Published On: Sun, May 1st, 2016

सपना …..

आचार्य निश्चल

आचार्य निश्चल

‘म साँच्चिकै भाग्यमानी छु प्रमोद, तिमी जस्तो यती धेरै ख्याल गर्ने समझदार प्रेमी पाउनु मेरो अहोभाग्य हो ।’ शहिदशुक्र मा।वि।निर पुगेपछि सपनाले मेरो कान मै आएर भनि ‘यसको लागि म भगवानसँग कृतज्ञ छु ।’ नजिकै एउटा मन्दिरमा ढुगांरुपी भगवान बिराजमान थिए, उसले उनलाई ढोगी, दुई मिनेट सम्म आँखा बन्द गरेर तिनै निर्जिव भगवान समक्ष आफ्ना माग पेश गरी ।

 

म उसको अनुहारमा एकटकले हेरिरहेको थिएँ, मेरो लागि नशा थियो उसको अनुहार, हेर्दैमा चरमसन्तुष्टि मिल्थ्यो । ‘के कहिल्यै नदेखे जस्तो गरी म तिर हेरिराको रु भगवानको दर्शन गर्नु पर्दैन रु’ उसको चर्को स्वरले झसंग बनायो । भगवानलाई प्रणाम गरिसकेपछि मैले भनें ‘मरो लागि भगवान त तिमी नै हौ सपु १ मेरो दिलमा बस्ने आदेश सहित भगवानबाट खाटाइएकी साक्षात देवी ।’ ‘भो भो धेरै फुर्कयाउनु पर्दैन् । छिटो हिँड ढिला भैसक्यो ।’ एपेक्स इन्स्टिच्युट, बागबजारमा शाखा अधिकृत तयारी क्लास लगेर कोठा तर्फ फर्कदैं थियौं हामी । म प्रर्दशनीमार्गमा बस्थें, नजिकै थियो, बस नि चढ्नु नपर्ने । उसको बसाइँ कीर्तिपुर भएकोले उ हतारमा थिई, साँझपख सिट पाउन मुस्किल नै हुन्थ्यो । ‘भगवान सँग के माग्यौ सपु ? ’ मैले संवादको क्रमलाई निरन्तरता दिएँ ।

 

‘भगवानसँग माग्या कुरा नि सोध्ने हो रु यो त अति गोप्य हुनुपर्छ, लोक सेवाको परिक्षा प्रणाली जस्तै, नत्र भगवान रिसाएर माग पुरा गर्दैनन् ।’ उसले थाहा पाएझैं गरी लोकयुक्ति सुनाई । ‘लोक सेवाले पनि प्राप्तांक बताउने भैसक्यो अब त, दुनियालाई नभने नि एक जनालाई त भन्न मिल्छ क्या, तिम्रा भगवान रिसाए भनें म फकाउँला नि बरु ।’ मैले प्रसंग छोड्न चाहिन । ‘तिमी सँगको साथ कहिल्यै नछुटोस् भनेर बिन्ती गरेँ, अरु केही चाहिँदैन् प्रमु मलाई, केवल तिमी भए पुग्छ’ उसले मेरो हात चपक्क समाएर भनिं ।’ मैले सपु भन्न थालेदेखि उसले मेरो नामको एक अक्षर गायब बनाएर नयाँ नाम दिएकी थिइ ‘प्रमु’ ।

 

