Published On: Thu, Mar 3rd, 2016

नयाँ शक्ति र यसको औचित्य

Share This
Tags

20160222094642_upendraउपेन्द्र प्रधान

करिव ७० बर्षको ईतिहासपछि नेपालमा राजनीतिक परिवर्तनको केहि आवास भईरहको छ । साभौमसत्ता जनताको हातमा, जनताबाटै लेखिएको संविधान, कानूनी निती नियम तर यसको स्पष्टतामा अझै अनौलता छाउन भने छाडेको छैन । अर्थशास्त्रको नियमानुसार कुनै पनि व्यवसाय, परियोजना कुनै एकविन्दुमा पुगेपछि उकालो चढेर गएपछि एक ठाउमा स्थिरता हुन्छ र फेरी ओरालो लाग्ने गरेको पाईन्छ । तर कुनै निश्चित विन्दुसम्म यो निरन्तर अगाडी नै बढी रहेको हुन्छ र निश्चित विन्दु पुगेपछि यसलाई सहि दिशामा लान सकेन भने यसले नयाँ बाटो अवलम्वन गर्न सक्दैन । फलस्वरुप कुनै पनि हालतमा नयाँ कार्य योजना सहित अगाडी बढ्नु नै पर्छ । त्यसपछि मात्र यसले सही मार्ग निर्देशन गरेर अगाडी बढ्न सक्छ होईन भने त्यही तुहिन पनि सक्छ ।

बर्णन र विश्लेषण नयाँ शक्तिको
नयाँ शक्तिको वहस अहिले टोलटोलमा गाउँगाउँमा, सदरमुकाम सदरमुकाममा, जिल्ला जिल्लामा हुदै राष्ट्रीय र अन्र्तराष्टियस्तरका विभिन्न क्षेत्रहरुमा हुन थालेको छ । यस बारेमा युवादेखि बृद्धसम्मका सचेत, विवेकशिल नेपाली जनताको लागि चासोको विषय बनेको छ ।

अझ पूर्वप्रधानमन्त्री समेत भईसकेका डा.बाबुराम भट्टराईले राज्यले आफुलाई दिएको सुविधा र आफु रहेको पार्टीको साधारण सदस्यता समेत त्यागेर सर्वसाधारण जनताको हैसियत मात्र सिमित राखेर नयाँ शक्ति अभियानमा लाग्नु भएको छ भने नयाँ शक्ति अभियानबाट जुटाउन खोजेको व्यक्ति, समूह र समूदाय सदस्यहरुका जनमतलाई वुझाउँछ नयाँ शक्ति । नयाँ शक्ति भन्ने वित्तिकै कुनै मन्तर र जादु जस्तो सम्झनु गलत हो । यो नयाँ शक्ति भनेको हामी नेपाली जनताहरुकै विच बाटै आउने नयाँ विचार र प्रणालीको विकास मात्र हो फरक यती मात्र हो की यस्को नेतृत्व डा. बाबुराम भट्टराईले नयाँ विचार र नयाँ शिराबाट सुन्य सतहबाट शुरु गर्नु भएको छ यसलाई हामीले सकारात्मक रुपमा लिदानै हामी सवैको हित हुन्छ । तर डा. बाबुराम भट्टराईले नेतृत्व गर्ने वितिकै यो नयाँ शक्ति हुन सक्दैन भन्नु नेतृत्व भएको छ यसले केहि गर्दैन भनी केहि व्यक्तिहरुले भ्रम छर्दै हिडेका छन् तर यो कुरा उनीहरुको झुठो सावित हुर्दै गएको छ ।

