Published On: Sat, Jul 2nd, 2016

राजालाई खोज्न खटिए तीन सय प्रहरी !

Share This
Tags

असार १८, काठमाडौं।  

लहान– ३ का ३८ वर्षीय गुरुदयाल महतोको २९ कात्तिक ०७१ मा अपहरण भएको थियो । उनी ३१ दिनपछि अपहरणमुक्त भए । प्रहरीले सो अपहरणको मुख्य योजनाकार भएको आरोपमा गत शनिबार राजा भनिने राजकुमार ठाकुरलाई पक्राउ गरेको छ।

काठमाडौंबाट एकजनाले १० असार शुक्रबार सिरहा प्रहरीलाई सर्वा्धिक खोजीको सूचीमा रहेका फरार अभियुक्तबारे सूचना दियो । फरार सूचीमा रहेका राजा ठाकुर काठमाडौंको सुन्धारास्थित एक गेस्टहाउसमा बसिरहेको सूचना थियो । सोही सूचनाको आधारमा लहानबाट प्रहरीको टोली १० असारमा काठमाडौं हिँड्यो ।

प्रहरीको त्यही टोलीले करिब दुई वर्षअघि एक युवकलाई अपहरण गरी ५० लाख फिरौती माग्ने घटनाका मुख्य योजनाकार लहान– ७ का ४० वर्षीय राजा भनिने राजकुमार ठाकुरलाई पक्राउ गर्न सफल भयो । प्रहरीले गत ११ असार बिहान साढे ४ बजे काठमाडौंको सुन्धारास्थित एक लजबाट उनलाई पक्राउ गरेको हो । ठाकुरलाई त्यही दिन लहान ल्याइएको छ ।

इलाका प्रहरी कार्यालय लहानले पत्रकार सम्मेलन गरी ठाकुरलाई सार्वजनिक गर्दा स्थानीय सर्वसाधारण, राजनीतिक दल र पीडितको भीड लागेको थियो । पत्रकार सम्मेलनपछि पक्राउ परेका ठाकुरलाई थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सप्तरी पठाइएको छ ।

लहान– ३ का ३८ वर्षीय गुरुदयाल महतोको २९ कात्तिक ०७१ मा अपहरण भएको थियो । ठाकुर अपहरण घटनाको मुख्य योजनाकार भएको प्रहरीको दाबी छ । प्रहरीले अपहरित महतोलाई ३१ दिनपछि मुक्त गराएको थियो । सो घटनाका तीन अभियुक्त भारतको मधुवनी जिल्ला डुबरवना गाउाका महेन्द्र महतो, लहान– २ का जितेन्द्र यादव र सप्तरीको राजविराज– १ की रामसुन्दरी जैन यादव यसअघि नै पक्राउ परिसकेका छन् । पक्राउ परेकामध्ये महतो अपहरितका मामा हुन् । तीनैजना जिल्ला अदालत सप्तरीको आदेशले पुर्पक्षका लागि जिल्ला कारागारमा छन् ।

को हुन् राजा ठाकुर ?

Rajathakurराजा भनिने राजकुमार ठाकुर जुवातास खेलाउने नाइके हुन् । उनी पटक–पटक सिरहा र सप्तरीमा जुवातास खेलाएको आरोपमा पक्राउ परेका छन् । उनीमाथि इलाका प्रहरी कार्यालय लहान र जिल्ला प्रहरी कार्यालय सप्तरीले यसअघि जुवातासमा मुद्दा चलाएका थिए । यसअघिका मुद्दामा उनी अदालतबाट धरौटीमा छुटेको प्रहरी स्रोतले बताएको छ ।

प्रहरीका अनुसार अपहरण घटनाको मुख्य योजनाकारमध्येका एक भनेर ठाकुरको खोजी तीव्र बनाएपछि उनी भारतको जोगबनी, इटहरीको विभिन्न बजार, धनुषाको ढल्केबर र महोत्तरीको बर्दिबासमा जुवातास (कौडी) व्यवसाय सञ्चालन गर्दै आएका थिए । तर, पक्राउ पर्न सकिरहेका थिएनन् । लहानमा जुवातास र मोटरसाइकल चोरीको विभिन्न घटनामा समेत उनको संलग्नता रहेको स्थानीयको आरोप छ । एक महिनादेखि आफूलाई सहयोग गर्नुपर्ने भन्दै राजा ठाकुरले स्थानीय व्यापारीसाग चन्दासमेत माग गर्ने गरेको लहान प्रहरी प्रमुख केसीको भनाइ छ ।
यसरी पक्राउ परे ठाकुर

इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजकुमार केसी एक महिनादेखि ठाकुरको खोजीमा थिए । खोजी गर्ने क्रममा राजाले बोक्ने चारवटा मोबाइल नम्बर पत्ता लाग्यो । मोबाइलको अधिकांश समयको लोकेसन इटहरीको जनता टोल देखाउँथ्यो ।

सोही कारण प्रहरी नायब उपरीक्षक केसीले प्रहरी सहायक निरीक्षक नेतृत्वको सादा पोसाकको टोलीलाई करिब १५ दिन इटहरीमा राखे । तर, केही पत्ता लागेन । केसी भन्छन्, ‘हाम्रो टोलीले करिब १५ दिन इटहरी बसेर उनलाई खोज्यो । तर, फेला परेनन् । पछि टोलीलाई फिर्ता बोलायौा र थप अनुसन्धान जारी राख्यौा ।’

त्यही क्रममा प्रहरीलाई ठाकुर काठमाडौंको सुन्धारास्थित एक होटेलमा भएको सूचना आयो । सिरहाबाट सादा पोसाकमा गएको प्रहरी टोली ११ असार शनिबार बिहान साढे ४ बजे स्थानीय प्रहरीसँगको समन्वयमा ठाकुरलाई सुन्धारास्थित होटेल टोकियोको भान्साघरबाट पक्राउ गर्न सफल भयो । प्रहरी नायब उपरीक्षक केसीले भने, ‘पक्राउ नपरुन्जेलसम्म लहानबाट खटिएको प्रहरीलाई समेत पक्राउ गर्ने व्यक्तिको नाम थाहा दिइएन ।

पक्राउ परिसकेपछि मात्रै अपहरण घटनाका फरार अभियुक्त ठाकुर रहेको प्रहरी टोलीलाई जानकारी भयो ।’ उनका अनुसार पक्राउ गर्दासम्म सो प्रहरी टोलीलाई ठाकुर यति ठूलो अपराधका अभियुक्त हुन् भन्ने थाहा थिएन ।३१ दिनपछि अपहरणमुक्त
अपहरित महतोको परिवार आर्थिक रूपमा सम्पन्न छ । उनलाई अपहरण गरेपछि धेरै फिरौती लिन सकिन्छ भनेर अपहरण गरिएको

अनुसन्धानमा खटिएका इलाका प्रहरी कार्यालय लहानका तत्कालीन प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुायालले बताएका थिए । अपहरणपछि उनलाई मुक्त गराउन करिब १५ लाख खर्च भएको अपहरितका दाजु शिवदयाल महतोले बताए ।

भाइको अपहरणमा संलग्न ठाकुरलाई प्रहरीले पक्राउ गरेको थाहा पाएर लहान प्रहरीमा शनिबार पुगेका महतोले भने, ‘भाइलाई अपहरण मुक्त गराउन खोजतलासका क्रममा धेरै ठूलो रकम खर्च भयो, तर प्रहरीले फिरौती नदिई मुक्त गराएको थियो । त्यसवेला प्रहरीको धैर्य र कुशलता देखेर मेरो परिवार खुसी छ ।’ ३१ दिनपछि अपहरणमुक्त भएका गुरुदयाल महतोले भने, ‘प्रहरीलाई धन्यवाद छ मेरो, घटनामा एकपछि अर्को सफलता हात पारेकोमा ।’

महतोलाई अपहरणमुक्त गराउन सो समयमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), केन्द्रीय प्रहरी टोली, क्षेत्रीय प्रहरी समूह, जिल्ला प्रहरी कार्यालय सप्तरी, जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय लहानसहितको करिब तीन सयभन्दा बढी प्रहरी परिचालन गरिएको थियो । ३१ दिनको प्रयासपछि अपहरित महतोलाई भारतको सुपौल जिल्लाबाट सकुशल मुक्त गराउन प्रहरी सफल भएको थियो । आजको नयाँ पत्रिकामा समाचार छ।

