Published On: Wed, Jun 1st, 2016

माओवादी केन्द्र : गति लिने कि अल्मलिने ?

Share This
Tags

जेठ १९, काठमाडौं।
maobadikendra

माओवादी केन्द्रको नाममा क्रान्तिकारी कम्युनिष्टहरु एकीकृत भएपछि राष्ट्रिय राजनीतिक माहौलमा ठूलो फेरबदल हुन थालेको छ । शक्तिशाली माओवादी केन्द्रको गठनपछि नयाँ अवस्थामा यसभित्र अन्तरविरोध सिर्जना हुनु स्वाभाविक हो भने प्रतिक्रियावादी खेमा आत्तिनु पनि स्वाभाविक हो । माओवादी केन्द्रको उदयपछि खासगरी एमाले हच्किएको छ भने कांग्रेस पनि तर्सिएको छ ।

आजको समयबद्व साप्ताहिकमा खबर छ । माओवादी केन्द्र गठन भए पनि यसले पूर्ण गति लिएको छैन, गति नलिँदै दुर्गति सुरु होस् भन्ने तत्वहरु पनि सल्बलाउन थालेका छन् । माओवादी केन्द्रमा नसमेटिएका मोहन वैद्य र नेत्रविक्रम चन्द विप्लवका समूहहरु माओवादी केन्द्रप्रति आक्रामक हुनुलाई स्वाभाविक लिइएको छ तर माओवादी केन्द्रभित्रको अन्तरविरोध व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । माओवादी केन्द्रभित्र खासै ठूलो वैचारिक अन्तरविरोध देखिएको छैन तर संगठनात्मक अन्तरविरोधलाई वैचारिक अन्तरविरोधको खोल हालिदिने चलन भने पुरानो हो । संगठन व्यवस्थापन साधारण विषय हो र हुन पनि पर्छ तर यही विषय माओवादी आन्दोलनमा सधै समस्याका रुपमा देखिने गरेको छ । संगठनात्मक अन्तरविरोधलाई समातेर प्रतिक्रियावादी तत्वहरुले पनि खेल्ने गरेको इतिहास माओवादी आन्दोलनले भोगिसकेको छ । माओवादी केन्द्र सिर्जना भएपछि जनतामा व्यापक उत्साह छाएको छ । माओवादी आन्दोलन छिन्नभिन्न हुन खोजेकोमा दुखी भएका जनता अहिले उत्साहित छन् । तर, त्यही रफ्तारको उत्साह केन्द्रभित्र पैदा हुन सकेको छ कि छैन भन्ने महत्वपूर्ण प्रश्न बन्न थालेको छ । खासगरी सत्ताको शिविर वरिपरि घुम्ने, जनयुद्धमा यो र त्यो गरेको थिएँ भनेर त्यसकै मात्र व्याज खान खोज्ने प्रवृत्ति माओवादी केन्द्रभित्र अहिले पनि कमजोर छैन । एकतामा भन्दा द्वन्द्वमा लाभ देख्ने, कृत्रिम अन्तरविरोध सिर्जना गरेर त्यसैको वरिपरि खेलेर बस्ने प्रवृत्ति कम्युनिष्ट आन्दोलनका लागि नयाँ होइन । अहिले झन देशीविदेशी शक्ति केन्द्रको प्यारो बनेकाहरुले हरेक राजनीतिक दलहरुभित्र हाइहुकुम चलाउन खोजिरहेको अवस्था छ । यस्तो प्रवृत्ति माओवादी केन्द्रभित्र पनि नफस्टाओस् भनेर नेतृत्व र कार्यकर्ता पंक्ति दुवै सचेत हुनुपर्ने अवस्था आएको छ । हिजो भारतको सत्तोसराप गरेर राष्ट्रवादको नारा दिनेहरु आज अचानक किन दक्षिण मुख फर्काइरहेका छन् ? यस्तो प्रश्न माओवादी केन्द्रका कतिपय नेताहरुलाई पनि सोधिने गरेको छ । कुनै पनि दस्तावेजमा भारतीय विस्तारवाद लेखिनु हुन्न, लेखे पनि त्यसलाई ठूलो स्वरमा वाचन गर्नु हुन्न भारतीय शासकलाई नाकाबन्दी लगाउनुपर्छ भन्दै भारतीय दूतावासमा धाउने एउटा प्रवृत्ति वैद्य र विप्लव दुवै समूहमा रहेका छन् । ती समूहसँग यही विषयमा हिमचिम गर्नेहरु विगत एमाओवादीमा पनि थिए । यो प्रवृत्तिले भिन्नभिन्न शिविरमा बसेर एकीकृत रुपमा माओवादी केन्द्रभित्र पनि खेल्छ कि भन्ने चिन्ता कार्यकर्ता पंक्तिमा देखिएको छ । यस्तो चिन्ता नाजायज होइन पनि । जुन उत्साह साथ माओवादी केन्द्र गठन भएको थियो, त्यो उत्साहलाई कायम राखेर अब कसरी अगाडि बढ्ने भन्ने प्रश्न माओवादी केन्द्र समक्ष रहेको छ । एकीकृत पार्टी संगठनात्मक रुपमा गतिहीन, दिशाहीन हुन थाल्यो भने कार्यकर्ता पंक्तिले सहँदैन भन्ने निश्चित छ । देशी विदेशी प्रतिक्रियावादी षडयन्त्रबाट छिन्नभिन्न हुन खोजेको माओवादी आन्दोलन एकीकृत भएपछि अब जनतालाई के नयाँ सन्देश दिने ? केन्द्रका नेताहरु समक्ष चुनौती आएको छ । नेताहरुलाई जस्तै चुनौती गाउँगाउँका कार्यकर्ताहरुलाई पनि छ, एकीकृत पार्टीले जनताका लागि के गर्छ र के फरक हुन्छ भन्ने सन्देश कार्यकर्ताले जनस्तरमा पु¥याउनु परेको छ । माओवादी केन्द्रले अब स्पष्ट रुपमा दुइटा मोर्चामा आफूलाई खरो सावित गर्नुपर्ने भएको छ,– संसदीय मोर्चा र सडकको मोर्चा । यी दुवै मोर्चालाई समन्वय गरेर अगाडि बढ्ने कौशल देखाउन सकिएन भने पार्टी कि संसदीय भासमा फस्ने छ, कि अन्त्यहीन आन्दोलनको गोलचक्करमा फस्ने छ । हिजो जनयुद्धको मोर्चामा रहेको माओवादीसँग जनताले संघर्षको अपेक्षा गर्थे, आजको माओवादी केन्द्रसँग जनताले सबैथोकको अपेक्षा गर्छन् । महंगी र मूल्यवृद्धि नियन्त्रणदेखि राज्यका दैनिक यावत समस्यामा माओवादी केन्द्रले हस्तक्षेप गरेको हेर्न चाहन्छन् जनता । जनताका यी सबै चाहना पूरा गर्न माओवादी केन्द्रले नयाँ उत्साह, नयाँ गति र नयाँ कार्यशैलीले अगाडि नबढी सुखै छैन ।