यसै गरी  प्रधानमन्त्री भई सकेको व्यक्तिको नेतृत्वबाट यो नयाँ शक्ति संचालन भएको छ यो केहि होईन भनेर ओकाल्नेहरुको पनि कुनै कमि छैन । यसरी ओकल्नु गलत हो यस बारेमा हामी सम्पूर्ण जनताहरुले चिसो अनी ठण्डा दिमागले सोच्नु पर्छ त्यसै गरी आज डा. बाबुराम भट्टराईले नयाँ शक्तिको नेतृत्व गर्नु भएको छ यो सम्पूर्ण परिवर्तनवाहक जनताको लागि खुसीकै विषय भएको छ जुन कुरालाई डा. बाबुराम भट्टराईले नउठाएपनि भोलीको दिनमा अर्को कोहि नेपाली जनताले उठाउने थियो किनभने आज नयाँ शक्ति नेपालको आवश्यकता भित्र परि सकेको छ । अहिले देशलाई खोक्रो बनाउनेहरुको एक समुहले बाहिर बाहिर के हल्ला गरेको छ भने नयाँ शक्ति भित्रको झुण्डो भनेको विचार विहिनहरुको एकता हो तर यो कुरा गलत हो खाईपाई आएको चिजलाई अरुले हस्तक्षेप गर्लाकी भनी भए नभएको कुरा ओकल्न जस्ले पनि सक्छ तर यसको वास्तविकता भविष्यले देखाउने छ । कुनै पार्टी, संघ संस्था, समुह संग सम्वन्धीत कोहि पनि व्यक्ति नयाँ शक्तिमा आउन सक्दैन भने तर्क यीनीहरुको छ यसो भए पृथ्वी बाहेक अरु ग्रहहरु जस्तै मंगल, बुध बाट अर्थात दक्षिण एसिया बाहिरका मानिसहरु आएर त यहाँ नयाँ शक्ति बन्ने होइन यस देश भित्रको जनताहरुको माझबाट नै नयाँ शक्ति बन्ने हो त्यसैले देशले आज परिवर्तन खोजेको छ यहाँको जनताले सुख शान्तीको आशा गरेका छन त्यसको लागि नेपालमा नयाँ शक्तिको खाँचो अनी आवश्यकता भईसकेको छ । हात हातमा मोवाईल छ, घर घरमा ईन्टरनेट छ सामाजिक सन्जालमा त जस्को बारेमा जे लेखेपनि हुन्छ जे बोलेपनि हुन्छ किन भने हातमा भएको मोवाईल र घरमा भएको ईन्टरनेटलाई जसरी प्रयोग गरेपनि हुन्छ । तर वास्तविकतामा त्यो होईन यसै गरी रविन्द्र उपनाम या नाम भएका व्यक्तिले साप्ताहिक नेपाल पत्रिकामा एउटा कार्टुन बनाएको रहेछ जुन कार्टुनमा डा. बाबुराम भट्टराई र नव अभियानताहरु कलाकार क्षेत्रबाट आउनु भएका सरोज खनाल, असोक शर्मा र करिष्मा मानन्धरलाई पात्र बनाई एउटा फिल्मको स्टिकर बनाएर नयाँ चलचित्र संग तुलना गरेको पोष्टर बनाएर बाहिर निकालेको पाईन्छ ? साच्चिकै यस्तै हो त नयाँ शक्ति ? के रविन्द्रको जस्तै हामी सम्पूर्ण नेपाली जनताहरुको दिमाग घोडाको आँखामा पट्टि बानिएको जस्तो छ र ? यो पक्कै होइन अनी छैन पनि त्यसैले यसले केहि फरक पादैन जस्ले जे भन्दा, गर्दा पनि हुन्छ  आखिर फरक केहि पर्दैन । वहाँको जहाँसम्म सोच्ने शक्ति थियो त्यस कार्टुमा त्यहिसम्म विश्लेष्ण गर्न सफल हुनु भयो त्यसैले वहाँ धन्यवादको पात्र हुनु हुन्छ ।

यसै गरी अहिले यो देशमा नयाँ शक्तिको आवश्यकतावारे स्कूल–स्कूलमा, गल्ली गल्लीमा वहस शुरु हुन थालेको छ । यसै गरी बीबीसीका पत्रकार रवीन्द्र मिश्रदेखि लिएर बैंकर अनिल शाह, डा. उपेन्द्र देवकोटा, हङकङ बस्दै आएका घनश्याम चौलागाई, युवा नेता मणी पोखरेल, कृषि कल सेन्टर संचालक रविन अधिकारीसम्मकाले नयाँ शक्तिको कैयन वहस संचालन गरिरहेका छन् । कसैले नयाँ शक्तिको बारेमा लेख लेखेर होस वा कसैले जनताको माझमा गएर कार्यक्रम गरीरहेका छन् । यो त नयाँ शक्तिको बारेमा सानो तर महत्वपूर्ण शुरुवात हो यो देखेर कोहि कतै डराउनु पर्ने अवस्था छैन तपाई हामी कोहि पनि यो नयाँ शक्ति भित्र अटाउन सक्छौ तर राम्रो बानी र अनुशासनलाई मात्र लिएर आउनु होला नराम्रो बानी सवै बाहिर छाड्न आवश्यक छ । यसरी नदेखिएका तर स–साना गतिविधीहरु धेरै अगाडी बढी सकेको छ । यसै गरी देशभक्त, विवेकशिल नेपालीहरुले समेत आफु आफुमा नयाँ शक्तिको वकालत गर्दै आएको पाईन्छ । यो पूर्व मेचि देखि पश्चिम महाकालीसम्मका परिवर्तनमुखी चेतनसिल नेपाली जनताहरुको लागि खुसीको विषय भएको छ ।

