Published On: Fri, Mar 4th, 2016

ब्वासोलाई चुम्न नडराउने यी महिला

Share This
Tags

एजेन्सी- ब्वासोले तपाईको मुखमा ल्याएर आफ्नो मुख जोड्न खोज्यो भने तपाई के गर्नुहुन्छ ? अवश्य पनि तर्सनुहुन्छ होला । लामो समयदेखी जंगली जनावरको संरक्षणमा खटिएकी डेनाली भने तर्सन्नन् । उनले उल्टै ब्वासोलाई नजिक राखेर भिडियो खिचेकी छिन् । हेर्दै डरलाग्दो ८ वर्षको ठूलो ब्वासोले डेनालीसँग हिउँ खेलिरहेको भिडियो अहिले सामाजिक सञ्जालमा चर्चित छ । किकोआ नामक यस ब्वासो निकै डरलाग्दो छ । अमेरिकाको कोलोराडो उल्फ एण्ड वाइल्डलाईफ सेन्टरले यि युवतीको अनुहारमा ब्वासोले चाट्दै गरेको र चुम्बन साटासाट गर्न खोजेको भिडियो अपलोड गरेको हो ।

किकोआ खासमा फ्लोरिडास्थित सिक्रेस्ट उल्फ प्रिजर्भको ब्वासो हो । कोलोराडोमा किकोआलाई उसकी दिदी साकारासँगै ल्याइएको थियो । किकोआको अर्थ अमेरिकी स्थानिय भाषामा बहादूर हुन आउँछ । आफ्नो बाक्लो खैरो–चाँदी रंगको भुत्ला र हिड्दा देखिने डरलाग्दो उपस्थितीका कारण किकोआ चर्चित छ । ‘किकोआ एक ह्याण्डसम युवा पूरुष र राम्रो व्यक्तित्व भएको ब्वासो हो । उसले घुम्न आउने पर्यटकलाई चुम्बन दिएर खुसी पार्छ ।’– किकोआको बायोग्राफी लेख्दै यस संरक्षण केन्द्रको वेभसाइटले जनाएको छ ।

3119533D00000578-3442650-image-a-12_1455210006815
१ सय १५ पाउन्डको यो ब्वासोले मानिसहरुको काधँमा आफ्नो पन्जा राख्दा यसको उचाई झन्डै ७ फिटहुन आउँछ । यस भिडियोमा किकोआसँग खेल्दा डेनाली तर्सिएकी छैनन् । उनी भन्छिन्–‘ म प्रकृतिर जनावरसँग खेल्न रुचाउँछु । यि ब्वासाँहरुमा मेरो हृदय छ र उनीहरुले मेरो प्रेमलाई स्विकार गरेकोमा म निकै गर्वित छु ।’ फेसबुकमा यो अपलोड गरिएको यो भिडियोलाई अहिलेसम्म ७ लाखले हेरिसकेका छन् ।
फेसबुकमै एकजनाले प्रतिक्रिया दिएका छन्–‘मेरो आशा छ सबैले ब्वासोँहरु राम्रा र माया गर्न लायक छन् भनेर बुझ्नेछन् ।’ त्यस्तै अर्का एक व्यक्तीले डेनालीलाई पशुहरुप्रति देखाएको मायाका लागि धन्यवाद दिएका छन् ।
टिम्बर ब्वासोलाई खैरो ब्वासो भनेर पनि चिनिन्छ । अमेरिकाका झन्डै ४८ राज्यमा पाइने यो ब्वासोको संख्या शिकारीका कारण घट्दै गएको छ । केही ब्वासोहरु आफ्नो जनसंख्या जोगाउन सफल रहेपनि थुप्रै प्रजातीका ब्वासोहरु दुलर्भ भइसकेका छन् । केही खैरो ब्वासोहरु युरोपमा पनि पाइन्छन् । तर प्राय यस्ता ब्वासाहरु अलास्का,क्यानेडा र एशियामा बस्छन् । यि ब्वासोहरु प्राय ६–७ को समूहमा बस्छन् । मृग बदेँल आदिको शिकार गर्नेक्रममा उनीहरुले समूहमा एकअर्कालाई सहयोग गर्छन् ।