अब भूकम्पपीडितका नाममा स्वत: बैंक खाता आइतबारको विदेशी मुद्राको सटही दर यस्तो छ ? आइतबार संसदमा पेश भएको सरकारको नीति तथा कार्यक्रमको (पूर्ण पाठ) आगलागी पीडित परिवारलाई जस्तापाता दिने मन्त्रिपरिषद्को निर्णय आयल निगमका कर्मचारीले ९० दिनपछि ९० करोड रुपैयाँ बोनस पाउने आयुक्त ज्यू एमाओवादीले वैद्य माओवादीसंग एकता गर्ने एमाओवादीले सरकार छोड्छु भनेकै दिन ओलीलाई अर्को झड्का कम्युनिस्ट न्युक्लिअस नेपालकाे प्रेस वक्तव्य काँग्रेस केन्द्रिय सदस्यमा चर्चित नेताहरु पराजित कांग्रेस महाधिवेशनपछि सरकार परिवर्तन होइन विस्तारः प्रधानमन्त्री कांग्रेस संसदीय दलको नेताका लागि देउवा र पौडेल भिडने कारबाही गर्ने आँट छ ? को को पर्ने भए ? कोररियामा दैलेख - कोररिया सम्पर्क समिति गठन चलचित्र ‘मेन्टल’ मेरो टर्निङ् पोईन्ट हो : नव नायक प्रथम खड्का ज्ञानेन्द्रले दिए चेतावनी त्यो पनि निशुल्क दैलेख महोत्सवलाई नजिकबाट नियाल्दा नक्कली भिषा लगाई ठग्ने कन्सल्टेन्सीका संचालक पक्राउ नयाँ शक्तिले ३० गते पार्टी घोषणा गर्ने नेपाल चिकित्सक सङ्घको चुनाव सुरु नेपाल र नामिबियाबीचको खेलको टिकट इसेवाबाट किन्न सकिने नेपाल राष्ट्र बैंकले आइतबार तोकेको विनिमय दर यस्तो रहेको छ ? नेपाल राष्ट्र बैंकले बुधबार तोकेको विदेशी मुद्राको सटही दर यस्तो छ ? नेपाल राष्ट्र बैंकले मंगलबार तोकेको विदेशी मुद्राको सटही दर यस्तो छ ? पछिल्लो राजनीतिक अवस्थाबारे प्रधानमन्त्रीले ओलीले ३ बजे संसदमा सम्बोधन गर्ने पेट्रोलियम खानी खोज्दै उद्योगमन्त्री प्रचण्डलाई अघि सादै एकीकृत माओवादीले सुरु गग्यो राष्ट्रिय सहमतिको सरकारप्रचण्डलाई अघि सादै एकीकृत माओवादीले सुरु गग्यो राष्ट्रिय सहमतिको सरकार बाबुरामले भने 'सरकार बनाउने र गिराउने खेल केटाकेटीको भाँडाकुटी खेल' बिहीबार नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर यस्तो छ ? भूकम्पपछि बदलिएको वैदेशिक रोजगार यु १६ क्रिकेट प्रतियोगिता भोलिदेखि हुने रातो आँखाले हेरिएको “दलित” शब्द राहदानी जति साहुको नियन्त्रणमा विपाशा बासुले गरिन विवाह विहान बोलाईएको मन्त्रिपरिषद बैठक साझँ बस्ने वैद्यका अबका चार विकल्प व्यवस्थापिका संसदमा प्रभावकारी ढङ्गले प्रस्तुत हुन एमालेले दियो सांसदहरुलाई निर्देशन शुक्रबार विदेशी मुद्राको सटही दर यस्तो छ ? सपना ..... सर्बोच्चले दियो यस्तो आदेश सार्क सम्मेलनको खर्चमाथि पनि अख्तियारको आँखा सूचीबाटै हटाइदिए नारायणकाजीले महरा र प्रकाशको नाम ‘समयअनुसार काम हुन्छ’

video

viewall