Published On: Wed, Mar 9th, 2016

देउवाले जित्नुको अर्थ

Share This
Tags
Jiwanओस्कार वाइल्डको विश्व विख्यात नाटक ‘अन आइडियल हस्बेन्ड’मा एउटा गजब संवाद छ –
लेडी चेल्टर्नः (श्रीमान्‍लाई) रोबर्ट, त्यो आइमाईलाई म चिन्छु, तिमी चिन्दैनौ। हामी स्कुलमा सँगै थियौं। ऊ झुठ, बेइमान र उसले फसाउन सक्ने अरु सबैका लागि खराब संगत थिई। म उसलाई घृणा गर्थें, छि:छि: दुरदुर गर्थें। ऊ सामानहरु चोर्थी, ऊ चोर थिई। ऊ चोरीका लागि स्कुलबाट निकालिएकी थिई। तिमीले आफूलाई किन उसको प्रभावमा पर्न दियौ?
सर रोबर्ट चेल्टर्नः गच्र्युड (लेडी चेल्टर्नको पहिलो नाम), तिमीले भनेको सत्य पनि हुनसक्छ तर त्यो धेरै वर्ष पहिलेको कुरा थियो। त्यसलाई बिर्सनै बेस। मिसेस चिभ्ली त्यस यता बदलिएकी हुन सक्छिन्। कसैलाई पनि उसको विगतका आधारमा मात्र मूल्यांकन गर्नु हुँदैन। 
लेडी चेल्टर्नः (निराशापूर्वक) मानिस जे हो, उसको विगत हो। मानिसको मूल्यांकन गर्ने एउटै आधार उसको विगत हो। 
आआफ्ना अडानमा दुवै जना सहि थिए। मानिसलाई उसको विगतका आधारमा मात्र मूल्यांकन गर्न हुँदैन तर उसको विगतलाई बिर्सेर पनि उसको सही मूल्यांकन हुन सक्दैन। अक्सर यस्तो हुन्छ, विगतका आधारमा हेर्दा मानिस कुरुप देखिए पनि उसले अज्ञात भविष्यका सम्भावनाहरु देखाउँदै भन्छः विगत यस्तो भयो त के भो, म सुध्रिन वा बदलिन सक्छु।
प्रसंग कांग्रेसमा ऐतिहासिक रुपमा निर्वाचित कोइराला परिवारबाहिरका सभापति शेरबहादुर देउवाको हो।
देउवाको विगत त्यति उत्साहजनक छैन। गुटबन्दीको राजनीति र अदुरदर्शिताको बन्दी बनेका गिरिजाप्रसाद कोइरालाको २०५१ को आम चुनावमा असफलताको प्रतिक्रिया स्वरुप कांग्रेस संसदीय दलको नेता चुनिएका देउवा २०४६ पछिको पहिलो गठबन्धन सरकारका प्रधानमन्त्री थिए। त्योबेला उनको सत्तारोहणमा नवीनता थियो। गठबन्धनमै भए पनि कसरी जवाफदेही शासन चलाउन सकिन्छ भन्ने बेन्चमार्क स्थापित गर्ने अवसर उनीसामू थियो। त्यसो हुन सकेन।
त्यसैबीच उनीभन्दा दशगुना अदुरदर्शी मानिसहरुको एउटा झुण्डले जनयुद्ध नाममा सशस्त्र युद्धको उद्‌घोष गर्यो। त्यो झिल्को कुनै बेला डढेलो बनेर फैलन सक्छ भन्ने हेक्का भएको भए र त्यही गम्भीरताका साथ आम मानिसमा बढ्दो असन्तुष्टि सम्बोधन गर्न सकेका भए निभेर जानसक्थ्यो। देउवाको पालोबाट सुरु भएर एकपछि अर्को गरी आएको अस्थिर गठबन्धन सरकारका मानिसलाई पद र खल्तीबाहेक केहीको चिन्ता नभएका बेला सशस्त्र युद्ध झिल्कोबाट चिन्ताजनक डढेलोमा बढोत्तरी भएको हो।