 

अब भूकम्पपीडितका नाममा स्वत: बैंक खाता आइतबारको विदेशी मुद्राको सटही दर यस्तो छ ? आइतबार संसदमा पेश भएको सरकारको नीति तथा कार्यक्रमको (पूर्ण पाठ) आगलागी पीडित परिवारलाई जस्तापाता दिने मन्त्रिपरिषद्को निर्णय आयल निगमका कर्मचारीले ९० दिनपछि ९० करोड रुपैयाँ बोनस पाउने आयुक्त ज्यू एमाओवादीले वैद्य माओवादीसंग एकता गर्ने एमाओवादीले सरकार छोड्छु भनेकै दिन ओलीलाई अर्को झड्का कम्युनिस्ट न्युक्लिअस नेपालकाे प्रेस वक्तव्य काँग्रेस केन्द्रिय सदस्यमा चर्चित नेताहरु पराजित कांग्रेस महाधिवेशनपछि सरकार परिवर्तन होइन विस्तारः प्रधानमन्त्री कांग्रेस संसदीय दलको नेताका लागि देउवा र पौडेल भिडने कारबाही गर्ने आँट छ ? को को पर्ने भए ? कोररियामा दैलेख - कोररिया सम्पर्क समिति गठन चलचित्र ‘मेन्टल’ मेरो टर्निङ् पोईन्ट हो : नव नायक प्रथम खड्का ज्ञानेन्द्रले दिए चेतावनी त्यो पनि निशुल्क दैलेख महोत्सवलाई नजिकबाट नियाल्दा नक्कली भिषा लगाई ठग्ने कन्सल्टेन्सीका संचालक पक्राउ नयाँ शक्तिले ३० गते पार्टी घोषणा गर्ने नेपाल चिकित्सक सङ्घको चुनाव सुरु नेपाल र नामिबियाबीचको खेलको टिकट इसेवाबाट किन्न सकिने नेपाल राष्ट्र बैंकले आइतबार तोकेको विनिमय दर यस्तो रहेको छ ? नेपाल राष्ट्र बैंकले बुधबार तोकेको विदेशी मुद्राको सटही दर यस्तो छ ? नेपाल राष्ट्र बैंकले मंगलबार तोकेको विदेशी मुद्राको सटही दर यस्तो छ ? पछिल्लो राजनीतिक अवस्थाबारे प्रधानमन्त्रीले ओलीले ३ बजे संसदमा सम्बोधन गर्ने पेट्रोलियम खानी खोज्दै उद्योगमन्त्री प्रचण्डलाई अघि सादै एकीकृत माओवादीले सुरु गग्यो राष्ट्रिय सहमतिको सरकारप्रचण्डलाई अघि सादै एकीकृत माओवादीले सुरु गग्यो राष्ट्रिय सहमतिको सरकार बाबुरामले भने 'सरकार बनाउने र गिराउने खेल केटाकेटीको भाँडाकुटी खेल' बिहीबार नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर यस्तो छ ? भूकम्पपछि बदलिएको वैदेशिक रोजगार यु १६ क्रिकेट प्रतियोगिता भोलिदेखि हुने रातो आँखाले हेरिएको “दलित” शब्द राहदानी जति साहुको नियन्त्रणमा विपाशा बासुले गरिन विवाह विहान बोलाईएको मन्त्रिपरिषद बैठक साझँ बस्ने वैद्यका अबका चार विकल्प व्यवस्थापिका संसदमा प्रभावकारी ढङ्गले प्रस्तुत हुन एमालेले दियो सांसदहरुलाई निर्देशन शुक्रबार विदेशी मुद्राको सटही दर यस्तो छ ? सपना ..... सर्बोच्चले दियो यस्तो आदेश सार्क सम्मेलनको खर्चमाथि पनि अख्तियारको आँखा सूचीबाटै हटाइदिए नारायणकाजीले महरा र प्रकाशको नाम ‘समयअनुसार काम हुन्छ’

video

viewall