Published On: Thu, Jul 7th, 2016

सिग्देलको “पीडा देख्न सकिन्न” को चिरफार

Share This
Tags

असार २३, तनहुँ
Peedadeskhnaवि.सं.२०१६ साल चैत्र महिनाको १० गते जन्मेका नारायण कैलास सिग्देल नवोदित साहित्यकारहरुकाबीच चिरपरिचित नाम हो । किहूँ गाविसको वडा नं ३ मा जन्मेका कैलास हाल भिमाद गाविस वडा नं १ बाघटारमा बस्छन् । हाइस्कुलको शिक्षा खैरेनी र सिद्धार्थ मा.वि. हुँदै पास गरे भने इण्टरमिडियट हरिषचन्द्र इण्टर कलेज र व्याचलर डिग्री काशी विद्यापिठ विश्वविद्यालय, बनारस भारतबाट गरे । त्यसपछि एकवर्षे “बि.एड” ठाकुरराम बहुमुखी क्याम्पस, बिरगञ्जबाट गरे भने अग्रेजी र समाजशास्त्र गरी दुई विषयमा स्नाकोत्तर पृथ्वीनारायण क्याम्पस, पोखराबाट गरे । कवि कैलास माध्यामिक विद्यालका प्रथम श्रेणीका पूर्व शिक्षक हुन् । विभिन्न सामाजिक संघ संस्थामा अध्यक्ष, सचिब, सल्लाहकार र सदस्यको अनुभव सँगाल्दै आएका कवि वर्तमानमा भने पुरा समय लेखन र समाजसेवामा समर्पित छन् ।
स्वतन्त्र विचार, स्पष्ट वक्ता र निडर लेखकका रुपमा परिचित कैलास विभिन्न पत्रपत्रिकाहरुसँग पनि सम्बन्धित छन् । मानिस स्वतन्त्र भएपछि मात्र स्वतन्त्र विचार प्रस्तुत गर्न सक्छ भन्ने मान्यतामा अडिग उनी राजनीति फाँटमा भने खासै चासो देखाउँदैनन् । अपितु समसामयिक लेख र रचनाहरु उनको उच्च प्राथमिकतामा पर्ने विषयहरु नै हुन् । पुस्तक प्रकाशन सम्बन्धमा भन्नु पर्दा “विगतलाई फर्केर हेर्दा” भन्ने उनको संस्मरणात्मक लेख पहिलो र दोस्रो भागमा प्रकाशित छन् । “नारी अस्मितामाथि पुरुषको गन्ध” उनको तेस्रो प्रकाशन हो । यसमा थुप्रै समसामयिक चोटिला लेखहरु समावेस छन् । “पीडा देख्न सकिन्न” भन्ने कविता सङ्ग्रह हालै प्रकाशनमा आएको हो । मुलतः अनुसन्धानात्मक लेखहरु लेख्न रुचाउने कैलास, किहूँ, अरुणोदय र भिमाद गाविसका ऐतिहासिक पृष्टभूमिलाई केलाएर प्रकाशनको लागि ठिक्क पारेका छन् । उनको “स्वदेशको माया” र “मेरो जोइटिङ्रे श्रीमान्” जस्ता उपन्यासहरु प्रकाशोन्मुख छन् ।
कवि कैलासको “पीडा देख्न सकिन्न” भन्ने कविता सङ्ग्रह अध्ययन गरेर मैले केही लेख्ने जमर्काे गरेकी छु । यो सङ्ग्रह भित्र जम्मा ४८ वटा विविध शीर्षकमा कविताहरु समेटिएका छन् । सबै कविताहरु आफ्नै शैलीमा प्रस्तुत गरिएका छन् । प्रायजसो कविताहरु छोटा, रसिला र भरिला छन् । कविता पढ्दा मनमा एक प्रकारको जोस आउँछ भने शरीरको आलश्य हटेर जान्छ । मानिस जन्मे पछि सुमार्गमा लागेर समाजको लागि केही गर्नुपर्ने रहेछ भन्ने ज्ञान प्राप्त हुन्छ । कतिपय मानिसहरु समयको महत्वलाई