Published On: Thu, Jun 2nd, 2016

ट्रेड युनियन निर्वाचनमा एमालेनिकट नेपाल निजामती कर्मचारी संगठन अगाडि

Share This
Tags

जेठ २०, काठमाडौं।
निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन निर्वाचनमा एमालेनिकट नेपाल निजामती कर्मचारी संगठनले दुई तिहाइ स्थानमा जित हासिल गरेको छ ।

मन्त्रालय, विभाग र जिल्लास्तरीय कार्यसमिति गरी एक सय १७ स्थानमा भएको निर्वाचनमा संगठन ७० भन्दा बढी स्थानमा पहिलो भएको हो ।

केन्द्रमा रहेका विभिन्न मन्त्रालय र विभाग गरी ४२ निकायमध्ये संगठनले २८ र ७५ जिल्लामध्ये ४५ जिल्लामा पहिलो स्थान ल्याएको छ । कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियन (संघ) दोस्रो स्थानमा आएको छ ।

युनियनले १७ स्थानमा जित हासिल गरेको छ । माओवादी केन्द्रनिकट राष्ट्रिय कर्मचारी संगठनले दुई स्थानमा जित हासिल गरेको छ भने मधेसी दलनिकट मधेसी कर्मचारी मञ्च चार जिल्लामा विजयी भएको छ ।

प्रमुख निर्वाचन अधिकृतको कार्यालयका अनुसार बुधबार रातिसम्म गणना भएको ३८ हजार मतमध्ये संगठनले १७ हजार प्राप्त गरेको छ । युनियन (संघ) ले १३ हजार, माओवादीनिकट संगठनले चार हजार तथा मञ्चले २७ सय मत ल्याएको छ ।

प्रमुख निर्वाचन अधिकृतको कार्यालयका उपसचिव प्रकाश घिमिरेले अब करिब १० हजार मत गणना गर्न बाँकी रहेको बताए ।

बुधबार भएको निर्वाचनमा देशभरका कुल ५५ हजार तीन सय २२ मतदातामध्ये ८० प्रतिशतभन्दा बढी निजामती कर्मचारीले मतदान गरेका थिए ।

जिल्लादेखि केन्द्रसम्म भएको निर्वाचनमा पाएको मतका आधारमा समावेशी किसिमले भागबन्डा गरिने प्रावधान छ ।

जिल्ला, विभाग तथा मन्त्रालयमा खसेको सबै मत जोडेर केन्द्रीय नेतृत्व छनोट हुनेछ । केन्द्रमा सबैभन्दा बढी मत ल्याउनेलाई अध्यक्ष र कोषाध्यक्ष दिइनेछ भने दोस्रो मत ल्याउनेलाई महासचिव दिइनेछ ।

तेस्रो मत ल्याउनेलाई उपाध्यक्ष र चौथो मत ल्याउनेलाई सचिव दिइनेछ ।
नयाँ पत्रिकाबाट

 

अब भूकम्पपीडितका नाममा स्वत: बैंक खाता आइतबारको विदेशी मुद्राको सटही दर यस्तो छ ? आइतबार संसदमा पेश भएको सरकारको नीति तथा कार्यक्रमको (पूर्ण पाठ) आगलागी पीडित परिवारलाई जस्तापाता दिने मन्त्रिपरिषद्को निर्णय आयल निगमका कर्मचारीले ९० दिनपछि ९० करोड रुपैयाँ बोनस पाउने आयुक्त ज्यू एमाओवादीले वैद्य माओवादीसंग एकता गर्ने एमाओवादीले सरकार छोड्छु भनेकै दिन ओलीलाई अर्को झड्का कम्युनिस्ट न्युक्लिअस नेपालकाे प्रेस वक्तव्य काँग्रेस केन्द्रिय सदस्यमा चर्चित नेताहरु पराजित कांग्रेस महाधिवेशनपछि सरकार परिवर्तन होइन विस्तारः प्रधानमन्त्री कांग्रेस संसदीय दलको नेताका लागि देउवा र पौडेल भिडने कारबाही गर्ने आँट छ ? को को पर्ने भए ? कोररियामा दैलेख - कोररिया सम्पर्क समिति गठन चलचित्र ‘मेन्टल’ मेरो टर्निङ् पोईन्ट हो : नव नायक प्रथम खड्का ज्ञानेन्द्रले दिए चेतावनी त्यो पनि निशुल्क दैलेख महोत्सवलाई नजिकबाट नियाल्दा नक्कली भिषा लगाई ठग्ने कन्सल्टेन्सीका संचालक पक्राउ नयाँ शक्तिले ३० गते पार्टी घोषणा गर्ने नेपाल चिकित्सक सङ्घको चुनाव सुरु नेपाल र नामिबियाबीचको खेलको टिकट इसेवाबाट किन्न सकिने नेपाल राष्ट्र बैंकले आइतबार तोकेको विनिमय दर यस्तो रहेको छ ? नेपाल राष्ट्र बैंकले बुधबार तोकेको विदेशी मुद्राको सटही दर यस्तो छ ? नेपाल राष्ट्र बैंकले मंगलबार तोकेको विदेशी मुद्राको सटही दर यस्तो छ ? पछिल्लो राजनीतिक अवस्थाबारे प्रधानमन्त्रीले ओलीले ३ बजे संसदमा सम्बोधन गर्ने पेट्रोलियम खानी खोज्दै उद्योगमन्त्री प्रचण्डलाई अघि सादै एकीकृत माओवादीले सुरु गग्यो राष्ट्रिय सहमतिको सरकारप्रचण्डलाई अघि सादै एकीकृत माओवादीले सुरु गग्यो राष्ट्रिय सहमतिको सरकार बाबुरामले भने 'सरकार बनाउने र गिराउने खेल केटाकेटीको भाँडाकुटी खेल' बिहीबार नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर यस्तो छ ? भूकम्पपछि बदलिएको वैदेशिक रोजगार यु १६ क्रिकेट प्रतियोगिता भोलिदेखि हुने रातो आँखाले हेरिएको “दलित” शब्द राहदानी जति साहुको नियन्त्रणमा विपाशा बासुले गरिन विवाह विहान बोलाईएको मन्त्रिपरिषद बैठक साझँ बस्ने वैद्यका अबका चार विकल्प व्यवस्थापिका संसदमा प्रभावकारी ढङ्गले प्रस्तुत हुन एमालेले दियो सांसदहरुलाई निर्देशन शुक्रबार विदेशी मुद्राको सटही दर यस्तो छ ? सपना ..... सर्बोच्चले दियो यस्तो आदेश सार्क सम्मेलनको खर्चमाथि पनि अख्तियारको आँखा सूचीबाटै हटाइदिए नारायणकाजीले महरा र प्रकाशको नाम ‘समयअनुसार काम हुन्छ’

video

viewall