Published On: Thu, Jun 8th, 2017

महरा र गच्छेदार लाई धेरै पटक मन्त्री बन्ने अवसर

Share This
Tags

जेठ २५, काठमाडौं।

maharagachedarदोस्रो जनआन्दोलनपछि सबैभन्दा धेरै पटक ओवादी केन्द्रका नेता कृष्णबहादुर महरा र नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार मन्त्री बन्ने सौभाग्य मिलेको छ।२०६२/०६३ पछि गठन भएका सरकारमा महरा र गच्छदार ६-६ पटक मन्त्री भएका छन्।

गच्छदारलाई भने दोस्रो जनआन्दोलन अघि पनि धेरै पटक मन्त्री बन्ने सौभाग्य प्राप्त भएको छ। २०४८ सालदेखि २०५९ सालसम्म उनी आधा दर्जनभन्दा बढी पटक मन्त्री भएका थिए। सबैभन्दा धेरै पटक उपप्रधानमन्त्री बन्नेमा भने गच्छदारले सबैलाई उछिनेका छन्। २०६६ सालमा माधव नेपाल नेतृत्वको सरकारमा पहिलो पटक उपप्रधानमन्त्री बनेका गच्छदारको यसपालि समेत गरी पाँच पटक उपप्रधानमन्त्री बनेका छन्।

 

धेरै मन्त्रालय सम्हाल्ने महरा 

२०६२/०६३ पछि धेरै पटक उपप्रधानमन्त्री बन्ने अर्का ‘भाग्यमानी’ नेता कृष्णबहादुर महरा हुन्। माओवादी पार्टी सहभागी भएका दुईवटा बाहेक सबै सरकारमा उनी मन्त्री बनेका छन्।

महरा २०४८ सालमै जनमोर्चाको तर्फबाट सांसद निर्वाचित भएका थिए। दस बर्ष लामो सशस्त्र क्रान्तीपछी शान्तीप्रक्रिया हुदै अन्तरिम संसदमा सांसद बनेका महरा पहिलो पटक २०६४ चैतमा मन्त्री भएका थिए ।

तत्कालीन प्रधानमन्त्री गिरीजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उनी सूचना तथा सञ्चार मन्त्री थिए।

२०६४ भदौमा सरकार छोडेको माओवादी तीन महिनापछि फेरि सरकारमा फर्कियो। महरा फेरि सञ्चार मन्त्री बने।

दोस्रो संविधान सभाको निर्वाचनपछि बनेको पुष्पकमल दाहाल नेतृत्वको सरकारमा उनी तेस्रो पटक सञ्चार मन्त्री बने।

२०६७ माघमा बनेको झलनाथ खनाल नेतृत्वको सरकारमा उनी पहिलो पटक उपप्रधानमन्त्री बनेका थिए भने चौथो पटक सञ्चार मन्त्री भएका थिए।

अहिलेसम्म पटक–पटक सञ्चारमन्त्री बन्नेहरूको लिस्टमा महरा पनि अग्रपङ्क्तिमा छन्। २०६८ वैशाखमा उनले खनाल सरकारमा गृह मन्त्रालयको जिम्मेवारी पाए।

२०७३ सालमा बनेको पुष्पकमल दाहाल नेतृत्वको सरकारमा उनी दोश्रो पटक उपप्रधानमन्त्री बने भने पहिलो पटक अर्थ मन्त्रालय सम्हाले।

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा समेत उनी अटाएका छन् । उनी देउवा सरकारमा उपप्रधान र परराष्ट्रमन्त्री बनेका छन्।

अहिलेसम्म तीन पटक सरकारको नेतृत्वसहित माओवादी सात पटक सरकारमा गएको छ। माओवादी सहभागी सात वटा सरकारमा महरा पाँच सरकारमा मन्त्री बनेका छन्।

२०६२/०६३ पछि धेरै वटा मन्त्रालयको जिम्मेवारी सम्हाल्नेमा पनि महरा र गच्छदार नै अगाडि छन्। महराले अहिलेसम्म सञ्चार, गृह, अर्थ र परराष्ट्र गरी चार मन्त्रालय सम्हालेका छन भने गच्छदारले भौतिक, गृह, रक्षा र संघीय मामिला तथा स्थानीय विकास गरी चार मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।