नबुझेर फोक्कटमा समय खेरा फालिरहेका हुन्छन् । त्यसको लागि कवि खरो उत्रेका छन् । यो सङ्कलनको पहिलो कविता “रातको भोकको झोकमा बिच्किएका उसका आँखाहरु” अन्य कविताहरुभन्दा लामो छ । यस कवितामा कविले देशको परिस्थितिको कारणले धनीहरु दिन प्रतिदिन धनी हुँदै गैरहेका छन् भने गरीबहरु दिन गनेर झन्झन् गरीब हुँदै गैरहेका छन् । धनीहरुले गरीब–निमुखाहरुलाई कतिसम्म घटिया, नृशंस र कृश व्यवहार गर्दा रहेछन् भन्ने मार्मिक चित्रण गरेका छन् । हजारौ मानिसहरुका लाखौं पीडाहरु हुन्छन् । कसैले पीडालाई लुकाएर मुस्कुराउन सक्छन् भने कोही पीडाकै कारणले पागल पनि हुनसक्छन् । वास्तवमा सबैको आ–आफ्नै पीडा हुन्छ तर पीडालाई सकारात्मक सोचबाट न्युन गर्न सकिन्छ भन्ने सन्देश कवि “पीडा देख्न सक्न्नि” भन्ने शीर्षकमा हामीलाई सुझाउन चाहन्छन् । हिजो आज पहाड मधेस र तराइका नेताहरुमा जुहारी चलेको छ । मधेशतिरका नेताहरुले सिमाङ्कन आदिलाई विषयवस्तु बनाएर अन्ततोगत्वा नेपालको अस्तित्व समाप्त पार्न खोजेका हुन् कि भन्ने भान भैरहेको छ । यस अर्थमा हेर्दा पहाडे र तराइका नेताहरुमा आकाश र जमिनको फरक देखिन्छ । राष्ट्रियताको सवालमा पहाडे नेताहरु अन्यभन्दा बढी समझदार हुन कि भन्ने बुझाइ “पहाड, मधेश र नेता” भन्ने शीर्षकमा उनले गरेका छन् । यद्यपि पहाडे नेताहरु भ्रष्टचारी, दुराचारी, घुसखोरी, फरियावादी छैनन् भन्न खोजेका भने होइनन् । हाम्रो देश परापूर्व कालदेखि नै स्वतन्त्र र हिन्दू धर्म बाहुल्य भएको राष्ट्र हो । यसमा विविध विसंगती र विकृतीहरु पनि उत्तिकै छन् । थुप्रै कुराहरुलाई समसामयिक बनाउनु पर्नेमा त्यसो नभएको र विविध विकृतीहरु आफ्नो देशमा झ्याँङ्गिदै गैरहेको परिप्रेक्ष्यले कतिपय हिन्दूहरु आफ्नो सनातन धर्म परित्याग गरेर अन्य विदेशी धर्म धारणा गर्नेतिर लागिरहेका छन् । हुन त विभिन्न विद्वानहरुले यस सम्बन्धमा सुधारको बहस नचलाएका पनि होइनन् तर कतिपय अबुझ “हाम्रा पण्डितहरु” मा दुरदृष्टिको अभावको कारणले गर्दा यसमा सुधार नभएकोमा कवि दुःख व्यक्त गर्छन् । राष्ट्रको होनाहार शक्ति (युवायुवतीहरु) वर्षेनी विदेशीनुले राष्ट्रलाई अपुरणीय क्षति पुगेको यथार्थ कुरा प्र्रष्टसँग “पहाड फोरी सुन” मा उल्लेख गर्दै हाम्रा प्राकृतिक स्रोत एवम् अमुल्य निधीहरुको सदुपयोग गरी राष्ट्रलाई सुनौला बनाऔं भन्ने उद्घोस् व्यक्त गर्छन् । “मास्टर” बनेर हुँदैन । यसको मुल्य मान्यतालाई सम्मान गर्न सक्नुपर्छ । मास्टरको चरित्र ठीक भएन भने उसँग आवद्ध अन्यहरुको हालत के हुन्छ । राष्ट्रका होनाहार खजानाहरुलाई