लम्पसारवाद को नाम नै रास्ट्रवाद हो प्रधानमन्त्री ज्यु! रिता खनाल

[mashshare]

आज सर्बत्र छापाहरुमा लिपुलेक को बाटो हुदै  भारत ले मानसरोवर  जाने सडक   को उद्घाटन गर्यो ( नेपाली भूमी बाट  चीन सम्म को  सडक )भनेर छापिएको छ! यो कति आधिकारिक  हो पुष्ठि त होलानै तर यो समाचार सुन्ने बित्तिकै मेरो अन्स्करण  बोली हाल्यो  यो बर्तमान सरकार सङ को सहमति  मै भएको छ मात्र नेपालि नागरिक हरु लाई बेकुफ बनाउने काम भएको छ जस्को पुष्ठि  केही समय अगाडी  भारत ले कालापानी  लिपुलेक र लिम्पियाधुरा भारत को नक्सा मा राखी सार्बजनिक गर्दा नक्कली रास्ट्रबादी केपि सरकारको मौनता जस्तै  देखिएको  भारतियशक्ति ले  नसुने हुने नेपाली ले मात्र सरकार  बिरोध  गर्दैछ भनेर बुझिदिये हुन्थ्यो भन्ने शैली र नियतमा  गरिएको झिनो मरनचियासे आवाज! प्रधानमन्त्री ज्यु अतिभयो हरक्षेत्रमा झुक्याएउनु भयो , ठग्नु भयो नेपाली  लाइ! सन्सारमा  लोकतान्त्रिक  पद्धति  बाट  स्थापित सरकार को केन्द्र  बिन्दुमा  जनता हुनेगर्दछ र जनताको जनमत  सर्बश्रेष्ठ  हुने गर्दछ  तर तपाई ले सार्बभौमसत्ता सम्पन्न नागरिक  लाई अचाक्ली  हेप्नु भयो!  न तपाइँ  जनमत  को सम्मान गर्नु हुन्छ न लोकतन्त्र ले निर्देशित गर्ने संबैधानिक  र कानुनी मार्गको अबलम्बन गर्नुहुन्छ न प्रतिपक्षी  को सुझाव र साथ लिन खोज्नु हुन्छ नत आफ्नै पार्टी  भित्र को पूर्ण  बिस्वास र साथ कायम राख्न सक्नु भएको छ धिकार छ तपाइको अधम स्वभाव लाई! हिजो जुन शक्ति सङ मध्यरात मा दुनियाँ लाई अपत्यारिलो  लागेको पार्टी  सङ एकता  गर्नुभयो  आज त्यही पार्टी  लाई बाहिरिने मार्गप्रशस्त गर्न के सम्म गर्नुभएन!  खोलो तर्यो लौरो बिर्सियो! फेरि नेपाली राजनितिक अध्याय लाई प्रतिगमन गरेर यो महामारिमा सत्ता लुछाचुडि मा अर्काको  पार्टी  फोडने र चुपचाप कि मलाइ समर्थन  गर होइन भने तेरो बाटो  खुलाछ भन्ने शैलिमा माओबादी लाई सके धम्काएर आफू मात्रै  जति जति कुकृत्य गरिरहेपनी प्रचण्ड बहुमत को शक्तिमा सत्ताको राप मा अरुलाइ डडाइ रहन रातारात सम्बिधान सम्सोधन को अध्यादेश ल्याउने फिर्ता  गर्ने जस्तो घिनलाग्दो काम मात्रै  होइन  साम्सद खरिद बिक्रि  र अपहरण को कालो कलन्क लागि सक्दा पनि सत्ता बहिर्गमन त कताहो कत्ता  कम्तिमा लोकको लाज अलिकति पनि ढाक्छोप नगरी खुल्लमखुल्ला उत्तरी देश लाई आफ्ना पक्ष मा चलखेल  गरिदिन लमसार पर्नुभयो !