सल्यानमा छयालीस वर्षपछिकै ठूलो वर्षा, लाखौँको क्षति

Share This
Tags

salyanसल्यान,  वैशाख ३१ गते  । सल्यान जिल्लामा बिहीबार बेलुका ४६ वर्षपछिकै ठूलो वर्षा भएको छ । बिहीबार बेलुका भएको भीषण वर्षाले वाफुखोला गाविसमा लाखौँको क्षति पुयाएको छ ।

वर्षापछि आएको बाढीले वाफुखोला–३ मा रहेको दोभान बजारमा रहेका १२ वटा पसल बगाएको छ । यस्तै, स्थानीय चिनाली खोलामा रहेका ५० वटा घट्ट बगाएको स्थानीयवासी मोहन खड्काले जानकारी दिनुभयो । बाढीले वाफुखोलामा रहेको विजय हाइड्रोपावरमा क्षति पु¥याउँदा गाउँमा बिजुली बन्द भएको खड्काले बताउनुभयो । “ठूलो पानी २०२७ सालमा परेको थियो, त्यसपछि यति ठूलो पानी परेको मैले देखेको थिएन, हेर्दाहेर्दै बजार नै बगायो”, खड्काले भन्नुभयो ।

वर्षाले वाफुखोला–१, २, ३ र ४ मा करिब एक हजार रोपनीमा लगाएको बर्खे आलु नष्ट भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । बाढीले खानेपानीका संरचना बगाएपछि गाविसका अधिकांश स्थानमा खानेपानी बन्द भएको स्थानीयवासी गनबहादुर वलीले जानकारी दिनुभयो ।

घटनापछि उद्धारका लागि वाङ्गे लाकुरी प्रहरी चौकीबाट टोली खटाएको प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिनुभयो ।

थप उद्धार तथा राहतका लागि शुक्रबार बिहानै रुकुमको झुल्नेटाबाट नेपाली सेना र सल्यानको थारमारेबाट नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेर उद्धारका लागि खटिएको सहायक प्रजिअ रमेश पाण्डेले जानकारी दिनुभयो । विकट र फोन सम्पर्क हुन नसकेकोले क्षतिको पूर्ण विवरण आइनसकेको पाण्डेले बताउनुभयो । रासस

अब भूकम्पपीडितका नाममा स्वत: बैंक खाता आइतबारको विदेशी मुद्राको सटही दर यस्तो छ ? आइतबार संसदमा पेश भएको सरकारको नीति तथा कार्यक्रमको (पूर्ण पाठ) आगलागी पीडित परिवारलाई जस्तापाता दिने मन्त्रिपरिषद्को निर्णय आयल निगमका कर्मचारीले ९० दिनपछि ९० करोड रुपैयाँ बोनस पाउने आयुक्त ज्यू एमाओवादीले वैद्य माओवादीसंग एकता गर्ने एमाओवादीले सरकार छोड्छु भनेकै दिन ओलीलाई अर्को झड्का कम्युनिस्ट न्युक्लिअस नेपालकाे प्रेस वक्तव्य काँग्रेस केन्द्रिय सदस्यमा चर्चित नेताहरु पराजित कांग्रेस महाधिवेशनपछि सरकार परिवर्तन होइन विस्तारः प्रधानमन्त्री कांग्रेस संसदीय दलको नेताका लागि देउवा र पौडेल भिडने कारबाही गर्ने आँट छ ? को को पर्ने भए ? कोररियामा दैलेख - कोररिया सम्पर्क समिति गठन चलचित्र ‘मेन्टल’ मेरो टर्निङ् पोईन्ट हो : नव नायक प्रथम खड्का ज्ञानेन्द्रले दिए चेतावनी त्यो पनि निशुल्क दैलेख महोत्सवलाई नजिकबाट नियाल्दा नक्कली भिषा लगाई ठग्ने कन्सल्टेन्सीका संचालक पक्राउ नयाँ शक्तिले ३० गते पार्टी घोषणा गर्ने नेपाल चिकित्सक सङ्घको चुनाव सुरु नेपाल र नामिबियाबीचको खेलको टिकट इसेवाबाट किन्न सकिने नेपाल राष्ट्र बैंकले आइतबार तोकेको विनिमय दर यस्तो रहेको छ ? नेपाल राष्ट्र बैंकले बुधबार तोकेको विदेशी मुद्राको सटही दर यस्तो छ ? नेपाल राष्ट्र बैंकले मंगलबार तोकेको विदेशी मुद्राको सटही दर यस्तो छ ? पछिल्लो राजनीतिक अवस्थाबारे प्रधानमन्त्रीले ओलीले ३ बजे संसदमा सम्बोधन गर्ने पेट्रोलियम खानी खोज्दै उद्योगमन्त्री प्रचण्डलाई अघि सादै एकीकृत माओवादीले सुरु गग्यो राष्ट्रिय सहमतिको सरकारप्रचण्डलाई अघि सादै एकीकृत माओवादीले सुरु गग्यो राष्ट्रिय सहमतिको सरकार बाबुरामले भने 'सरकार बनाउने र गिराउने खेल केटाकेटीको भाँडाकुटी खेल' बिहीबार नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर यस्तो छ ? भूकम्पपछि बदलिएको वैदेशिक रोजगार यु १६ क्रिकेट प्रतियोगिता भोलिदेखि हुने रातो आँखाले हेरिएको “दलित” शब्द राहदानी जति साहुको नियन्त्रणमा विपाशा बासुले गरिन विवाह विहान बोलाईएको मन्त्रिपरिषद बैठक साझँ बस्ने वैद्यका अबका चार विकल्प व्यवस्थापिका संसदमा प्रभावकारी ढङ्गले प्रस्तुत हुन एमालेले दियो सांसदहरुलाई निर्देशन शुक्रबार विदेशी मुद्राको सटही दर यस्तो छ ? सपना ..... सर्बोच्चले दियो यस्तो आदेश सार्क सम्मेलनको खर्चमाथि पनि अख्तियारको आँखा सूचीबाटै हटाइदिए नारायणकाजीले महरा र प्रकाशको नाम ‘समयअनुसार काम हुन्छ’

video

viewall