प्रनेस भारतद्वारा राहात सामाग्री हस्तान्तरण

[mashshare]

प्रेमराज भन्डारी शर्मा , भारत  वैशाख २८

प्रनेस भारत दक्षिण मुम्बई नगर समिती द्वारा राहात स्वरुप खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको छ ।
बिश्वब्यापी रुपमा फैलिएको नोबल कोरोना भाइरस १९ को महामारीका कारण भारत लकडाउनको अबस्थामा रहेका बेलामा भारतमा रहेका प्रवासी नेपालीहरुको स्थिति दिन प्रतिदिन दयनिय बन्दै गइरहेको छ ।
संक्रमणको संख्यामा दिनहु दोब्बरको संख्याले बढदै जादा लकडाउन पनि लम्बिदै गयको छ। भारतमा आगामी दिनहरूमा अझै थप संकट हुने र लकडाउनको अबधी अझै लम्बिने संभावना देखिएको छ।

यस्तो संकटका बेला भारत प्रवासका लाखौं नेपालिहरु रोजगार बिहिनभइ एक छाक खान नपाई भोकै मर्ने अबस्था सिर्जना भयकोले भारत स्थिति विभिन्न संघ संगठनले आ–आफ्नो क्षेत्रमा सहयोग गर्दै आयतापनी लाखौंको संख्यामा पीडितहरुका गुनासाहरु विभिन्न संचार माध्यमबाट आइरहेका छन । त्यसैले उद्दार कार्यमा ढिलो नगरी यसलाई प्रभावकारी पहल गरि प्रवासी नेपालिहरुलाइ स्वदेश फर्काउने बातावरण मिलाउन नेपाल सरकार तथा सम्बन्धित सरोकारवाला सँग जोडदार माग राखिएको छ।

यो संकटको घडिमा पनि हाम्रो गौरबमय संगठन प्रनेस भारत दक्षिण मुम्बई नगर समिती द्वारा मुम्बईको दादार माटुङा स्थिति ४ घरधुरीका १३ जनालाई नगर समितिले सक्दो सहयोग राहात बितरण गरेको छ। राहात वितरणलाई प्रभावकारी र महत्त्वपूर्ण रुपमा सम्पन्न गर्न नगर अध्यक्ष नाथ दास र नगर सदस्य मनिसा भण्डारीको मुख्य भुमिका रहेको थियो।

अध्यक्ष नाथ दास ज्युले १३ जनाको रोजगार बिहिन भयको थाहा पायपछी प्रनेस भारत, महारास्ट्र राज्य समितिका युबा नेता तथा वरिष्ठ सह–सचिब तथा संगठन बिभाग प्रमुख डि एम बुढालाई जानकारी गराइ सकेपछी नगर इन्चार्जको हैसियतले नगर समितिका पदाधिकारी र जिम्मेवारी ब्यक्तिलाइ भिडियो कनफ्रेन्स द्वारा बैठक बोलाउन आग्रह गरेका थिए। भिडियो कन्फ्रेन्स बाटै बसेको बैठक बाट नगर अध्यक्ष नाथ दास लाई पीडित लाई राहात उपलब्ध गराउने सन्देश राज्य सह –सचिब डि एम बुढा हिमालले दिई सके पछि दोश्रो दिन राज्य सह–सचिब डि एम बुढा हिमाल,राज्य सचिवालय सदस्य प्रेमराज भण्डारी शर्मा,नगर अध्यक्ष नाथ दास,नगर सदस्य हरु मनिशा भण्डारी,तपेन्द्र भण्डारी र पुर्ब नेकपा का संगठित सदस्य सुरेश बिहराको उपस्थितमा राहात बितरण गरियको जानकारी गराउछौ। सह सचिब डि एम बुढाले पीडितहरुलाई आश्वासन दिदै आगामी दिनहरुमा यसता कयौं समस्या हरु आइपरेका खण्डमा हाम्रो गौरबमय संगठनलाई सम्झन आग्रह गरेका छन। आइ पर्ने जतिपनि समस्याहरु आउछ्न ती समस्याहरु लाई हाम्रो संगठनले विनम्रताका साथ पीडितहरु लाई पुर्ण रुपमा सहयोग गर्ने राज्य सह–सचिब डि एम बुढा हिमालले प्रतिबद्धता जनाएका छन। यसमा सहयोग गर्नु हुने अध्यक्ष नाथ दास, सचिब पदम बिष्ट, सदस्य तपेन्द्र भण्डारी र मनिसा भण्डारी र विशेष गरि राज्यका सह–सचिब जनक खडका र सचिवालय सदस्य प्रेमराज भण्डारी शर्मा ज्यु लाई पनि यो मानबिय कार्यका लागि विशेष धन्यवाद दिनु भयको छ।

राहत बितरण सामाग्री 

साँफे नगरपालिका बुढाकोट (बस्काट्या) एकल महिला हाल माटुङा

माया परियार

अशोक परियार (छोरा)

आयुश परियार (छोरा)

राहात बितरण गरियको खाद्यान्न सामाग्री चामल १५ kg , दाल ३ kg,  तेल  २kg , नमक २kg , साबुन १ pcs , माक्स ३ pcs

चौरपाटी गाउँपालिका लुङ्रा अछाम हाल भारतको आजाद नगर माटुङा रहदै आयका पिडित हरु

 

दिनेश कार्की

टेक बडेला

निराजन कुवर

लाल खडका

तगत खडका

भिम खडका

राहात बितरण गरियको खाद्यान्न सामाग्री चामल २५ kg , दाल ४ kg , तेल खाने ३ kg , नमक २ kg , साबुन २ pcs , मास्क ६ pcs

सोही नगरपालिकाका अर्का पीडित हरु  हाल मुम्बई माटुङा

राम खडका

निर्मला खडका

राहात बितरण गरियको खाद्यान्न सामाग्री चामल १५ kg,  दाल ३ kg , तेल खाने २ kg , नमक २ kg , साबुन १ pcs , मास्क २ pcs त्यसैगरी सोही गाउँपालिका का पीडित हरुलाइ खाद्यान्न सामाग्री

जयन्द्र खडका

सुशीला खडका

राहात बितरण गरियको खाद्यान्न सामाग्री चामल १५ kg , दाल ३ kg , तेल खाने २ kg , नमक २ kg , साबुन १ pcs , मास्क २ pcs

आज दक्षिण मुम्बई नगर समितिले ४ घरधुरीका १३ जनालाई खाद्यान्न सामाग्री बितरण गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close