देउवाको शासनकालमै भारतसित गरिएको महाकाली सन्धिका विषयमा चोइटिएर एमाले कमजोर भएको पृष्ठभुमिमा २०५६ मा कांग्रेसले फेरि सामान्य बहुमत ल्याउँदा स्थिति धेरै बिग्रिसकेको थियो तर सम्हालिनै नसक्ने स्थिति थिएन। जंगल र दरबार दुवैतिरको राप र चापले निसासिँदो वातावरणमा पहिले कृष्णप्रसाद भट्टराई अनि गिरिजाप्रसाद कोइरालाले पनि स्थिति सम्हाल्न सकेनन्। कोइरालाको कार्यकालमा दरबार हत्याकाण्ड हुनु र नागरिक सरकारको निरीहता प्रदर्शन हुनुले कोइराला सरकारको साख झन् गिर्यो।
यो स्थितिमा माओवादीलाई वार्तामा फर्काएर शान्ति कायम गर्ने एजेण्डाका साथ देउवा फेरि नेपालको कार्यकारी प्रमुख बनेका थिए ।
माओवादीको युद्ध पक्कै पनि उनको इच्छाशक्तिका कारण मात्र समाधान हुन सक्ने समस्या थिएन। तर, गिरिजालाई सत्तोसराप गर्ने माओवादी देउवाको पदारोहणसँगै युद्धविराम गरेर वार्तामा आउनुले युद्धबाट त्रस्त भइसकेका जनतामा अपूर्व आशावाद जगायो। उनीहरुले देउवालाई देशको एउटा मात्र संकटमोचकका रुपमा हेरे। तर, यसपटक पनि देउवाले परिस्थितिबाट डोरिनुबाहेक थप काम गरेको अनुभूत गराउन सकेनन्।
दुई खाले अतिवादको चेपुवामा परेर औचित्यका लागि संघर्षरत संसदीय व्यवस्थाको अस्तित्व नै विधिवत् रुपमा अन्त्य गरेर देउवाले दुवै खालको अतिवादको सेवा गरे। यसक्रममा पार्टी समेत फुटाएर संसदीय व्यवस्थाको मुख्य दललाई खण्डित र शुष्क तुल्याए। सर्वोच्च अदालतले विगतको नजिरलाई लत्याउँदै संसद विघटनको उनको कदमलाई सदर त गर्यो तर बाचा गरेको समयमा चुनाव गराउन नसकेसँगै नैतिक रुपमा देउवा तल परे।
लगत्तै राजाबाट अपमानजनक रुपमा अपदस्थ गरिएका देउवा पछि तिनै राजाले खोलेको आवेदन भरेर प्रतिगमन आधा वा पूरै सच्चियो भन्दै दरबारतिर कुद्ने चटकेहरुको अग्रपंक्तिमा देखिए र तेस्रोपल्ट सत्ताको स्वाद चाख्न पुगे। स्वभावतः अब उनी नेपाली राजनीतिका पुराना र लोकलाजको सीमा नाघेका सत्तालोलुप पात्रमा दर्ज भइसकेको थिए। त्यसैले उनीमाथि कसैको बढी अपेक्षा थिएन। राजाले उनलाई कुन बेला ल्याए र कुन बेला गलहत्याए, मानिसहरुले त्यति धेरै चासो राखेनन्। त्यसपछि भएको ०६२/०६३ को जनआन्दोलनमा नेतृत्वदायी भूमिका खेलेर अर्का नेता गिरिजाप्रसादले आफ्नो विगतको लिगेसी तोड्दै गुमेको साख फिर्ता गरे र शान्ति प्रक्रिया टुंगिएसँगै राजनेताको शान पाएर मृत्यूवरण गरे। तर, पछिल्लो दशकभर देउवाको भुमिकाचाहिं गुटगत सन्तुलनका नाममा पार्टी सरकारमा जाने बखत भ्रष्टतम मानिसहरु छानेर आफ्नो गुटबाट सरकारमा पठाउनुमा सीमित छ।