‘हामीले यतै धेरै मलजल गरेर एउटा सुन्दर प्रेमको बोट रोपेका छौं, दिनहुँ सिंचित गरेका छौं, गोडमेल गरेका छौ । तिमी ढुक्क होउ सपु १ यो बोट अवश्य हुर्कनेछ र मिठो फल दिनेछ, जिवन जिउने आधार दिनेछ, शितल छाहरी दिनेछ । दुनियामा सबैले डाहा गर्ने खालको एक नयाँ प्रेम कहानी लेखिनेछ । यो बिरुवामा हँसिया कहिल्यै नलगाउ है सपु १’ म कल्पनाको संसारमा डुबुल्की मारें, उसलाई पनि सँगै पौडाएँ ।
लहै बल्खु, कीर्तिपुर ! सिट खाली ! सिट खाली !
कुरा टुंगिएको थिएन, बाटो टुंगिएछ । हाम्रो कल्पनाको संसारमा रमाउने क्रमलाई बाल यातायात मजदुरको कर्कश आवाजले भंग गरिदियो । ‘ओहो १ आज त महिला सिट नै खालि रैछ १ उ मख्ख परि । हामी नेपालीलाई खुशी हुन ठुलै बाहाना कहाँ चाहिन्छ र रु बस चढ्दा सिट पाए पुग्छ, लाइन लागेरै भए पनि ग्याँस, पेट्रोल पाए पुग्छ, हप्तामा दुई दिन धारामा पानि आए पुग्छ अनि लोडसेडिङ एक घण्टा घटेको, नेताहरु बीच कुरा मिल्न थालेको, खेलाडीले विदेशीहरुलाई पराजीत गरेको, नेपालीले अन्तर्राष्ट्रिय मान, सम्मान र उपाधी पाएको जस्ता समाचार पढ्न पाए पुग्छ । साह्रै सन्तोषी छौं हामी, त्यही भएर त विश्व खुशी सुचकांकमा हामी अगाडी छौं, मैले न्प् को प्रश्न सम्झें ।
‘जान्छु ल प्रमोद १ टेक केयर, सियु बा……….ई १ उसले हात हल्लाई । चालकले घ्वार्रर्र अवाज निकालेर बस स्टार्ट गर्यो । म पनि टुरिजम बोर्ड हुँदै आफ्नो कोठा तर्फ लागें ।
………………….
मनमा कुरा खेलाउने र अतितको यादमा डुबुल्की मार्ने मेरो पुरानै रोग हो, सपनासँग बिदा भएर हिंडेपछि मैले झल्झली त्यो दिन सम्झें……….
शनिबारको दिन थियो । जागिरेहरुको बिदा बार, घुम्ने, मनोरञ्जन गर्ने, फ्रेस हुने दिन । अनि मेरो रु मेरो मात्र होईन निजामती सेवक हुन राजधानीमा आएर संघर्ष गरिरहेका हरेक युवाहरुको लागि यो दिन थप व्यस्त हुने दिन थियो । हाम्रो कक्षा लिने सरहरु यहि दिनमा फुर्सदिला हुन्थे, त्यसैले बिहान देखि साँझ सम्म परिक्षा, फिडब्याक, प्राक्टिस र पढाईका सेसनहरु चलिरहन्थे ।

 

अघिल्लो रात अलि बढि बसिएछ, साबिक भन्दा आधा घण्टा ढिलो उठियो । हतार हतार नित्यकर्म सकेर क्लास तिर लागें, आज त अघिल्लो हप्ताको परिक्षाको नतिजा सुनाउने कुरो थियो ढिलो पो भएछ, यो कुरा सम्झेर पाइलाका गति अलिकति बढे । कोठाबाट शंकरदेव क्याम्पसको अगाडीको गल्ली भित्र रहेको एउटा ठुलो घरको पाँचौं तल्लामा पुग्न मलाई पुरै १० मिनेट लाग्यो, रुम नम्बर ५१३ भरिइसकेको थियो, बीच तीरको एउटा बेन्चमा मात्र एक सिट खालि थियो, गएर त्यहीं टुसुक्क बसें, साइडमा तिन जना केटीहरु बसेका थिए । छेउमा बसेकाहरु सँग परिचय गर्ने बानी थिएन, झन केटीहरु सँग त पटक्कै थिएन, उनीहरुले नि तत्परता देखाएनन्, बोलचालको बाटो बन्द भयो । त्यसैले आफ्नै नोट पढ्न थालें । चिनजानवाला सँग चाहिने भन्दा बढी बोल्ने र नचिनेकाहरुसँग बोल्नु पर्ने जति पनि नबोल्ने मेरो कमजोरी जति प्रयास गर्दा पनि कुनै हालतमा हटाउन सकिन ।
एकाएक गुनुगुन रोकियो, क्लास शान्त भो, एक जना मोटा मान्छे पेपर ल्याएर आए, सबैले हरि सर भनेर चिन्छन् उनलाई, एपेक्सका सञ्चालक हुन्, साह्रै फुर्तिला छन् । उनले नतिजा सुनाउन सुरु गरे ‘यस पटक अनौठो संयोग जुरेको छ, दोस्रो र तेस्रो दुबै पत्रमा क्रमश ५३ र ५७ अंक ल्याएर एकैजना सर्वोत्कृष्ट हुनु भएको छ, साथै सबैको लेखाई पहिले भन्दा निखारीएको छ । सर्वोत्कृष्ट हुने भाई प्रमोद शर्मालाई हार्दिक बधाई ! कृपया अगाडी आइदिनुस् । मेरो नाम सुनेपछि चिन्ने जतिले म तिर हेरे, नचिनेकाहरु चिन्नलाई आतुर देखिए । हरि सरले बधाई र शुभकामना सहित पेपर हातमा थमाए ।