एकजना मानिसले कति प्रभाव र असर पार्छ भन्नेकुरा सबैले जानेको र व्यहोरेको कुरा हो । त्यसैले मास्टर बन्न सजिलो छ तर शिक्षक बन्न असजिलो छ । सबै मास्टरहरु शिक्षक बनुन् भन्ने उनको धारणा छ । मास्टर बनेर अध्ययनशील बन्दैन, समसामयीक बन्दैन, पत्रपत्रीका र समाचारहरुको संगतै गर्दैन भने उसले कयांै वर्ष पहिले पढेको बासी शिक्षाले वर्तमान्मा कस्तो प्रभाव पार्ला ? सहजै अनुमान लगाउन सकिन्छ । त्यसैले उनीहरुको भाषा, शैली, सीप र व्यवहार सभ्य हुनुपर्छ भन्नेमा जोड दिन्छन् । चरित्रवान शिक्षक पुरै विश्वकै निधी भएकोले त्यतातिर उन्मुख हुनको लागि सन्देश प्रभाह गर्न चाहन्छन् । मानवभित्र दानव प्रबृति मौलायो भने परिवार, समाज र राष्ट्रले विकराल रुप लिन्छ । त्यसैले त्यस्तो राक्षशी प्रबृत्तीलाई तिलाञ्जली दिन लगाउँछन् कवि ।

उनको विचार अनुसार मानिस स्वयम् बन्दुक हुँदैन । अपितु उसमा अरुबाट थोपरिएको हस्तक्षेपबाट ऊ बन्दुक बन्न पुग्छ । मानिस बन्दुक बन्नु भनेको सिर्जनाभन्दा पनि विध्वंसतिर उन्मुख हुनु हो । त्यसैले सामजिक भाइचाराको व्यावहारिक पक्षलाई उजागर गर्नतिर लाग्न “म बन्दुकको….” मा सबैलाई प्रार्थना गर्न रुचाउँछन् उनी । मानिसहरु फूलको अस्तित्वलाई बुझ्दैनन् । पत्तापत्ता पुष्ट भएर फक्रक्क फुलेको फूलहरुले किरादेखि मानिसहरुलाई लोभ्याउँछन् । किराहरु भm्याप्पै उसको सौन्दर्यको रस लिन आतुर हुन्छन् भने युवा युवतीहरु उसको डाली चिमोटेर आफूलाई सिंगारेर अरुलाई आफूप्रति आकर्षित बनाउन चाहन्छन् । जसरी उमेर पुगेका युवतीहरुले मानिसहरुको मस्तिष्कमा नयाँ किसिमको रस पैदा गराएर जीवनलाई अटोम्याटिक रुपमा सुगन्ध छरेका हुन्छन् । त्यसरी नै फूलहरुले प्रकृतिमा कला थपेका हुन्छन् । युवतीविनाको समाज र फूलविनाको बगैचा कल्पना गर्न सकिन्न तर यहाँ दुबैको अस्तित्वलाई समयभन्दा अगावै समाप्त पार्ने कामले कविको हृदय कुंडिएको “फूललाई कसैले कचक्क भाँची दिँदा” मा प्रष्ट हुन्छ । कविता लेख्ने कतिपय कविहरु मजाकको लागि कविता लेख्ने गर्छन् । उनको अन्तर आत्मामा एउटा व्यवहार हुन्छ अनि देखाउनको लागि लेख्छन् अर्कै फोस्रा स्वाङ् । भाका फिराएर बडो रसका कविताहरु लेखिन्छन् तर घरका आफ्नै बालबालिका र श्रीमतीमाथि अत्याचार गर्न पछि पर्दैनन् कविहरु । अनि कवि साहित्यको रस नबनेर घृणित खेलको हतियार बन्छ । यो कतिसम्म पीडादायक उत्पीडन हो ? सर्जक बनेर संसार बदल्ने कविको व्यवहार नै जंगली जनावरको जस्तोहुँदा कवितामा रस छ भनेर विश्वास गर्नेले के को आशा गर्ने ? त्यसैले कविता जीवन पद्यतीको साथी बन्नुपर्छ नकि बलत्कारबाट निस्कने चित्कारको । कवि “हामी कविहरु” मा जोड दिएर भन्छन् कविता केवल कल्पना होइन । जीवन पद्यतीको संगी हो । साथे हो । सबैलाई मुस्कुराएर हिँड्न सक्ने बनाउनु उसको लक्ष हो भने एकान्तमा गुनगुनाएर साथी बनाउने एउटा उत्कृष्ट माध्यम हो । कवि कहिल्यै पनि खहरे र जंगलमा लडेको मुढो बन्न सक्दैन । कवि खहरेमा पानी देख्छन् भने लडेको मुढोमा विविध प्रकारका फर्निचर । तर कविहरु खहरेको बालुवा र जंगलमा लडेको मुढा चोरेर विदेशी रुपैया आर्जन गर्न सकिन्छ भन्ने कुरामा कदापि विश्वास गर्दैनन् । “चुल्ठे, मुन्द्रे” ट्यापे, गजेडी, जड्याहा, सबै मानिसकै आआफ्ना व्यहारका रुपहरु हुन् । यी रुपहरु भनेको उनीहरुको प्रथम चरणको रुपहरु हुनसक्छ । यसप्रकारको चरणहरु छिप्पिदै गयो भने उनीहरुको भविष्यले गल्ली चाहर्ने आवरा कुत्ताले भन्दा पनि विजोकको स्थिति व्यहोर्नु पर्ने हुन्छ । यसबाट समाजमा विक्रिती बढ्न गै समाजको अस्तित्व नै समाप्त हुने हुनाले यसको निराकरण सबै मिली समयमै गर्नुपर्छ भन्ने मत प्रस्तुत गर्न चाहन्छन् । यसप्रकारको हरकत् गरेर समय खेरा फाल्नु भनेको सारै दुःखलाग्दो कुरा हो । त्यसैले यस्ता अस्वोभाविक व्यवहार, क्रियाकलाप, संगत र कुलतबाट हाम्रा युवायुवतीलाई अलग राख्नुपर्छ भन्ने सल्लाह, सुझाव र निर्देशन समेत दिन्छन् कवि । समाजका समस्याहरु एकआपसमा वैमनष्य साँधेर होइन अपितु राम्रो व्यवहार गरेर समाधान गर्न सकिने कुरालाई हृदयगम गरेर व्यवहारमा लागु गर्नुपर्ने बताउँछन् । तर आज समाजको महत्व, अस्तित्व र प्रभुत्व समाप्त भएजस्तो लाग्छ । समाजमा मिलेर बस्नभन्दा “हामी को भन्दा कम् छौ र कसैको नियममा बाँधिएर बस्ने ?” भन्ने किसिमका उत्ताउला एवम् उरठ्याउला भावना सर्वत्र फैलिएको छ । समग्रमा भन्दा मानवीय मूल्य, मान्यता र भाइचारामाथि खडेरी परेको अनुभूति गर्छन् ।

“संविधान” को घोषणा भएपछि सबै मिलेर यसलाई कार्यान्वयन् गर्दै देशमा शान्ती, सुव्यवस्था, अमन चयन आउँला भन्ने करोडौं जनतालाई आशा थियो । तर कसैकसैको कुत्सित भावना र खैराते प्रबृत्तिले गर्दा आज देशमा कहिँ नभएको “हाडी गाउँको जात्रा” जस्तो भएको छ । “हामी कसैसँग हात थापेर होइन, हात जोरेर बाँच्न सिकौं” भन्दै कवि हात थाप्नुको तात्पर्य लाचार, असक्त र पराधिनको पराकाष्टा हो भने हात जोरेर जिउनु भनेको जीवनपछिको पनि जीवन प्राप्त गर्नु हो भन्छन् । संविधान कसैको पेवा नभएर नेपाली जनताको प्रतिनिधित्वको अमूल्य सूचक हो भन्दै कमी कम्जोरीलाई सच्चाएर हामी सबै जोरीएर एक हुनुपर्ने कुरामा हार्दिक प्रार्थना