यहाँ व्याख्या गर्न खोजिएको विषय भनेकै नयाँ शक्तिवारे हो । देश निरन्तर उँधोगतितर्फ गईरहेको अवस्थालाई टुलुटुलु हेरेर बस्न नसकेपछि पूर्व प्रधानमन्त्री समेत भईसकेका डा. बाबुराम भट्टराईले २०७२ साल असोज ९ गतेदेखि औपचारीक रुपमा एमाओवादी परित्याग गरी नयाँ शक्तिको अभियानताको रुपमा अगाडी बढ्नु भएको छ । आज नयाँ शक्तिको अभियानमा नेपाल राज्यभरीका ५० भन्दा बढी जिल्ला घुमेर नयाँ शक्तिको बारेमा विश्लेषण र प्रचार प्रसार गर्न सफल हुनु भएका छ डा. बाबुराम भट्टराई र वहाँका सहयोगी अभियान्ता देवेन्द्र पौडेल, गंगानारायण श्रेष्ठ, देवेन्द्र पराजुली लगायतका अन्य धेरै अभियान्ता एवं सहयोगीहरु छन् । त्यसै गरी करिव ३ महिनाको अन्तरालपछि ३५ जना नयाँ अभियान्ता र त्यसपछि फेरी दोश्रो चरणमा २२ जना अर्को अभियान्ताको नाम सार्वजनिक गर्न सफल हुनु भएको छ भने यसै गरी २४५ जना अभियान्ताहरुको नामावली सार्वजनिक गर्ने तयारीमा हुनु हुन्छ डा. बाबुराम भट्टराई । यस अभियानमा युवा देखि बृद्धहरुसम्मको लवा लस्कर देखिएको छ । यो देखेर भ्रमलुट गरेर नेपाललाई भित्र भित्रै खोक्रो पारेर बसेका नेपालका राजनितीक दलका नेता तथा कार्यकर्ताहरु अतालिए रन्थनिएका बौलाहा भएको मान्छेले जस्तै जे मुखमा आयो त्यही बोल्दै हिडेका छन् ।

बर्तमान परिप्रेक्ष्यमा नेपाली जनताले रोजगार, आर्थिक उन्नतीको आश गरेका छन् यस्को खोजी गरीरहेका छन् नकी भाषणको मात्र, काँग्रेस र एमालेलाई त जनताले यसै त्यसै विश्वास गर्न छाडि सकेका थिए यसै गरी २०५२ साल देखि शुरु गरेको जनयुद्ध पछि माओवादीको तर्फबाट जनताले केहि आशा एवं विश्वास गरेका थिए तर सरकारमा गएपछि उनीहरु पनि काँग्रेस र एमाले भन्दा भिन्न कित्तामा उभिन्न सफल भएन यसैगरी माओवादीले शुरु गरेको जनयुद्धताका गाउँगाउँमा बाँडेको सपनाको एक देखि दुई प्रतिशत मात्रै विकास पुर्याईदिएको भए, सरकारमा बस्दा मन्त्री पदमा बसेका आफुलाई उपल्लोका नेता तथा कार्यकर्ता भन्न रुचाउने एमाओवादीका ठुला नेता देखि तल्ला तहका कार्यकर्ताहरुले देशको ढुकुटी नसिध्याई दिएको भए सायद दोश्रो संविधानसभाको चुनावमा त्यस्तो पराजयको परिणाम भोग्न पर्दैनथियो होला । यो तितो तर सत्य छ । यसमा कोहि चोखिन्न खोजेर काम छैन । यसै गरी एमाओवादीले जनयुद्ध केका लागि गरेको थियो ? लक्ष्य के थियो भन्ने सवै बिर्सी सकेको छ भने खाली सत्ता लुछाचुँडी र कमाउधन्दामा लागेको स्वयम सिद्ध सावित गर्दै आएको छ  । यसै गरी अहिलेको स्थितिमा पार्टी संगठन आन्तरीक दुई लाईन सघर्षले गर्दा तहसनहस भई गुटबन्दी र नैतिकहीनताले गर्दा भत्ताभुंङ्गको स्थितिमा पुग्दा समेत पार्टी नेतृत्वले पार्टीलाई पुनर्संरचना गरी आफ्नो लक्ष्यमा अगाडि बढ्ने कुरालाई निकास दिन छोडेर जसरी पनि सत्तामा टाँसिएर लाभ लिनेका लागि मरीहत्ते गरी लागि परेको देखिन्छ । यसरी एमाओवादी पार्टी ६–७ टुक्रा भई सकेको अवस्थामा फेरी एमाओवादीका अर्का नेता नारायणकाजी श्रेष्ठले अध्यक्ष प्रचण्डलाई पार्टीलाई प्रा.लि बनाउन खोजेको भन्दै सार्वजनिक अभिव्यक्ति दिदै आएका छन् यसले गर्दा दलहरू सिद्धान्तहीन भ्रष्टहरूको जमातको रुपमा फेरिँदै छन् भन्ने पुष्टि गर्दै आएको छ ।

