्ण पाइएको छ ।

धनुषामा २, महोत्तरीमा २ र सर्लाहीमा १ गरी ५ जनामा कोरोना संक्रमण भएको पुष्टि मन्त्रालयले मंगलबार नै गरिसकेको थियो । आज बिहीबार मन्त्रालयले तीनवटै जिल्लाका उही व्यक्तिलाई ठाउँमात्रै खुलाएर ५ जनामा थप संक्रमण देखिएको विज्ञप्ति निकालेको छ । जिल्लामा कोरोना संक्रमणको संख्या थपिएको नभई मन्त्रालयको सुचनामा त्रुटि भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए ।

जिल्लाका फोकल पर्सन गिरेन्द्र झाले पनि जिल्लामा नयाँ व्यक्ति नथपिएका र मन्त्रालयको सुचना त्रुटिपूर्ण भएको बताए । महोत्तरीमा संक्रमण ४ पुग्यो भन्दै आएका समाचार भ्रमपूर्ण रहेको पनि झाले बताए । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीेले पनि प्रेस विज्ञप्ती नै जारी गरी त्रुटी भएको स्वीकार गरेका छन् । उनले कुल संक्रमितको संख्या २४५ नै रहेको स्पष्ट पारेका छन् ।

मन्त्रालयले नै यसरी आधिकारिकरुपमा संक्रमितको संख्या कागजमा मात्रै घटाउने बढाउने कार्य गरेपछि अनावश्यक भ्रम फैलाएको भन्दै दोष भने मिडियालाई दिने गरिएको छ ।

स्वास्थ्य मन्त्रालयमा पत्रकारहरुलाई मन्त्रालय प्रवेशमा रोक लगाएको छ । यस्तो संवेदनशिल समयमा आधिकारिक निकायले नै भ्रमपूर्ण सूचना दिएपछि पत्रकारले के गर्ने ? सञ्चारकेन्द्रबाट !

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close