Published On: Mon, Jun 12th, 2017

जालोले बिश्वमै देशको नाम चम्काउँछ

Share This
Tags

जेठ २९, काठमाडौं।

अराज केशव , निर्देशक

अराज केशव , निर्देशक

निर्देशक अराज केशवले नेपाली फिल्मको इतिहासमै पहिलोपटक एकसाथ ‘जालो’ र ‘जालो रिटन्र्स’ गरी दुईवटा ‘वान सट’ फिचर निर्माण गरेका छन् । लगातार चार घन्टा खिचिएको जालो र जालो रिटन्र्समध्ये पहिलो भाग शुक्रबारदेखि प्रदर्शनमा आएको छ । फिल्ममार्फत विश्वमा नेपालको नाम राख्ने उद्देश्यबाट प्रेरित भई ‘वान सट’ फिल्म निर्माण गरेको अराज बताउँछन् । जालोका लेखक र एक निर्मातासमेत रहेका निर्देशक अराजसँग फन्नी संसारले गरेको कुराकानी–

‘वान सट’ फिल्म बनाउने सोच कसरी आयो ?
मैले केही फरक गर्न खोजिरहेको थिएँ । सोही क्रममा मलाई मेरा गुरु जेम्स प्रधानले यस्तो आइडिया फुराइदिनुभएको हो । मलाई ‘वान सट’ म्युजिक भिडियो बनाउने सोच पलाएको थियो । तर, जेम्स दाइले फिल्मकै आइडिया दिनुभयो । खासमा केही नयाँ गरूँ भनेर ‘वान सट’मा जालो र जालो रिटन्र्स निर्माण गरेको हुँ । निर्माणमा मलाई मोहित मुनालले साथ दिनुभएको छ ।

‘वान सट’ फिल्म बनाउने सोच कसरी आयो ?
मैले केही फरक गर्न खोजिरहेको थिएँ । सोही क्रममा मलाई मेरा गुरु जेम्स प्रधानले यस्तो आइडिया फुराइदिनुभएको हो । मलाई ‘वान सट’ म्युजिक भिडियो बनाउने सोच पलाएको थियो । तर, जेम्स दाइले फिल्मकै आइडिया दिनुभयो । खासमा केही नयाँ गरूँ भनेर ‘वान सट’मा जालो र जालो रिटन्र्स निर्माण गरेको हुँ । निर्माणमा मलाई मोहित मुनालले साथ दिनुभएको छ ।

jaloएउटा जालो प्रदर्शनमा छ । रेस्पोन्स कस्तो पाउनुभयो ?
एकदमै राम्रो छ । दर्शकले एकदमै इन्जोय गरेको पाएका छौँ । हामीले फिल्ममार्फत मनोरञ्जनको उद्देश्य राखेका हौँ । त्यसमा हामी सफल भएको महसुस भएको छ ।

लगातार चार घन्टासम्म क्यामेरा बन्द नगरी खिचिरहँदाको स्मरण कस्तो छ ?
खासमा यो सोच नै निकै चुनौतीपूर्ण हो । हामीकहाँ हलिउड, बलिउडको जस्तो न प्रविधि, उपकरण न त म्यानपावर नै छ । तैपनि, केही नौलो गरूँ भनेर कन्सेप्ट तयार भयो । त्यसपछि सुटिङमा जान झन्डै एक वर्ष लाग्यो । हामीले १९ दिन रिहर्सल गर्याैँ । सबै कलाकार, प्राविधिकदेखि लिएर, स्पटब्वायसम्मले चार सय पेजको स्क्रिप्ट कण्ठ गर्नुपर्यो । एकजनाले पनि बिगार्यो भने या बिर्सियो भने फेरि खिच्नुपर्ने भएकाले सबैले आफ्नो काम, भूमिका टाइमिङदेखि लिएर हरेक कुराको ख्याल गरेँ । सबै कुरा चुस्तदुरुस्त भएपछि हामीले लगातार चार घन्टा फिल्म खिच्यौँ । निकै मिहिनेत गरेका छौँ । त्यो मिहिनेतले अहिले सार्थकता पाएको छ ।

जालो र जालो रिटन्र्स गिनिज बुकमा रेकर्ड गराउने प्रक्रियामा कहाँ पुग्यो ?
खास यो काम सरकारले गर्नुपर्ने हो । नेपाली फिल्मलाई अन्तर्रा्ष्ट्रिय बजारमा पहिचान दिलाउने एउटा प्रयास हो । मैले घरखेत बचेर फिल्म बनाएको छु । यो मैले पैसा कमाउनका लागि गरेको होइन । नेपाली फिल्मलाई विश्वमा चिनाउनका लागि हो । तर, यहाँ सहयोग गर्ने भनेर खुट्टा तान्नेहरू धेरै रहेछन् । तैपनि, हामी विचलित भएका छैनौँ । प्रक्रिया अघि बढीरहेको छ । गिनिज बुक त एउटा पाटो मात्रै हो । त्यसको आफ्नै क्राइटेरिया हुन्छ । मुख्य कुरा देशको नाम राख्नु हो । हाम्रो फिल्म गिनिज बुकमा लेखिएपछि संसारको सबैभन्दा लामो ‘वान सट’ फिल्म कहाँ हो ?, कुन भाषाको हो, त्यो फिल्मका कलाकार कुन देशका हुन्, निर्देशक, निर्माता, प्राविधिक कहाँका हुन्लगायतका सबै कुरामा नेपालको नाम आउँछ । यो सबै देशका लागि हो ।