उनले बधाई दिंदै गर्दा मेरो साइडमा बसेकी केटीले मञ्च तिरको फोटो खिचेको देखें । मेरो खिचि या अरु कसैको रु धेरै सोच्न आवश्यक ठानिन । सिटमा फर्केपछि उसले पनि बधाई दिई र भनि ‘टपर सँगै बसिएछ आज त, मेरो अहोभाग्य !’ मैले धन्याबाद टक्राएँ । ‘यु आर मस्ट वेलकम’ उसले अंग्रेजी बोलीटोपली । ‘इट्स् माई प्लेजर’ मैले औपचारिकता पुरा गरें ।
त्यो दिन दिल यति खुशी भयो मानौं म एउटा इन्स्टिच्युटले लगेको परिक्षामा होइन लोक सेवा आयोगले देशव्यापी सञ्चालन गरेको र २० औं हजार प्रतिस्पर्धी भएको परिक्षामा टपर भएको हुं र हरि सरले मलाई उत्तर पूस्तिका होइन शाखा अधिकृत पदको नियुक्तिपत्र थमाएका हुन् । खुशी हुनु स्वभाविकै थियो, त्यहाँ पढ्न थालेको ४ महिना भैसक्दा र १४ वटा परिक्षा भैसक्दा मलाई पहिलो पटक टपर हुने सौभाग्य जुरेको थियो । दिन भरको पढाई पश्चात खुशि मन र थपिएको उर्जा लिएर कोठामा आउँदा रेडियो नेपालमा कोमल वली सात बजेको समाचार बाचन गर्र्दै थिइन् ।
खानपिन पश्चात पौने नौ बजे देखि आधा घण्टाको समय बिबिसी सुन्ने र फेसबुक चलाउने समय हो मेरो लागि, धेरै पहिले बनेको यो रुटिन अहिले सम्म चेन्ज भएको छैन । बिबिसीमा विश्वका निराशाजनक समाचार सुनिरहँदा भर्खर लगिन गरेको फेसबुकले भने आशा लाग्दो लक्षण देखायो । फेसबुकको सिरानमा रहेको फ्रेन्ड्स भन्ने आइकनले सपना सपु नामबाट नयाँ रिक्वेस्ट आएको जानकारी दियो ।

अपरिचित नाम, त्यो पनि केटी १ यस्तो अवस्थामा कौतहल नहुने लक्का जवान त नपुंसक मात्र हुन्छ होला । मेरो आशा त्यतिबेला निराशामा बदलियो, जब उसले प्रोफाइलमा आफ्नो फोटो नराखेर गुलाबको फुल राखेको भेटें, पुरै टाइम लाइन हेरें तर वास्तविक फोटो भेटिन । फोटो खोज्नुको पनि छुट्टै कथा छ, मेरा केही साथिहरुको खेलो नै केटीको नामबाट एकाउण्ट खोलेर आफ्नै साथिहरुको दिमाग चाट्ने हुन्थ्यो, केही महिना अघि मनोजले त मलाई प्रेम प्रस्ताव समेत राख्न भ्याएको थियो बिमला नामको फेक आइडीबाट, धन्न युवराजले पोल खोल्यो र उल्लु बन्नबाट जोगिएँ । नकरात्मक सोचाई यति हावी भएछ की दिमागले यो केटी फुल जस्तै सुन्दरी भएकोले फुलको तस्वीर राख्या हुनुपर्छ भन्ने सोचेन, फेरी कुन गधाले उल्लु बनाउन फेक आइडी खोलेछ भन्ने ठान्यो । रिक्वेस्ट डिलेट गर्नै आँट्याथें फेरी सोचें पेन्डिङमा राख्छु न फोटो हालिहाल्छे की ?
भोली पल्ट समयमै कक्षामा पुगिएछ, पहिलो बेन्चमै बस्ने मौका मिल्यो । भर्खर बस्याथें, एउटी केटी ढोकै बाट मुस्कुराउँदै हाई भन्दै आई, अनि म सँगै टाँसिएर बसि । त्यो केटी अरु कोही नभई हिँजो मेरो साइडमा बस्ने बधाई दिनेवाला केटी नै थिई । ‘हेर्नुस् न हिजो परिचय गर्नै भुलेछु, म सपना, सपना पौडेल, घर सुर्खेत’ उसले हात अगाडी बढाई । ‘म प्रमोद, दैलेख’ मलाई यति बोल्न करलागि भयो । ‘टपरले पनि परिचय दिइरहनु पर्छ र रु एनसेलबाट सापटी लिएर फेसबुकमा रिक्वेस्ट पठाउँदा समेत एसेप्ट गरेनन् बरिष्ठहरुले ।’ उसले गुनासो गरि । ए १ सपु भन्या तपाइँ नै हो रु भन्ने मेरो प्रश्नमा उसले टाउको हल्लाएर हो को संकेत गरि । ‘माफ गर्नुहोला त्यसमा न त थर नै लेखिएको थियो, न त रियल फोटो नै थियो, त्यसैले फेक आइडी होला भन्ठानेर पेन्डिङमा राखें । आज एसेप्ट गरिहाल्छु नि ।’ मैले प्रतिबद्धता जनाएँ । ‘फेसबुक साथि बन्न पनि फोटो, थर, गोत्र, जन्मकुण्डली नै चाहिने रु बिहेको प्रस्ताव पठाको हो र रु उ जंगीई । त्यस्तो होइन……… म फेक आइडी काण्ड बताउन खोज्दै थिएँ, उसले रोक्दै भनि ‘हाहा, हैन जिस्केकी मात्र, इट्स् ओके, तर स्वीकार चाहीँ गर्नुस् है ।’