समग्रमा, कुनै पनि नयाँ अवसरमा देउवाले विगतको लिगेसीलाई तोडेर नयाँ र इमान्दार सुरुवात गर्न सकेको देखिँदैन। खासगरी बढ्दै गइरहेका जनअपेक्षा र द्रुत गतिमा बदलिइरहेको समाजको सापेक्षमा राखेर उनको कार्य सम्पादन हेर्ने हो भने उनी विगतको बन्दी भएको आभास हुन्छ। न विश्व र छिमेक कहाँ पुग्यो भन्ने अड्कल, न आफ्नो देशको भविष्य यस्तै हुनुपर्छ भन्ने प्रष्ट चित्र। न पार्टी कहाँ जिम्मेवारीमा खरो उत्र्यो र कहाँ चुक्यो भन्ने प्रष्ट मुल्यांकन न पार्टीलाई आम मानिससित अझ निकटतापूर्वक जोड्नुपर्छ भन्ने अड्कल वा उत्कण्ठा।
देशकै ठूलो राजनीतिक दलको नवनिर्वाचित प्रमुखको यो प्रोफाइल पक्कै पनि सन्तोषजनक छैन। सत्तरी पुग्न लागेका र केही वर्षअघिसम्म युवा नेता भनिने गरेका देउवालाई हेर्दा कांग्रेसले उनलाई भविष्यका चुनौती सामना गर्नभन्दा पनि सधैंभरी पार्टीभित्रको प्रतिपक्षी गुटमा रहेको उनको हैसियतलाई दयापूर्ण न्याय गर्न खोजेको आभास हुन्छ।
वाइल्डको नाटकमा रोबर्ट चेल्टर्नले भनेझैं दशकभन्दा बढी पुरानो प्रधानमन्त्रीत्वकालमा देखाएको अकर्मण्यता र अदुरदर्शी पदलोलुपताबाट देउवा मुक्त भएर बदलिइसके होलान् भन्ने तर्क गर्न सकिएला। नेतृत्वदायी पदमा पुगेर हस्तक्षेपपूर्वक परिस्थितिलाई खास दिशा दिनेभन्दा पनि खाडलतिरै भए पनि परिस्थितिबाट डोरिने प्रवृत्ति अब उनमा रहेन भन्ने दाबी गर्न पनि सकिएला। उनको उन्मुक्त नेतृत्वमा कांग्रेसले देश र जनतालाई प्रगति र समृद्धिको बाटोमा डोहोर्‍याउला भनेर आशा गर्न पनि सकिएला।
तर ती तर्क, दाबी र आशाको आधार के हो? एउटा त्यस्तो आधार मानव जाति शाश्वत रुपमा गलतबाट सही अनि बेइमानीबाट इमान्दार हुने दिशामा बढिरहेको छ भन्ने हुन सक्ला तर म त्यसमा विश्वस्त छैन। मेरो अनुभव भन्छ, अन्यथा प्रमाणित नभएसम्म वाइल्डको नाटकमा लेडी चेल्टर्नले बोलेको यो वाक्य सही होः मानिस जे हो, उसको विगत हो।
फेरि यो पनि सत्य होः भविष्यप्रति आशावादी हुने हो भने नेतृत्वदायी मानिसहरु विगतको कैदलाई तोडेर भविष्यलाई खूला आँखाले हेर्दै अघि बढ्नेछन् भन्ने आशा मार्नु पनि हुँदैन। आखिर संसार आशा र अपेक्षाको त्यान्द्रोले त अडिएको छ।