अब भूकम्पपीडितका नाममा स्वत: बैंक खाता आइतबारको विदेशी मुद्राको सटही दर यस्तो छ ? आइतबार संसदमा पेश भएको सरकारको नीति तथा कार्यक्रमको (पूर्ण पाठ) आगलागी पीडित परिवारलाई जस्तापाता दिने मन्त्रिपरिषद्को निर्णय आयल निगमका कर्मचारीले ९० दिनपछि ९० करोड रुपैयाँ बोनस पाउने आयुक्त ज्यू एमाओवादीले वैद्य माओवादीसंग एकता गर्ने एमाओवादीले सरकार छोड्छु भनेकै दिन ओलीलाई अर्को झड्का कम्युनिस्ट न्युक्लिअस नेपालकाे प्रेस वक्तव्य काँग्रेस केन्द्रिय सदस्यमा चर्चित नेताहरु पराजित कांग्रेस महाधिवेशनपछि सरकार परिवर्तन होइन विस्तारः प्रधानमन्त्री कांग्रेस संसदीय दलको नेताका लागि देउवा र पौडेल भिडने कारबाही गर्ने आँट छ ? को को पर्ने भए ? कोररियामा दैलेख - कोररिया सम्पर्क समिति गठन चलचित्र ‘मेन्टल’ मेरो टर्निङ् पोईन्ट हो : नव नायक प्रथम खड्का ज्ञानेन्द्रले दिए चेतावनी त्यो पनि निशुल्क दैलेख महोत्सवलाई नजिकबाट नियाल्दा नक्कली भिषा लगाई ठग्ने कन्सल्टेन्सीका संचालक पक्राउ नयाँ शक्तिले ३० गते पार्टी घोषणा गर्ने नेपाल चिकित्सक सङ्घको चुनाव सुरु नेपाल र नामिबियाबीचको खेलको टिकट इसेवाबाट किन्न सकिने नेपाल राष्ट्र बैंकले आइतबार तोकेको विनिमय दर यस्तो रहेको छ ? नेपाल राष्ट्र बैंकले बुधबार तोकेको विदेशी मुद्राको सटही दर यस्तो छ ? नेपाल राष्ट्र बैंकले मंगलबार तोकेको विदेशी मुद्राको सटही दर यस्तो छ ? पछिल्लो राजनीतिक अवस्थाबारे प्रधानमन्त्रीले ओलीले ३ बजे संसदमा सम्बोधन गर्ने पेट्रोलियम खानी खोज्दै उद्योगमन्त्री प्रचण्डलाई अघि सादै एकीकृत माओवादीले सुरु गग्यो राष्ट्रिय सहमतिको सरकारप्रचण्डलाई अघि सादै एकीकृत माओवादीले सुरु गग्यो राष्ट्रिय सहमतिको सरकार बाबुरामले भने 'सरकार बनाउने र गिराउने खेल केटाकेटीको भाँडाकुटी खेल' बिहीबार नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर यस्तो छ ? भूकम्पपछि बदलिएको वैदेशिक रोजगार यु १६ क्रिकेट प्रतियोगिता भोलिदेखि हुने रातो आँखाले हेरिएको “दलित” शब्द राहदानी जति साहुको नियन्त्रणमा विपाशा बासुले गरिन विवाह विहान बोलाईएको मन्त्रिपरिषद बैठक साझँ बस्ने वैद्यका अबका चार विकल्प व्यवस्थापिका संसदमा प्रभावकारी ढङ्गले प्रस्तुत हुन एमालेले दियो सांसदहरुलाई निर्देशन शुक्रबार विदेशी मुद्राको सटही दर यस्तो छ ? सपना ..... सर्बोच्चले दियो यस्तो आदेश सार्क सम्मेलनको खर्चमाथि पनि अख्तियारको आँखा सूचीबाटै हटाइदिए नारायणकाजीले महरा र प्रकाशको नाम ‘समयअनुसार काम हुन्छ’

video

viewall