 
यसरी परिचय भएको थियो उ सँग । त्यस पछिका हरेक सेसनमा उसले मेरो साथ छोडिन । मेरो बारेमा अनेकौं जिज्ञाशा राखिरहि र मैले झर्को मानेरै भए पनि उसका जिज्ञाशा पुरा गरिदिएँ । उसँग कक्षामा त भलाकुसारी हुन्थ्यो नै, फेसबुक, भाइबर, म्यासेन्जरमा समेत सामिप्यता बढ्दै गएको थियो । सुरु सुरुमा हाम्रा कुराहरु जि।के।, आई।क्यु, अंग्रेजी, शासन प्रणाली, समसामयीक मामिला र लेखाशास्त्रका समस्याहरु मै केन्द्रित हुन्थे र नितान्त औपचारिक हुन्थे । सम्बन्ध र अरुको बारीमा उमारेर सार्न ल्याएको फर्सीको बेर्ना उस्तै उस्तै लाग्छ, सर्न गाह«ो, सरीसके पछि झ्याम्मीएको पत्तै नहुने । पछिल्लो समय उ सँग दिनहु फोनमा कुरा हुन्थ्यो, मिनेट मिनेटमा म्यासेज आदान–प्रदान हुन्थ्यो, अवस्था यस्तो भैसकेको थियो कि सानो भन्दा सानो खबर पनि एक अर्कामा नबाँडि बस्न सक्थेनौं हामी । हामी सामान्य साथिबाट सच्चा प्रेमीमा रुपान्तरण भैसकका थियौं ।
फाल्गुण पहिलो साता हाम्रो प्रारम्भिक परिक्षा भएर नतिजा समेत प्रकाशित भैसकेको थियो । २५ हजार जनाले परिक्षा दिएकामा मुस्किलले ५ हजार परिक्षार्थी दास्रो चरणको परिक्षाका लागि छनौट भएका थिए, बाँकी २० हजारको सपनामा तुसारापात लागेको थियो कम्तीमा एक वर्षका लागि । सपना र म भने अल्पमत मै परका थियौं, त्यसैले दोस्रो चरणको तयारी कम्माइन्ड स्टडीको रणनिति अख्तियार गरेर गर्ने सहमति भयो । त्यसपछिका हरेक दिन बाल्मिकी क्याम्पसको चौरमा व्यतित हुनथाले । सँगै पढ्ने थलोमा मात्र सिमित रहेन त्यो चौर, हाम्रो डेटिङ स्पट पनि बन्यो । पछिपछि त पढाई कम अरु बढी हुन थालेपछि अब देखि नआउने धम्की समेत दिई उसले, मैले क्षमा, याचना र आचरण सुधारको प्रतिबद्धता जनाएपछि उसले धम्की फिर्ता लगेकी थिई ।

 