अब भूकम्पपीडितका नाममा स्वत: बैंक खाता आइतबारको विदेशी मुद्राको सटही दर यस्तो छ ? आइतबार संसदमा पेश भएको सरकारको नीति तथा कार्यक्रमको (पूर्ण पाठ) आगलागी पीडित परिवारलाई जस्तापाता दिने मन्त्रिपरिषद्को निर्णय आयल निगमका कर्मचारीले ९० दिनपछि ९० करोड रुपैयाँ बोनस पाउने आयुक्त ज्यू एमाओवादीले वैद्य माओवादीसंग एकता गर्ने एमाओवादीले सरकार छोड्छु भनेकै दिन ओलीलाई अर्को झड्का कम्युनिस्ट न्युक्लिअस नेपालकाे प्रेस वक्तव्य काँग्रेस केन्द्रिय सदस्यमा चर्चित नेताहरु पराजित कांग्रेस महाधिवेशनपछि सरकार परिवर्तन होइन विस्तारः प्रधानमन्त्री कांग्रेस संसदीय दलको नेताका लागि देउवा र पौडेल भिडने कारबाही गर्ने आँट छ ? को को पर्ने भए ? कोररियामा दैलेख - कोररिया सम्पर्क समिति गठन चलचित्र ‘मेन्टल’ मेरो टर्निङ् पोईन्ट हो : नव नायक प्रथम खड्का ज्ञानेन्द्रले दिए चेतावनी त्यो पनि निशुल्क दैलेख महोत्सवलाई नजिकबाट नियाल्दा नक्कली भिषा लगाई ठग्ने कन्सल्टेन्सीका संचालक पक्राउ नयाँ शक्तिले ३० गते पार्टी घोषणा गर्ने नेपाल चिकित्सक सङ्घको चुनाव सुरु नेपाल र नामिबियाबीचको खेलको टिकट इसेवाबाट किन्न सकिने नेपाल राष्ट्र बैंकले आइतबार तोकेको विनिमय दर यस्तो रहेको छ ? नेपाल राष्ट्र बैंकले बुधबार तोकेको विदेशी मुद्राको सटही दर यस्तो छ ? नेपाल राष्ट्र बैंकले मंगलबार तोकेको विदेशी मुद्राको सटही दर यस्तो छ ? पछिल्लो राजनीतिक अवस्थाबारे प्रधानमन्त्रीले ओलीले ३ बजे संसदमा सम्बोधन गर्ने पेट्रोलियम खानी खोज्दै उद्योगमन्त्री प्रचण्डलाई अघि सादै एकीकृत माओवादीले सुरु गग्यो राष्ट्रिय सहमतिको सरकारप्रचण्डलाई अघि सादै एकीकृत माओवादीले सुरु गग्यो राष्ट्रिय सहमतिको सरकार बाबुरामले भने 'सरकार बनाउने र गिराउने खेल केटाकेटीको भाँडाकुटी खेल' बिहीबार नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर यस्तो छ ? भूकम्पपछि बदलिएको वैदेशिक रोजगार यु १६ क्रिकेट प्रतियोगिता भोलिदेखि हुने रातो आँखाले हेरिएको “दलित” शब्द राहदानी जति साहुको नियन्त्रणमा विपाशा बासुले गरिन विवाह विहान बोलाईएको मन्त्रिपरिषद बैठक साझँ बस्ने वैद्यका अबका चार विकल्प व्यवस्थापिका संसदमा प्रभावकारी ढङ्गले प्रस्तुत हुन एमालेले दियो सांसदहरुलाई निर्देशन शुक्रबार विदेशी मुद्राको सटही दर यस्तो छ ? सपना ..... सर्बोच्चले दियो यस्तो आदेश सार्क सम्मेलनको खर्चमाथि पनि अख्तियारको आँखा सूचीबाटै हटाइदिए नारायणकाजीले महरा र प्रकाशको नाम ‘समयअनुसार काम हुन्छ’

video

viewall