यसरी यो देशमा जनताहरुले विकास, आर्थिक समृद्धि र शान्ति चाहेका छन् । जसभित्र रोजगार होस, हिड्ने बाटो होस, गाउँ गाउँमा किसानले उत्पादन गरेको अन्न तथा तरकारी सजहै वजारसम्म पु¥याउन सकियोस । यति मात्रै गर्न सक्ने भएको भए बर्तमान अवस्थामा अहिले जुन भारतले लगाएको अघोषित नाकाबन्दीको मार खेपेर बसेका छौ त्यस्को कुनै महसुष नै गर्नुपर्दैन थियो । तर के गर्ने हाम्रा पार्टीका नेताहरु कुर्चि ताना तान गर्दैमा फुर्सद छैन ।

प्रधानमन्त्री केपि शर्मा ओलीलाई उखान टुक्का भन्नलाई नै फुर्सद छैन काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिरको जस्तो कुरा गर्नु हुन्छ । जनताको दैनिक जिवन संग सम्वन्धीत ग्यास, पेट्रोल जस्ता उपभोग्य सामाग्रीहरु नाकावन्दीको कारणले तिनमहिना अघिदेखि उपभोग गर्न नपाएका नेपाली पिडित जनतालाई ग्यासको पाईप घरघरमा जडान गरी दिने र हावाबाट विजुली निकाली एकवर्षमा देशलाई समृद्ध बनाउने हावा सपना बाड्दैमा फुर्सद छैन वँहालाई भने अरु नेताहरुको त के कुरा गर्ने ? तसर्थ यी सवै कार्यको समाधान गर्नको लागि नेपालमा नयाँ विकल्पको आवश्यकता छ यो भनेको नयाँ शक्ति हो । आजको आवश्यकता नेपालमा नयाँ विकल्प अनी नयाँ शक्तिको छ यो सम्पूर्ण क्रियाकलाप नयाँ शक्ति विना सम्भव छैन त्यसैले विना पूर्वाग्रह हामीहरु हाम्रै पालामा सुविधा सम्पन्न, रोजगारमुखी, आर्थिक समृद्धि प्राप्त गर्न नयाँ शक्तिलाई सहयोग गरी अगाडी बढ्नु आजको आवश्यकता अनी औचित्य सावित भईसकेको छ ।

यसरी तपाई हामीहरुको हातमा ईतिहासको ठुलो जिम्मेवारी आएको छ । आज विश्व एक्काईसौं शताब्दीमा अगाडी बढी रहेकोछ यस अवस्थामा पनि हाम्रो देश नेपालको विकास पिधँमा रहेको छ । यसै गरी नेपाललाई केहि दशक भित्र विकास, समृद्ध सहित विद्यमान विकासको औसतमा अन्तर्राष्ट्रिय स्तरमा पू¥याएर समुन्नत समाजवादको दिशामा अगाडी बढाउने जिम्मा तपाई हाम्रो हातमा आएको छ । यो सुर्वण अवसरलाई हामीले घुम्न दिनु हुदैन त्यसैले हामी सवै एक ठाउँमा उभिएर नयाँ शक्तिको अभियानमा सक्रिय सहभागी बनौं, घरघरमा, टोलटोलमा, गाउँ गाउँमा, शहर शहरमा, क्याम्पस क्याम्पसमा, कारखाना कारखानामा, कार्यालय कार्यालयमा अनी देश र विदेशमा अर्थात आज हामी जुन धर्तीमा पाईला टेकेका छौ त्यहाँ त्यहाँ नयाँ शक्तिको बारेमा विचार विर्मश र बहस गरौ, अभियान्ता बनौ अनि समृद्ध नेपालको निर्माण अभियानमा दिल खोलेर सहभागी बनौं । यही छ मेरो भित्री हृदय देखि शुभकामना तपाई हामी सम्पूर्ण नेपालीलाई ।

