Published On: Wed, May 4th, 2016

भूकम्पपछि बदलिएको वैदेशिक रोजगार

राजु पौडेल

गत वैशाखमा गएको विनाशकारी भूकम्पपछि वैदेशिक रोजगारीका लागि अन्तर्राष्ट्रिय श्रमबजारमा प्रवेश गर्ने नेपाली युवाको संख्या एकचौथाइले घटेको छ । भूकम्पअघि दैनिक झन्डै १ हजार ७०० नेपाली युवा देशको सीमा पार गरेर अन्तर्राष्ट्रिय श्रमबजारमा प्रवेश गर्थे । अहिले यो संख्यामा उल्लेख्य गिरावट आएको छ । सन् २०१५ मा मात्र नेपालमा ७०० अर्ब डलर रेमिट्यान्स आप्रवाह भएको देखिन्छ, जुन विश्व रेमिट्यान्स कारोबारको तुलनात्मक अध्ययनका दृष्टिले तेस्रो धेरै रेमिट्यान्स कारोबार हुने मुलुकअन्तर्गत पर्छ । देशको कुल गार्हस्थ्य उत्पादनको झन्डै ३० प्रतिशत बराबर रकम रेमिट्यान्स आयबाट प्राप्त हुँदै आएको छ । देशको आयात धान्ने मुख्य स्रोत रेमिट्यान्स आर्जन गर्ने युवाको प्रदेश प्रवेशमा उत्पन्न पछिल्लो अवरोधले रेमिट्यान्स आयमा आश्रित नेपालको आर्थिक स्थायित्वमा तत्कालीन असर पर्ने देखिन्छ ।

भूकम्पीय विनाशले तंग्रिन नपाउँदै सरकारले गत असारदेखि नेपाली श्रमिकका लागि सजिलो गन्तव्य मानिँदै आएका राष्ट्रहरूमा श्रमका लागि जाने युवाहरूबाट रु. १० हजार मात्र सेवाशुल्क लिन पाउने कानुन नै जारी गर्यो । प्रतिव्यक्ति न्यूनतम रु. ३० देखि ४० हजारसम्मको मुनाफामा काम गर्दै आएका म्यानपावर व्यवसायीहरू त्यतिखेर खङ्ग्रङ्ग भए, जतिखेर म्यानपावर व्यवसायसँग सम्बन्धित व्यक्तिकै नेतृत्वमा उक्त कानुन निर्णय भई कार्यान्वयनमा समेत ल्याइयो । तोकिएकोभन्दा बढ्ता शुल्क लिने म्यानपावर व्यवसायीहरू र संस्था प्रहरीको निशानामा परे । वर्षौंदेखि कार्यान्वयनको प्रतीक्षामा रहेको बायोमेट्रिक पद्धतिबाट स्वास्थ्य जाँच गर्ने प्रणालीले पनि वैदेशिक रोजगारीका क्षेत्रमा थप तनाव सिर्जना ग¥यो । दूतावासमार्फत भिसाको प्रमाणीकरणलाई कडाइ गर्दा कैयन् अनियमितता भिसा जारी हुने स्थानमै नियन्त्रित भए । अधिक नेपाली श्रमिक संख्या थेग्दै आएको मलेसियाको श्रमबजार मात्र चौपट बनेन, कच्चा तेलको मूल्यमा आएको भारी गिरावटले मध्यपूर्वस्थित कतिपय अन्तर्राष्ट्रिय श्रमबजार समेत प्रभावित बने । अन्तर्राष्ट्रिय श्रमबजारमा थपिँदै गएका चुनौतीका बीच नयाँ नीतिगत व्यवस्थाको विरुद्व आन्दोलित हुने वा नहुने जस्ता मुद्दामा स्वयं म्यानपावर व्यवसायी नै विभाजित बनिरहेका छन् । यी शृंखलाबद्ध घटनाले इजाजतप्राप्त झन्डै साढे ७०० म्यानपावर कम्पनीमात्र प्रभावित बनेनन्, विगत ३ दशकदेखि वैदेशिक रोजगारलाई संस्थागत व्यावसायिक स्वरूप प्रदान गर्न लागिपरेका पुराना म्यानपावर व्यावसायिक घरानासमेत अप्ठ्यारोमा परेका छन् ।

व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले विदेशमा ठूलो संख्यामा कामदार अलपत्र परेको भन्दै तत्काल उद्धारका निम्ति आपत्कालीन राहत कोषको स्थापना गर्न सरकारलाई निर्देशन दिएको छ । कोरियाले पछिल्लो समयमा नेपाली कामदारको कोटामा भारी कटौती गरेको छ । गत वर्ष ८ हजार नेपाली कामदारलाई भाषा परीक्षामा उत्तीर्ण गरेको कोरियाले यसपटक त्यो संख्यालाई झन्डै ३ हजार वरिपरिमा सीमित गर्दैछ । साउदीको ठूलो व्यापारिक समूह मानिने लादेन ग्रुपले एकैपटक ५० हजार कामदार कटौती गर्ने निर्णय भर्खरै सार्वजनिक गरेको छ । मध्यपूर्वका कतिपय रोगजारदाता कम्पनी थप आप्रवासी नयाँ कामदार आयात नगर्ने निर्णयमा पुगेका छन् । देशको आन्तरिक बजारमा रोजगारीको आभाव छ । गत वैशाखको भूकम्पीय विनाशको पुनर्निर्माणमा प्रतिबद्धता भएको रकमसमेत ती प्रभावित क्षेत्रमा परिचालन हुन सकेको छैन । देशमा भएको सीमित पुँजी रियलइस्टेट, आवास र सेयर बजारमा आकर्षित भएको छ । यस्ता क्षेत्रबाट बैंकिङ पहुँच भएका वा हुनेखाने वर्गले बढ्ता लाभ लिन सक्छन् । हुँदा खाने वर्गलाई दैनिक गुजाराको विकल्प मानिँदै आएको वैदेशिक रोजगारी प्रभावित बन्दा आर्थिक असन्तुलन झन्झन् गहिरिँदै जाने निश्चित प्रायः छ । यी घरायसी र अन्तर्राष्ट्रिय घटनाहरूले नारामा सीमित सुरक्षित वैदेशिक रोजगारीको क्षेत्रलाई झनै चुनौतीपूर्ण बनाउँदै लगेको छ ।

विकल्पको बाटो 

वैदेशिक रोजगारीको लामो इतिहास छ । यो व्यवसाय सम्मानित, मर्यादित, सुरक्षित र संस्थागत पनि हुन सकेको छैन । रेमिट्यान्स व्यवसायसँग वैदेशिक रोजगारको प्रत्यक्ष सम्बन्ध छ । नेपालमा मात्र होइन, रेमिट्यान्समा आश्रित अर्थतन्त्र भएका देशमा आयातसँग रेमिट्यान्सको अन्योन्याश्रित सम्बन्ध छ । वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित गर्न नसकेको आरोप रेमिट्यान्स क्षेत्रले पनि खेपिरहेको छ । आरोप–प्रत्यारोपका आ–आफ्ना दलिल छन्, तर भएको विकास बजेटसमेत समयमै खर्च गर्न नसक्ने हाम्रो कमजोरीले त्यस्ता आरोपलाई फिक्का बनाइदिन्छन् ।

सरकारी नियन्त्रणमा भएको पैसा नेपालको पुँजी निर्माणमा लागेका कमै उदाहरण छन् । भएको पैसा मात्र समयमै खर्च गर्न सक्ने सरकारी प्रणाली हुने हो भने साविकमा कायम कुटीर औद्योगिक संरचनाले पनि धेरै श्रमशक्तिलाई देशकै भूगोलभित्र थेग्न सक्छ । पुनर्निर्माण कार्यले गति लिँदा मात्र कम्तीमा ४० हजार सीपयुक्त जनशक्तिलाई पुग्ने काम ३१ जिल्लामा मात्र छ । नयाँ नेपाल निर्माणको उधारो सपना राजनीति दलले देखाएकै छन् । बाँकी ४४ जिल्लामा त्यो अभियान सुरु गर्ने हो भने त्योभन्दा बढ्ता संख्यालाई पुग्ने काम देशकै भूगोलमा छ । मुखले वा कागजमा मात्र काम गर्ने हाम्रो नीतिगत शैलीले देशका युवालाई विदेश पलायन हुन प्रेरित गरिरहेको छ ।

ठूल्ठूला व्यावसायिक घरानाहरूको नियन्त्रणमा भएको पैसा या त पुँजी सञ्चित हुने क्षेत्रहरू जस्तैः घरजग्गा र सेयर कारोबारमा आकर्षित हुन्छ, या त सेवामूलक उद्योगधन्दामा । यस्ता क्षेत्रको चारित्रिक विशेषता भनेकै सुकिलामुकिला र शिक्षित–दीक्षित वर्गलाई लाभ दिने हो । विपन्न समुदायबाट प्रतिनिधित्व गरेर श्रम खर्च गर्न सक्ने क्षमता राख्ने ठूलो संख्याको श्रमशक्तिलाई काम दिने हैसियत राख्दैनन् । नेपालले अहिले धेरै महत्वाकांक्षी सपना बाँढ्न आवश्यक छैन, यही भएको आर्थिक गतिविधिलाई श्रम खर्च गर्न विदेश जान ठिक्क परेको युवाको हितमा परिचालन गर्न सक्दा काफी हुन्छ ।