गर्छन् । तर यहाँ त जनतालाई संविधान घोषणाको स्वर सुन्न समेत नदिइ कान बन्द गर्न लगाए । अनि त्यसबाट उछिट्टिएको भेलले निर्दाेष नेपालीहरुको चुलो, चौको, बाटोघाटो, उद्योगधन्दा लगायतका सम्पूर्ण विकासका सूचकहरु नै स्तब्ध बनाउनमा आफ्नो पुरुषार्थ देखाए । यसर्थ कवि भन्छन् मानिसले त्यस्तो व्यवहार कहिल्यै नगरोस् जसबाट स्वयम् उसका भावी पिढीहरुलाई कलंङ्कित हुन नपरोस् । कवि अगाडि भन्छन् पोशाक सफा हुँदैमा मानिसको भावना सफा हुँदैन । पोसाकरुपि दिमागको चस्मालाई परित्याग गरेर दिमागरुपि पोसाकलाई राम्रो बनाउनु पर्ने कुरामा कवि जोड दिन्छन् । कतिपय अवस्थामा कविता दर्शन हुँदैन र हुनै सक्दैन पनि । वास्तवमा त्यो हो पनि । तर कवि कवितालाई दर्शन र व्यवहारिक बनाउनमा जोड दिन्छन् । र कवितालाई दर्शनसँगै जुरुक्क उचालेर आफै टुकुटुकु हिँडाउँन चाहन्छन् । त्यसैले उनका कविताहरु हावामा बग्दैबग्दैनन् अपितु खहरेमा पानी देख्छन् । लडेको काठको ठुटोमा कलात्मक फर्निचर देख्छन् ।
“पीडा देख्न सकिन्न” भन्ने शीर्षक कविको स्वाभाव, सहयोगी, मिलनसार र उदार रहेछ भन्ने कुरा उनले यस सङ्ग्रहको नाम “पीडा देख्न सकिन्न” राखेबाट प्रष्ट हुन्छ । यहाँ उनले समग्रमा महिलाको पीडा, प्रकृतिको पीडा, समाजका विभिन्न चरित्र भएका पुरुषहरुको पीडा, शिक्षक, राजनीतिकका पीडालाई उतारेर त्यसप्रति प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा दयाको भाव शब्दमार्फत व्यक्त गरेको पनि नपाइने होइन ।
यसरी कवि यस सङ्कनमा कहि माया प्रितीका कुराहरु गर्छन्, कहि आफन्तहरुसँग विछोडिएको चर्चा गर्छन् । त्यस्तै कहि उनी छोरी, बैनी, बुहारीलाई धर्म, सामाजिक संस्कारका कुराहरु सिकाउँछन् भने कहि सामाजिक, राजनैतिक, आर्थिक, धार्मिक विसंगती प्रति व्यङ्गको झटारो हान्छन् र समाज सुधारको अपेक्षा गर्छन् । कहि नेपाली प्रकृति सुन्दरतासँग रमाउन चाहन्छन् भने कहि आफ्नै जीवनका शैक्षिक अनुभवहरुलाई हाम्रासामू पस्कन चाहन्छन् । यसरी हेर्दा कविको कवित्व भावना सगरमाथ जत्तिकै चुलिएको पाउँन सकिन्छ भने कहि उचित शब्द संयोजन गर्न नसकेर रसातलतर्फ हामफाल्न लागेजस्तो भान हुन्छ । तर जेहोस् कैलासजीको पछिल्लो प्रयासमा नै यति मार्मिक र सारगर्भित भावले भरिएको कविताहरुको “सङ्ग्रह पीडा देख्न सकिन्न” भन्ने कविता सङ्ग्रह हामीमाझ पस्केर सबैलाई “आँटे के पुग्दैन ?” भन्नेकुरालाई पुष्टि भएको छ । आगामि दिनहरुमा उहाँको कवित्व शक्ति अझै उठेर जाओस्, उनका सिर्जनाहरु यसरी नै हाम्रा सामु सदासदा आइरहुन् भन्ने शुभकामना दिन चाहन्छु ।

सिता भट्टराई