त्यसै बीचमा प्रेमीहरुको महापर्व प्रेम दिवस पर्यौ, दुबैले एक अर्कालाई प्रेम प्रस्ताव राख्यौं, कसले पहिले राख्ने भन्ने होडबाजी थियो हामीमा, त्यसैले एकै पटक भन्नु उपयुक्त ठानियो । मैले गुलाबको फुलको साथमा सुबिन भट्टराईको समर लभ उपन्यास उपहार दिंदै भनें ‘हेर सपु १ यस उपन्यासको पात्र अतित शर्माले गर्ने भन्दा कैयौं गुँणा बढि माया गर्छु म तिमिलाई, एउटा बिन्ती बिसाउँछु साया भन्ने पात्रले जस्तो धोका दिएर नतड्पाउनु है ।’ उसले लामो समय मलाई अंगालोमा बेरिरहि र भनि ‘मेरो सर्वथोक तिमी नै होउ प्रमु, तिमीले नि कहिल्यै धोका नदेउ है ।’
प्रेम गर्छु भनिरहनु पर्दैन व्यवहारले आफै देखाउँछ, हामीले आज सम्म नभनेरै प्रेम गरेका थियौं, प्रेम दिवसले भावनालाई शब्दमा व्यक्त गर्ने मौका जुराइदियो । एक अर्काको प्रेम प्रस्ताव पारित गरेर हामी साँक्षी खोज्न पशुपतिनाथ पुग्यौं । पशुपतिका हरेक मन्दीर दर्शन गर्न पुरै दुई घण्टा लाग्यो हामीलाई । तिनै निर्जिव भगवान हाम्रो प्रेम सम्झौताका साँक्षी पनि बनिदिए, दुई चार बुँदे माग पनि पेश गरियो उनी सामु । कहिलेकाहीँ त भगवानको पनि दया लागेर आउँछ, दिनहुँ आइरहने हजारौं श्रदालुका बिभिन्न बुँदे मागहरु सम्झन त गाह«ो हुन्छ, पुरा के गरी गर्दा हुन् यीं भगवान जी ले रु यहि कुरा सपनालाई सोधें, ‘बाहुन भएर त्यत्ती नि थाहा छैन ?’ सपनाले भनि ‘त्यो भगवानको समस्या हो, तिमीलाई के को चासो रु लौ यो टिका लगाइदिन्छु ।’ खोजेको जवाफ थियो, तर उसले टिका र प्रसाद दिई । गेटमा आएर दुई मिनेट आँखा चिम्म गरेर माग पुनःस्मरण गराइ भगवानलाई, मैले पनि एक बुँदा थपें ‘बा, आमा र बहिनीको रक्षा गर भगवान १’ त्यो साँझ मेरै कोठामा बसौं भनेर मैले गरेको प्रस्तावमा उसले सहमति जनाई, हामी बीच साट्न बाँकी त्यही एउटा चिज थियो।।।। शारिरीक सम्पर्क १ त्यो पनि अब बाँकी रहेन, एक अर्काको तन र मन एकाकार भए त्यो रात । त्यसपछीका धेरै दिन अनुकुलता मिलाएर, घरभेटीको आँखा छलेर हामी सँगै बस्यौ ।
चैतमा परिक्षा सकियो, दुबैको परिक्षा ठिकै भएको थियो, लोक सेवामा आफ्नो भन्दा पनि अरुको परिक्षा कस्तो भो भन्ने कुराले बढी माने राख्नेहुँदा खासै उत्साहित हुनु पर्ने अवस्था थिएन, भैएन पनि । परिक्षाको चटारो सकिएपछि उसले एक हप्ते सेडुयल नै बनाएर मलाई पुरै उपत्यका घुमाई, नयाँ फिल्म देखाई, सर्वनाममा नाटक देखाउन लगि, महफिलका गजल सुनाई ।

स्वप्न बगैंचामा लगेर सँगै जिउने सपनाको नविकरण गराई । त्यसपछि हामी घर तिर लाग्यौं, रिजल्ट नआउन्जेल सम्मको लागि । उतै बसेर नासु पढ्ने योजना सहित । चार महिना पछि रिजल्ट आयो लिखितमा हामी दुबै पास भयौं, नेपाल सरकारको अधिकृत हुने सपनाको निकट पुग्यौं हामी, आफन्त र साथिभाईको बधाई र शुभकामनाको आईरो पोको पारेर राजधानी आइयो, कम्प्युटर परिक्षा र अन्तर्वाता दिन ।

फेरी हाम्रो कम्माइन्ड स्टडी सुरु भो । यस पटक हाम्रा सपना अलि ओझपुर्ण भएका थिए, हामीलाई पढाउने एक जना सरका दुबैजना सहसचिव थिए, सपनाले उनीहरुलाई आदर्श जोडी मान्न थालेकी थिई, भन्थी ‘हामी यस्तै बन्नुपर्छ प्रमु, कहिल्यै नथाक है, प्रयास जारी राख ।’ उसले किरण जोशी र सिद्धराज जोशी जस्तै सँगै मिलेर लोक सेवाका किताब निकाल्ने सपना देख्न थालेकी थिई, काम पनि बाँडीसकेकी थिई तिमी शासन प्रणालीको नोट बनाउने म तेस्रो पत्रको’ । उसको सपना नै त मेरो पनि सपना थियो, म हो मा हो जनाउँथें, उसलाई ढाडस दिन्थें । उसले दिर्घकालमा ट्युसन सेन्टर खोल्ने अनि दुबै जनाले पढाउने योजना पनि बनाएकी थिई । अन्तरबार्ता सकियो ।

 