वैदेशिक रोजगारीको क्षेत्रलाई अनुगमन गर्ने, नियन्त्रण गर्ने र विकल्प देखाउने धेरै सरकारी प्रशासनिक संरचना छन् । श्रम मन्त्रालय छ, विभाग छ र वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड पनि छ । वैदेशिक रोजगारलाई व्यवस्थित, मर्यादित, सुरक्षित र फराकिलो बनाउने नारा तय गरिएको छ । मलेसियाको श्रमबजार आफ्नै कारणले चौपट भयो । मध्यपूर्वको श्रमबजार कच्चा तेलको मूल्यमा आएको ह्रासले प्रभावित भयो । कोरियाको श्रमबजार भाषाका कारणले उपयुक्त हुन सकेन । विदेश जान खोज्ने युवाको संख्यामा पनि बढोत्तरी आयो भने त्योभन्दा राम्रो श्रमबजारको खोजी किन नगर्ने ? विश्वमा आप्रवासी श्रमिक आयात गर्ने तीभन्दा उन्नत धेरै देश छन् । नेपालीको श्रम विश्वमा चिनिएको छ, गनिएको छ । अदक्ष, अर्धदक्ष वा आंशिक दक्ष कामदारले विदेशी श्रमबजारमा सम्पादन गर्ने काम जोखियुक्त छ भने सीपयुक्त जनशक्ति उत्पादन गरेर विदेशमा किन निर्यात नगर्ने ? हामीले अन्तर्राष्ट्रिय मई दिवस मनाउँदै आएका छौं, यसपटक पनि मनायौं । मजदुरसँग सम्बन्धित न्यूनतमभन्दा बढ्ता कुराको वकालत स्टेजमा बसेर गरेका छौं । धेरै होइन सके त देशमै रोजगारीको अवसर, नत्र सुरक्षित श्रम प्रवासनको श्रमिक अधिकार अब अलपत्र पर्नु हुँदैन

अब भूकम्पपीडितका नाममा स्वत: बैंक खाता आइतबारको विदेशी मुद्राको सटही दर यस्तो छ ? आइतबार संसदमा पेश भएको सरकारको नीति तथा कार्यक्रमको (पूर्ण पाठ) आगलागी पीडित परिवारलाई जस्तापाता दिने मन्त्रिपरिषद्को निर्णय आयल निगमका कर्मचारीले ९० दिनपछि ९० करोड रुपैयाँ बोनस पाउने आयुक्त ज्यू एमाओवादीले वैद्य माओवादीसंग एकता गर्ने एमाओवादीले सरकार छोड्छु भनेकै दिन ओलीलाई अर्को झड्का कम्युनिस्ट न्युक्लिअस नेपालकाे प्रेस वक्तव्य काँग्रेस केन्द्रिय सदस्यमा चर्चित नेताहरु पराजित कांग्रेस महाधिवेशनपछि सरकार परिवर्तन होइन विस्तारः प्रधानमन्त्री कांग्रेस संसदीय दलको नेताका लागि देउवा र पौडेल भिडने कारबाही गर्ने आँट छ ? को को पर्ने भए ? कोररियामा दैलेख - कोररिया सम्पर्क समिति गठन चलचित्र ‘मेन्टल’ मेरो टर्निङ् पोईन्ट हो : नव नायक प्रथम खड्का ज्ञानेन्द्रले दिए चेतावनी त्यो पनि निशुल्क दैलेख महोत्सवलाई नजिकबाट नियाल्दा नक्कली भिषा लगाई ठग्ने कन्सल्टेन्सीका संचालक पक्राउ नयाँ शक्तिले ३० गते पार्टी घोषणा गर्ने नेपाल चिकित्सक सङ्घको चुनाव सुरु नेपाल र नामिबियाबीचको खेलको टिकट इसेवाबाट किन्न सकिने नेपाल राष्ट्र बैंकले आइतबार तोकेको विनिमय दर यस्तो रहेको छ ? नेपाल राष्ट्र बैंकले बुधबार तोकेको विदेशी मुद्राको सटही दर यस्तो छ ? नेपाल राष्ट्र बैंकले मंगलबार तोकेको विदेशी मुद्राको सटही दर यस्तो छ ? पछिल्लो राजनीतिक अवस्थाबारे प्रधानमन्त्रीले ओलीले ३ बजे संसदमा सम्बोधन गर्ने पेट्रोलियम खानी खोज्दै उद्योगमन्त्री प्रचण्डलाई अघि सादै एकीकृत माओवादीले सुरु गग्यो राष्ट्रिय सहमतिको सरकारप्रचण्डलाई अघि सादै एकीकृत माओवादीले सुरु गग्यो राष्ट्रिय सहमतिको सरकार बाबुरामले भने 'सरकार बनाउने र गिराउने खेल केटाकेटीको भाँडाकुटी खेल' बिहीबार नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर यस्तो छ ? भूकम्पपछि बदलिएको वैदेशिक रोजगार यु १६ क्रिकेट प्रतियोगिता भोलिदेखि हुने रातो आँखाले हेरिएको “दलित” शब्द राहदानी जति साहुको नियन्त्रणमा विपाशा बासुले गरिन विवाह विहान बोलाईएको मन्त्रिपरिषद बैठक साझँ बस्ने वैद्यका अबका चार विकल्प व्यवस्थापिका संसदमा प्रभावकारी ढङ्गले प्रस्तुत हुन एमालेले दियो सांसदहरुलाई निर्देशन शुक्रबार विदेशी मुद्राको सटही दर यस्तो छ ? सपना ..... सर्बोच्चले दियो यस्तो आदेश सार्क सम्मेलनको खर्चमाथि पनि अख्तियारको आँखा सूचीबाटै हटाइदिए नारायणकाजीले महरा र प्रकाशको नाम ‘समयअनुसार काम हुन्छ’

video

viewall