भिमाद, तनहुँं

 

अब भूकम्पपीडितका नाममा स्वत: बैंक खाता आइतबारको विदेशी मुद्राको सटही दर यस्तो छ ? आइतबार संसदमा पेश भएको सरकारको नीति तथा कार्यक्रमको (पूर्ण पाठ) आगलागी पीडित परिवारलाई जस्तापाता दिने मन्त्रिपरिषद्को निर्णय आयल निगमका कर्मचारीले ९० दिनपछि ९० करोड रुपैयाँ बोनस पाउने आयुक्त ज्यू एमाओवादीले वैद्य माओवादीसंग एकता गर्ने एमाओवादीले सरकार छोड्छु भनेकै दिन ओलीलाई अर्को झड्का कम्युनिस्ट न्युक्लिअस नेपालकाे प्रेस वक्तव्य काँग्रेस केन्द्रिय सदस्यमा चर्चित नेताहरु पराजित कांग्रेस महाधिवेशनपछि सरकार परिवर्तन होइन विस्तारः प्रधानमन्त्री कांग्रेस संसदीय दलको नेताका लागि देउवा र पौडेल भिडने कारबाही गर्ने आँट छ ? को को पर्ने भए ? कोररियामा दैलेख - कोररिया सम्पर्क समिति गठन चलचित्र ‘मेन्टल’ मेरो टर्निङ् पोईन्ट हो : नव नायक प्रथम खड्का ज्ञानेन्द्रले दिए चेतावनी त्यो पनि निशुल्क दैलेख महोत्सवलाई नजिकबाट नियाल्दा नक्कली भिषा लगाई ठग्ने कन्सल्टेन्सीका संचालक पक्राउ नयाँ शक्तिले ३० गते पार्टी घोषणा गर्ने नेपाल चिकित्सक सङ्घको चुनाव सुरु नेपाल र नामिबियाबीचको खेलको टिकट इसेवाबाट किन्न सकिने नेपाल राष्ट्र बैंकले आइतबार तोकेको विनिमय दर यस्तो रहेको छ ? नेपाल राष्ट्र बैंकले बुधबार तोकेको विदेशी मुद्राको सटही दर यस्तो छ ? नेपाल राष्ट्र बैंकले मंगलबार तोकेको विदेशी मुद्राको सटही दर यस्तो छ ? पछिल्लो राजनीतिक अवस्थाबारे प्रधानमन्त्रीले ओलीले ३ बजे संसदमा सम्बोधन गर्ने पेट्रोलियम खानी खोज्दै उद्योगमन्त्री प्रचण्डलाई अघि सादै एकीकृत माओवादीले सुरु गग्यो राष्ट्रिय सहमतिको सरकारप्रचण्डलाई अघि सादै एकीकृत माओवादीले सुरु गग्यो राष्ट्रिय सहमतिको सरकार बाबुरामले भने 'सरकार बनाउने र गिराउने खेल केटाकेटीको भाँडाकुटी खेल' बिहीबार नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर यस्तो छ ? भूकम्पपछि बदलिएको वैदेशिक रोजगार यु १६ क्रिकेट प्रतियोगिता भोलिदेखि हुने रातो आँखाले हेरिएको “दलित” शब्द राहदानी जति साहुको नियन्त्रणमा विपाशा बासुले गरिन विवाह विहान बोलाईएको मन्त्रिपरिषद बैठक साझँ बस्ने वैद्यका अबका चार विकल्प व्यवस्थापिका संसदमा प्रभावकारी ढङ्गले प्रस्तुत हुन एमालेले दियो सांसदहरुलाई निर्देशन शुक्रबार विदेशी मुद्राको सटही दर यस्तो छ ? सपना ..... सर्बोच्चले दियो यस्तो आदेश सार्क सम्मेलनको खर्चमाथि पनि अख्तियारको आँखा सूचीबाटै हटाइदिए नारायणकाजीले महरा र प्रकाशको नाम ‘समयअनुसार काम हुन्छ’

video

viewall