अब भूकम्पपीडितका नाममा स्वत: बैंक खाता आइतबारको विदेशी मुद्राको सटही दर यस्तो छ ? आइतबार संसदमा पेश भएको सरकारको नीति तथा कार्यक्रमको (पूर्ण पाठ) आगलागी पीडित परिवारलाई जस्तापाता दिने मन्त्रिपरिषद्को निर्णय आयल निगमका कर्मचारीले ९० दिनपछि ९० करोड रुपैयाँ बोनस पाउने आयुक्त ज्यू एमाओवादीले वैद्य माओवादीसंग एकता गर्ने एमाओवादीले सरकार छोड्छु भनेकै दिन ओलीलाई अर्को झड्का कम्युनिस्ट न्युक्लिअस नेपालकाे प्रेस वक्तव्य काँग्रेस केन्द्रिय सदस्यमा चर्चित नेताहरु पराजित कांग्रेस महाधिवेशनपछि सरकार परिवर्तन होइन विस्तारः प्रधानमन्त्री कांग्रेस संसदीय दलको नेताका लागि देउवा र पौडेल भिडने कारबाही गर्ने आँट छ ? को को पर्ने भए ? कोररियामा दैलेख - कोररिया सम्पर्क समिति गठन चलचित्र ‘मेन्टल’ मेरो टर्निङ् पोईन्ट हो : नव नायक प्रथम खड्का ज्ञानेन्द्रले दिए चेतावनी त्यो पनि निशुल्क दैलेख महोत्सवलाई नजिकबाट नियाल्दा नक्कली भिषा लगाई ठग्ने कन्सल्टेन्सीका संचालक पक्राउ नयाँ शक्तिले ३० गते पार्टी घोषणा गर्ने नेपाल चिकित्सक सङ्घको चुनाव सुरु नेपाल र नामिबियाबीचको खेलको टिकट इसेवाबाट किन्न सकिने नेपाल राष्ट्र बैंकले आइतबार तोकेको विनिमय दर यस्तो रहेको छ ? नेपाल राष्ट्र बैंकले बुधबार तोकेको विदेशी मुद्राको सटही दर यस्तो छ ? नेपाल राष्ट्र बैंकले मंगलबार तोकेको विदेशी मुद्राको सटही दर यस्तो छ ? पछिल्लो राजनीतिक अवस्थाबारे प्रधानमन्त्रीले ओलीले ३ बजे संसदमा सम्बोधन गर्ने पेट्रोलियम खानी खोज्दै उद्योगमन्त्री प्रचण्डलाई अघि सादै एकीकृत माओवादीले सुरु गग्यो राष्ट्रिय सहमतिको सरकारप्रचण्डलाई अघि सादै एकीकृत माओवादीले सुरु गग्यो राष्ट्रिय सहमतिको सरकार बाबुरामले भने 'सरकार बनाउने र गिराउने खेल केटाकेटीको भाँडाकुटी खेल' बिहीबार नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर यस्तो छ ? भूकम्पपछि बदलिएको वैदेशिक रोजगार यु १६ क्रिकेट प्रतियोगिता भोलिदेखि हुने रातो आँखाले हेरिएको “दलित” शब्द राहदानी जति साहुको नियन्त्रणमा विपाशा बासुले गरिन विवाह विहान बोलाईएको मन्त्रिपरिषद बैठक साझँ बस्ने वैद्यका अबका चार विकल्प व्यवस्थापिका संसदमा प्रभावकारी ढङ्गले प्रस्तुत हुन एमालेले दियो सांसदहरुलाई निर्देशन शुक्रबार विदेशी मुद्राको सटही दर यस्तो छ ? सपना ..... सर्बोच्चले दियो यस्तो आदेश सार्क सम्मेलनको खर्चमाथि पनि अख्तियारको आँखा सूचीबाटै हटाइदिए नारायणकाजीले महरा र प्रकाशको नाम ‘समयअनुसार काम हुन्छ’

video

viewall