अब भूकम्पपीडितका नाममा स्वत: बैंक खाता आइतबारको विदेशी मुद्राको सटही दर यस्तो छ ? आइतबार संसदमा पेश भएको सरकारको नीति तथा कार्यक्रमको (पूर्ण पाठ) आगलागी पीडित परिवारलाई जस्तापाता दिने मन्त्रिपरिषद्को निर्णय आयल निगमका कर्मचारीले ९० दिनपछि ९० करोड रुपैयाँ बोनस पाउने आयुक्त ज्यू एमाओवादीले वैद्य माओवादीसंग एकता गर्ने एमाओवादीले सरकार छोड्छु भनेकै दिन ओलीलाई अर्को झड्का कम्युनिस्ट न्युक्लिअस नेपालकाे प्रेस वक्तव्य काँग्रेस केन्द्रिय सदस्यमा चर्चित नेताहरु पराजित कांग्रेस महाधिवेशनपछि सरकार परिवर्तन होइन विस्तारः प्रधानमन्त्री कांग्रेस संसदीय दलको नेताका लागि देउवा र पौडेल भिडने कारबाही गर्ने आँट छ ? को को पर्ने भए ? कोररियामा दैलेख - कोररिया सम्पर्क समिति गठन चलचित्र ‘मेन्टल’ मेरो टर्निङ् पोईन्ट हो : नव नायक प्रथम खड्का ज्ञानेन्द्रले दिए चेतावनी त्यो पनि निशुल्क दैलेख महोत्सवलाई नजिकबाट नियाल्दा नक्कली भिषा लगाई ठग्ने कन्सल्टेन्सीका संचालक पक्राउ नयाँ शक्तिले ३० गते पार्टी घोषणा गर्ने नेपाल चिकित्सक सङ्घको चुनाव सुरु नेपाल र नामिबियाबीचको खेलको टिकट इसेवाबाट किन्न सकिने नेपाल राष्ट्र बैंकले आइतबार तोकेको विनिमय दर यस्तो रहेको छ ? नेपाल राष्ट्र बैंकले बुधबार तोकेको विदेशी मुद्राको सटही दर यस्तो छ ? नेपाल राष्ट्र बैंकले मंगलबार तोकेको विदेशी मुद्राको सटही दर यस्तो छ ? पछिल्लो राजनीतिक अवस्थाबारे प्रधानमन्त्रीले ओलीले ३ बजे संसदमा सम्बोधन गर्ने पेट्रोलियम खानी खोज्दै उद्योगमन्त्री प्रचण्डलाई अघि सादै एकीकृत माओवादीले सुरु गग्यो राष्ट्रिय सहमतिको सरकारप्रचण्डलाई अघि सादै एकीकृत माओवादीले सुरु गग्यो राष्ट्रिय सहमतिको सरकार बाबुरामले भने 'सरकार बनाउने र गिराउने खेल केटाकेटीको भाँडाकुटी खेल' बिहीबार नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर यस्तो छ ? भूकम्पपछि बदलिएको वैदेशिक रोजगार यु १६ क्रिकेट प्रतियोगिता भोलिदेखि हुने रातो आँखाले हेरिएको “दलित” शब्द राहदानी जति साहुको नियन्त्रणमा विपाशा बासुले गरिन विवाह विहान बोलाईएको मन्त्रिपरिषद बैठक साझँ बस्ने वैद्यका अबका चार विकल्प व्यवस्थापिका संसदमा प्रभावकारी ढङ्गले प्रस्तुत हुन एमालेले दियो सांसदहरुलाई निर्देशन शुक्रबार विदेशी मुद्राको सटही दर यस्तो छ ? सपना ..... सर्बोच्चले दियो यस्तो आदेश सार्क सम्मेलनको खर्चमाथि पनि अख्तियारको आँखा सूचीबाटै हटाइदिए नारायणकाजीले महरा र प्रकाशको नाम ‘समयअनुसार काम हुन्छ’

video

viewall