आफ्नो पार्टी का आफू बिरोधी कदम दबाउन दुनियाँ कै शक्ति  राष्ट्रसङ हार गुहार गरेर आन्तरिक  घरझगडा मा हस्तक्षप  गराइ माग्नु भो यस्को बदलामा केके साट्नु भयो त्यो त समय ले उजागर गर्ने नै छ तर तपाइँको राष्ट्रबाद को मुखुण्डो  लम्पसारबाद ले छरपस्ट  पारिसक्दा पनि तपाईं अझै  खोक्रो  आत्मरती मा सत्ता लिप्सा मा निर्लज्ज हुनुभएकोछ! तमाम नागरिक  हरु लक डाउन को नाममा  घरभित्र  ४८ दिन्देखी थुनिएका  छन, बिपन्न र निमुखा  को घरमा  चुल्हो बल्न छोडि सक्यो , भोक र अभाव ले धमाधम  आत्महत्या  गर्न थालिसके देश को अर्थ ब्यबस्था चौपट्टै  भै सक्यो, बिदेश मा अलपत्र नेपाली हरु जिबनमरण मा छन कोरोना को कहर भन्दा बढी  बिदेशी को अपमान , तिरस्कार र विभेद ले गाँस र बाँस को समेत समस्याले छटपटाइ रहेकाछन! बिदेशी ले तेरो देश जा भनेर घोक्राउछ नेपाल्  ले त्यही बस भन्छ भनेर सामाजिक सन्जालमा डाको छोडेर रोइको देख्दा सिङो नेपाली रोएको छ तर तपाइको अबिभावकिय  सम्बेदना मृत्यु शून्य छ बरु गफाडि को गफ जस्तो हावादारी  पानी जहाज कार्यलय लाई करोडौं को गाडी  खरिद र कयौं  प्रदेश मा स्थानीय  र साम्सद को सुबिधा भत्ता  बढाउने मा ब्यस्त छ  खोइन कस्तो निर्दयी  र बिबेकहिन नेतृत्व यो! प्रधानमन्त्री  ज्यु अब  कोरोनाका त्रास मात्र  होइन ब्याध ले चाप्दै छ तर तपाईं न जनता को लागि  चामल र औसधि  को जोहो गर्न सक्नुहुन्छ नत बाटो  नै छोडनु हुन्छ! तपाइलाइ नागरिक को जीवन  रक्षा  भन्दा भ्रष्ट र बदनाम मतियार हरुको बचाउ नै  सर्बोपरी छ!  हिजो चरम  सत्ता प्राप्ति   को मोहमा सबै खाले  हुनेनहुने फोहरी  खेल खेलनु भयो।जोडघटाउ को दाउपेच मा सधै देख्न नसकेको उछितो उछित्तो काटेको माओबादी शक्ति  पनि साख्यै एउटा परिवार भयो अनि जुटनुभयो दोस्रो र  तेस्रो  पार्टी मिलेर  एकपटक  नेपाली जनता लाई  नराम्रो  सङ  दिग्भ्रमित गरिदिनुभयो!
स्थिरता को सरकार! सुखी नेपाली  सम्बृद्द नेपाल! आहा कति मिठो  सपना! झुक्किए सर्बहारा  को दुहाइ र लोकपृय नारा हरुले!
झूट  ले केहिछिन कसैलाई  दिग्भ्रमित गर्ला तर सधै कोहि झुक्किदैन!  तपाईं   अजेय शक्ति जनता जनार्दन लाई  जिल्याएर  जहाँ पुग्नु भयो तिनै नागरिक र रास्ट्र माथी गरेको तपाइको यो अकल्पनीय  बेइमानी, चरम भ्रष्ट चरित्र ,  आफू केन्द्रित रबैया ,हैकमवाद , निरंकुशता र अधिनायकवादि गतिविधि को चौगुना हिसाबकिताब गर्नेनै छ आजको सचेत पुस्ताले! भारत ले नेपाली  भूमी मा सडक  उद्घाटन  गर्ने  चाइनिज  ले  सिंहदरबारको मुल  गेट  मा सुरक्षाकर्मी को टाउको  फूटाउने तपाइँ सबै बिदेशी थिचोमिचो  सङ आफ्नो  कुर्सी  साटने ?  देखियो नक्कली  उग्रराष्ट्रवाद  ! त्वम सरणम  लम्पसारबाद राष्ट्रघात हो! राष्ट्रवाद सङ नेपाली  जनता को भोट्  साटेर राष्ट्रघात गरिरहनु भयो  यो आम नेपाली जनता लाई सह्य हुने छैन ।
कांग्रेस नेत्री रिता खनालले सामाजिक संजाल फेस्बुक बाट साभार गरिएको हो|

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close