दई दिन पछि रिजल्ट पनि आयो, मलाई भाग्यले फेरी धोका दियो, सपना महिला कोटाबाट पास भई, म बैकल्पकि परें, बाहुन भएर जन्मेकोमा पहिलो पटक पश्चाताप भयो । तर चित्त बुझाएँ कम्तीमा सपना त पास भई, मैले उसलाई बधाई दिँदै भने ‘तिमी नेपालको पहिलो महिला मुख्य सचिब भएको देख्ने धोको छ सपु १ कहिल्यै नथाक है, शाखा अधिकृत भएकोमा हार्दिक बधाई ।’ म फेल भएकोमा उसलाई असहज महसुस भएको थियो, मैले परिस्थिति सहज पार्दै भनें, ‘म थाकेको छैन सपु, नासुको परिक्षा रामै्र गरेको छु, सायद यो साल नासु पास हुन्छु, अर्को साल अफिसर, साथदिने तिमी हुँदाहुँदै एक चोटी असफल हुँदैमा म हिम्मत हार्दिन ।’ उ सँग त मुटु थामेरै भए पनि कुरा गरें, कोठामा फर्केपछि त्यो रात रोएरै कट्यो, मलाई फेल भएकोमा भन्दा पनि सपनाको साथ गुम्ने पो हो की भन्ने कुराको डर थियो, मैले उसलाई फोन गरेर यो कुरा सुनाएँ, उसले बेस्सरी झपारी ‘तिमी कमजोर छैनौ, अर्को चोटी पास भैहाल्छौ नि, अनि मेरो सफलतामा तिम्रो पनि त ठुलो हात छ, म तिम्रो साथ कसरी छोड्न सक्छु रु उसको कुराले मन केही शान्त भयो ।

 
लगत्तै सुर्खेतको नासुको नतिजा प्रकाशित भयो, लिखितमा सफल भइएछ, छटपटाहट केही मत्थर भयो, सपना तालिममै व्यस्त थिई, मेरो लागि समय थिएन उ सँग, उ बिनाको यो काठमाण्डौं खल्लो लाग्थ्यो, भिंडभाडमा पनि नितान्त एक्लो महशुस हुने, त्यसैले सुर्खेत तिरै गएर अन्तर्वाताको तयारी गर्ने निर्णय गरें । एक साँझ कीर्तिपुर गएर उसँग बिदा भएँ अनि रारा मेट्रोमा सुर्खेतको यात्रा सुरु गरें । सुर्खेत पुगेको दुई चार दिन मै मैले सपना पहिले जस्ती छैन भन्ने महशुस गर्न थालें, दिनमा १५र२० चोटी फोन गर्ने गरेकी उसले त्यो दर बिस्तारै घटाउँदै लगेकी थिई, पछि पछि त मुस्किलले हप्तामा एक पटक फोन गर्थी । प्राय उसको फोन अफ हुन्थ्यो, त्यसैले मैले फोन गर्ने सौभाग्य गुमाएको त हप्तौं भैसकेको थियो । दिउसो तालिमको लोड साँझ बिहान पनि होमवर्क हुन्छ होला, व्यस्त छे मेरी सपु १ यस्तै सोचेर चित्त बुझाउँथे । मेरो अन्तर्वाता भयो, उसले बेस्ट अफ लक भनिन । जाबो एउटा म्यासेज पठाउने समय पनि भएन उ सँग रु या मन नै भएन रु उही जानोस् । पाँच दिन पछि नतिजा प्रकाशित भयो, म एक नम्बर मै पास भएँ । कोलेनिका, सुर्खेतमा शिफारिस भएको सूचना लोक सेवाको भित्तो र वेबसाइटमा टाँसिएको थियो ।
म उसको बधाईको प्रतिक्षामा थिएँ, रातको १० बज्यो उसको फोन आएन, फोन नै नआएपछि बधाई आउने त कुरै भएन । फेसबुक नखोलेको धेरै भाथ्यो, लगिन गरें, उसलाई अनलाइन देखें, औंलाहरुले कति बेला ‘म एक नम्बर मा पास भएँ सपु,’ भन्ने टाइप गरेर सेन्ड बटन क्लीक गरिसकेछन्, उताबाट म्यासेज आएको टोन बजेपछि दिमागले थाहा पायो । उसले फारु भएर ‘था पाएँ १’ टाइप गरेर पठाइ अनि अफ लाइन भई । मलाई साह्रै नमजा लाग्यो, दिलमा चस्क भयो ।

 

