३० बर्ष देखि अबरुद्ध बाटो खुल्दा गाउँ बासिमा खुसियाली

[mashshare]

डि एम बुढा ( हिमाल) वैशाख २८, कंचनपुर

३० बर्ष देखि अबरुद्ध बाटो खुल्ने भएपछि गाउँ बासिमा खुसियाली छाएको छ ।
कृष्णपुर नगरपालिका वडा नम्वर १ भित्र रहेको पहरिया गाउँका गाँउ बासिहरुले उक्त बाटोकोलागी ३० बर्ष देखी पटकपटक सरोकार निकायलाई निर्माणका लागी आग्रह गरेको र उक्त आग्रह कसैले नसुने पछि निरास भएका गाँउबासी तर आज अबरुद्ध बाटो खोल्ने कुराले गाउका जनताको खुशीको लहर छाएको छ। उक्त बाटो वार्ड न १ को बनहरा स्कुल देखि पहरिया हुँदै ओदाल खोला पुल सम्म खोल्ने निर्णय गरिएको छ ।

यसलाई भबिस्यमा वार्ड न १ कै निगाली गाउँको काठेपुल सङ जोडिने आकलन गरिएको छ। बाटो निर्माणकालागी कंचनपुर जिल्ला, क्षेत्र नम्बर ४ का पुर्ब साँसद हरिश ठकुल्ला ( कमल क्षेत्री) को महत्त्वपूर्ण भुमिका रहेको छ। ५० बर्ष पुरानो बस्तिमा मुल बाटो नहुदा गाउँ बासिले भोग्नु परेका समस्याहरु आज आएर साम्य भयको बताउछन सांसद कमल क्षेत्री। बाटोको निम्ति जग्गा दान गरि सहयोग पुर्याउनु हुने सम्पुर्ण जग्गाधनी लाई धन्यवाद दिदै सांसद क्षेत्री ले बिकास निर्माणका योजनामा गाउँ बासिको नै ठूलो योगदान र ठुलो भुमिका रहेको बताए ।

नयाँ निर्माणधिन बाटो अनुगमनका लागि पुर्ब सान्सद कमल क्षेत्री, कृष्णपुर नगर प्रमुख कर्ण बहादुर हमाल, वार्ड अध्यक्ष मोहन बस्नेत, जन प्रतिनिधि बिमला थापा बोहरा, शिक्षक भक्तराज भण्डारी, समाजसेबि रुप बहादुर धामी,अर्जुन ठकुल्ला र अमर बुढाको उपस्थित रहेको थियो।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close