जालो रिटन्र्स दर्शकले कहिले हेर्न पाउँछन् ?
पहिला हामी जालोलाई संसारभर फैलाउँछौँ । त्यसको केही समयपछि जालो रिटन्र्स पनि संसारभर फैलनेछ । पाँच–सात महिनापछि जालो रिटन्र्स रिलिज गर्ने हाम्रो योजना छ ।

अब भूकम्पपीडितका नाममा स्वत: बैंक खाता आइतबारको विदेशी मुद्राको सटही दर यस्तो छ ? आइतबार संसदमा पेश भएको सरकारको नीति तथा कार्यक्रमको (पूर्ण पाठ) आगलागी पीडित परिवारलाई जस्तापाता दिने मन्त्रिपरिषद्को निर्णय आयल निगमका कर्मचारीले ९० दिनपछि ९० करोड रुपैयाँ बोनस पाउने आयुक्त ज्यू एमाओवादीले वैद्य माओवादीसंग एकता गर्ने एमाओवादीले सरकार छोड्छु भनेकै दिन ओलीलाई अर्को झड्का कम्युनिस्ट न्युक्लिअस नेपालकाे प्रेस वक्तव्य काँग्रेस केन्द्रिय सदस्यमा चर्चित नेताहरु पराजित कांग्रेस महाधिवेशनपछि सरकार परिवर्तन होइन विस्तारः प्रधानमन्त्री कांग्रेस संसदीय दलको नेताका लागि देउवा र पौडेल भिडने कारबाही गर्ने आँट छ ? को को पर्ने भए ? कोररियामा दैलेख - कोररिया सम्पर्क समिति गठन चलचित्र ‘मेन्टल’ मेरो टर्निङ् पोईन्ट हो : नव नायक प्रथम खड्का ज्ञानेन्द्रले दिए चेतावनी त्यो पनि निशुल्क दैलेख महोत्सवलाई नजिकबाट नियाल्दा नक्कली भिषा लगाई ठग्ने कन्सल्टेन्सीका संचालक पक्राउ नयाँ शक्तिले ३० गते पार्टी घोषणा गर्ने नेपाल चिकित्सक सङ्घको चुनाव सुरु नेपाल र नामिबियाबीचको खेलको टिकट इसेवाबाट किन्न सकिने नेपाल राष्ट्र बैंकले आइतबार तोकेको विनिमय दर यस्तो रहेको छ ? नेपाल राष्ट्र बैंकले बुधबार तोकेको विदेशी मुद्राको सटही दर यस्तो छ ? नेपाल राष्ट्र बैंकले मंगलबार तोकेको विदेशी मुद्राको सटही दर यस्तो छ ? पछिल्लो राजनीतिक अवस्थाबारे प्रधानमन्त्रीले ओलीले ३ बजे संसदमा सम्बोधन गर्ने पेट्रोलियम खानी खोज्दै उद्योगमन्त्री प्रचण्डलाई अघि सादै एकीकृत माओवादीले सुरु गग्यो राष्ट्रिय सहमतिको सरकारप्रचण्डलाई अघि सादै एकीकृत माओवादीले सुरु गग्यो राष्ट्रिय सहमतिको सरकार बाबुरामले भने 'सरकार बनाउने र गिराउने खेल केटाकेटीको भाँडाकुटी खेल' बिहीबार नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर यस्तो छ ? भूकम्पपछि बदलिएको वैदेशिक रोजगार यु १६ क्रिकेट प्रतियोगिता भोलिदेखि हुने रातो आँखाले हेरिएको “दलित” शब्द राहदानी जति साहुको नियन्त्रणमा विपाशा बासुले गरिन विवाह विहान बोलाईएको मन्त्रिपरिषद बैठक साझँ बस्ने वैद्यका अबका चार विकल्प व्यवस्थापिका संसदमा प्रभावकारी ढङ्गले प्रस्तुत हुन एमालेले दियो सांसदहरुलाई निर्देशन शुक्रबार विदेशी मुद्राको सटही दर यस्तो छ ? सपना ..... सर्बोच्चले दियो यस्तो आदेश सार्क सम्मेलनको खर्चमाथि पनि अख्तियारको आँखा सूचीबाटै हटाइदिए नारायणकाजीले महरा र प्रकाशको नाम ‘समयअनुसार काम हुन्छ’

video

viewall