यति धेरै पिडा बोध भयो, त्यस्तो पिडा त शाखा अधिकृतमा बैकल्पिक पर्दा समेत भएको थिएन । हिँजो सम्म तिम्रो सपना मेरो सपना, तिम्रो सफलता मेरो सफलता, तिमी नै मेरो जिवन जिउने एकमात्र आधार भन्ने केटी यहि हो त रु मलाई पत्ताउन मुस्किल भयो, बाटोमा हिँड्दै गर्दा नचिनेका बटुवाहरुले समेत खबर सुनेर मलाई बधाई दिए तर मैैले जसलाई आफैलाई भन्दा बढि माया गर्छु, उसमा यो खबरले केही उत्तेजना नै आएन, बधाई सम्म दिन पनि आवश्यक ठानिन उसले, रिसको झोकमा फोन नम्बर डायल गरें, चित्त उसले दुखाएकी थिई तर उही चिरपरिचत स्वरमा टेलिकमकी अन्टीले माफी माग्दै भनिन् ‘तपाइँले सम्पर्क गर्न खोज्नु भएको मोबाइलको स्वीच अफ गरिएको छ, कृपया केही समय पछि फेरी प्रयास गर्नुहोला ।’ ‘जतिखेरै प्रयास गरिरहन मेरो अरु काम छैन रु गर्नु छैन अब त्यो नखरमाउलीलाई फोन’ तीं अन्टीले मैले भनेको पनि सुन्ने भए यस्तो जवाफ दिन्थें होला, रिसको झोकमा मोबाइल सोफामा पछारें ।
किन उसले यस्तो व्यवहार देखाउँदै छे रु पत्ता लगाउने तरिका खोज्दै जाँदा प्रमिला म्याडमको नाम दिमागमा आयो, दुबै जना सुर्खेती भएको र उनी पनि यसै पटक पोस्टिङ भएर तालिममा नै भएकोले उनीहरुको घनिष्ठता थियो । उनको नम्बर पत्ता लगाएर फोन गरें, ‘तिमीले मान्छे चिन्न सकेनौ प्रमोद १ तिम्रो हितैषीको नाताले भन्दैछु, सपु अब तिम्री रहिन । उसको हाम्रै ब्याटको पुरुषोत्तम सरसँग हिमचिम सुरु भाको दुई महिना भैसक्यो, आगामी २५ गते इन्गेजमेन्ट गर्दैछन् र मंसीरमा बिहे गर्छु भन्दै थिई । हुन त तिमी भन्दा उ मेरो निकट मित्र हो तर उसले तिमीलाई धोका दिएको मलाई पटक्कै मन पर्र्याछैन, मैले उसलाई भनेको पनि हुं, उसले टेर पुच्छर लगाइन । फोन नम्बर पनि चेन्ज गरिसकी, मैले तिमीलाई पहिल्यै भन्न खोज्याथें गाह«ो मान्छौ होला भनेर फोन गरिनं । अब बिर्सिदेउ उसलाई, नयाँ सिराबाट जिन्दगीको यात्रा सुरुवात गर, मान्छे नै मान्छेको जमातमा उ जस्ता हजारौं भेटिन्छन् ।’ एकै सासमा होटेलमा वेटरले मेनुको लिस्ट सुनाएको शैलीमा प्रमिला म्यामले रहस्य खोलिन् ।
उनका कुरा सुनिसके पछि म छानाबाट खसे जस्तै भएँ, त्यस पछि उनले के के भनिन् कति बेला फोन राखिन् केही थाहा भएन । मेरो दिमागमा उसँग परिचय भए देखि केही बेर अघिको च्याट सम्मका हरेक पलहरु एक पछि अर्को गरेर खेल्न थाले । उसले खाएका बाचा कसमहरुले जिस्काइरहे । सायद उसले म सँगको सहयात्राबाट आफ्ना तिं सपना हरु पुरा हुने छाँट देखिन, अनि सपना छिट्टै पुरा गर्ने बाटो तर्फ लागि । उसले चोखो मायालाई पदसँग साटि, अधिकृतको रिजल्ट आउँदा मैले गरेको आशंका सहि साबित भयो । निजामती सेवामा प्रवेश गरेको दिन पिडामा छट्पटिएर रात भर रुने सायद पहिलो व्यक्ति हुनुपर्छ म ।

मन एकसुरो भयो, फेसबुक खोलें, उसको टाइमलाइनमा गएर उसले भर्खरै कन्ट्री भिजिट, योगा, पिटी, ग्रुप वर्क, इन्टर्नशिप जस्ता क्याप्सन सहित पोष्ट गरेका तालिमका फोटोहरु हेरें । उसले हाल सम्म मलाई गरेका ट्यागहरु हाइड गरें, मैले राखेका र ट्याग गरेका उसका तस्वीर र सम्बन्धीत स्ट्याटसहरु डिलेट गरें । अनि म्यासेज बक्समा ‘तिमी सँग बिताएका तिं पलहरु मेरो जिवनका अविस्मरणिय र सर्वाधिक सुखद् पलको रुपमा दर्ज भइरहनेछन्, मेरो तर्फबाट कुनै गल्ति भएको भए माफी चाहन्छु र तिम्रा हरेक सपना पुरा हुन्, पाइलाहरु प्रगतिपथमा लम्कीरहुन् भन्ने कामना गर्दछु ।

