नेपालगन्जमा थप एक जनामा कोरोना संक्रमण

[mashshare]

काठमाडौँ। नेपालगन्जमा थप एक जनामा कोरोना संक्रमण देखिएको छ। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १०२ पुगेको छ। यस्तै नेपालगन्जमा मात्रै संक्रमितको संख्या २४ पुगेको स्वास्थ्य मन्त्रालयले दैनिक रुपमा गर्दै आएको मिडिया ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी गराएका छन्। भेरी अस्पताल, नेपालगंजको प्रयोगशालामा भएको परीक्षणमा नयाँ व्यक्तिमा संक्रमण देखिएको हो।

यस्तै आज कोसी अस्पतालतमा उपचाररत ८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् भने नेपालमा कोरोना संक्रमण भएर उपचारपछि डिस्चार्ज हुनेको संख्या ३० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close