ढुक्क हुनु तिम्रो मायाको भिक मागेर तिमीलाई सताउन कहिल्यै आउने छैन, बरु सक्छेउ भने नयाँ यादहरु नपठाउनु, तिमीले दिएका पुराना यादहरु नै काफी छन् रोएर जिन्दगी गुजार्नका लागि ? गुड बाई…………अलबिदा ।’ टाइप गरेर सेन्ड बटन क्लीक गरें । अनि नास्कको फुलबारीलाई पछाडी पारेर मुस्कान सहित खिचिएको उसको कभर फोटो नजिकै रहेको अनफ्रेण्ड बटन थिचें । फेसबुकबाट सुरु भएको एउटा प्रेम कहानी फेसबुक बाटै सकियो र सकियो मैले देखेको आफ्नो सानो सुन्दर संसारको सपना पनि ।

laxmiprasadupadhyaya@gmail.com

Twitter :- @Nischal_Ji

अब भूकम्पपीडितका नाममा स्वत: बैंक खाता आइतबारको विदेशी मुद्राको सटही दर यस्तो छ ? आइतबार संसदमा पेश भएको सरकारको नीति तथा कार्यक्रमको (पूर्ण पाठ) आगलागी पीडित परिवारलाई जस्तापाता दिने मन्त्रिपरिषद्को निर्णय आयल निगमका कर्मचारीले ९० दिनपछि ९० करोड रुपैयाँ बोनस पाउने आयुक्त ज्यू एमाओवादीले वैद्य माओवादीसंग एकता गर्ने एमाओवादीले सरकार छोड्छु भनेकै दिन ओलीलाई अर्को झड्का कम्युनिस्ट न्युक्लिअस नेपालकाे प्रेस वक्तव्य काँग्रेस केन्द्रिय सदस्यमा चर्चित नेताहरु पराजित कांग्रेस महाधिवेशनपछि सरकार परिवर्तन होइन विस्तारः प्रधानमन्त्री कांग्रेस संसदीय दलको नेताका लागि देउवा र पौडेल भिडने कारबाही गर्ने आँट छ ? को को पर्ने भए ? कोररियामा दैलेख - कोररिया सम्पर्क समिति गठन चलचित्र ‘मेन्टल’ मेरो टर्निङ् पोईन्ट हो : नव नायक प्रथम खड्का ज्ञानेन्द्रले दिए चेतावनी त्यो पनि निशुल्क दैलेख महोत्सवलाई नजिकबाट नियाल्दा नक्कली भिषा लगाई ठग्ने कन्सल्टेन्सीका संचालक पक्राउ नयाँ शक्तिले ३० गते पार्टी घोषणा गर्ने नेपाल चिकित्सक सङ्घको चुनाव सुरु नेपाल र नामिबियाबीचको खेलको टिकट इसेवाबाट किन्न सकिने नेपाल राष्ट्र बैंकले आइतबार तोकेको विनिमय दर यस्तो रहेको छ ? नेपाल राष्ट्र बैंकले बुधबार तोकेको विदेशी मुद्राको सटही दर यस्तो छ ? नेपाल राष्ट्र बैंकले मंगलबार तोकेको विदेशी मुद्राको सटही दर यस्तो छ ? पछिल्लो राजनीतिक अवस्थाबारे प्रधानमन्त्रीले ओलीले ३ बजे संसदमा सम्बोधन गर्ने पेट्रोलियम खानी खोज्दै उद्योगमन्त्री प्रचण्डलाई अघि सादै एकीकृत माओवादीले सुरु गग्यो राष्ट्रिय सहमतिको सरकारप्रचण्डलाई अघि सादै एकीकृत माओवादीले सुरु गग्यो राष्ट्रिय सहमतिको सरकार बाबुरामले भने 'सरकार बनाउने र गिराउने खेल केटाकेटीको भाँडाकुटी खेल' बिहीबार नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर यस्तो छ ? भूकम्पपछि बदलिएको वैदेशिक रोजगार यु १६ क्रिकेट प्रतियोगिता भोलिदेखि हुने रातो आँखाले हेरिएको “दलित” शब्द राहदानी जति साहुको नियन्त्रणमा विपाशा बासुले गरिन विवाह विहान बोलाईएको मन्त्रिपरिषद बैठक साझँ बस्ने वैद्यका अबका चार विकल्प व्यवस्थापिका संसदमा प्रभावकारी ढङ्गले प्रस्तुत हुन एमालेले दियो सांसदहरुलाई निर्देशन शुक्रबार विदेशी मुद्राको सटही दर यस्तो छ ? सपना ..... सर्बोच्चले दियो यस्तो आदेश सार्क सम्मेलनको खर्चमाथि पनि अख्तियारको आँखा सूचीबाटै हटाइदिए नारायणकाजीले महरा र प्रकाशको नाम ‘समयअनुसार काम हुन्छ’

video

viewall