Published On: Mon, Apr 4th, 2016

चिकित्सकको दुर्लभ शल्यक्रिया– मेसिनले काटेको हात राखियो पेटभित्र सुरक्षित

Share This
Tags

एजेन्सी– चिकित्सकहरुले ब्राजिलका एक पुरुषको काटिएको हातलाई उनकै पेटमा जडान गरेर काम नलाग्ने हुनबाट  जोगाएका छन् ।  मेसिन सञ्चालक कार्लोस मारिओटिज एउटा गम्भीर दुर्घटनामा परेपछि उनको बायाँ हातलाई उनको पेटभित्र पुरेर त्यसलाई एक प्रकारको रक्षात्मक छालाले ढाक्ने निधो गरेको छन् ।32C4175400000578-0-image-a-53_1459599342603

दक्षिण ब्राजिलका ४२ वर्षीय यी पुरुषले आफ्नो क्षतिग्रस्त हातलाई ६ सातासम्म पेटभित्रको नरम तन्तुभित्र राख्नुपर्नेछ ।

यस्तो दुर्लभ शल्यक्रिया गर्ने चिकित्सक बोरिस ब्रान्डाओ भन्छन्, ‘उनी गम्भीर दुर्घटनामा परेका रहेछन्, जसका कारण उनको हत्केलाको सबै छाला र हातको पछाडिको भाग गुमेको थियो । हातलाई जोखिमबाट बचाउन पेटभित्र राखिएको हो,’ दुर्घटनापछि उनको हात केबल कंकालको रुपमा मात्र देखिएको थियो ।

‘उनी निकै ठूलो दुर्घटनामा परेका रहेछन् । मेसिनले छुट्टाएको हातलाई थप हानी हुनबाट जोगाउन अस्थायी रुपमा पेटभित्र राख्यौं,’ डा। बोरिस भन्छन्, ‘यस्तो अनौठो बिधि प्रयोग नगरेको भए उनमा संक्रमणको गम्भीर जोखिम हुने थियो । उनको शरिरका तन्तुहरु र नशाहरु कुहिने प्रबल सम्भावना देखिन्थ्यो ।’ शान्ता ओटिलिअ अस्पतालमा भर्ना भएका कोर्लोसले आफू निकै नै भाग्यमानी भएको प्रतिक्रिया दिएका छन् ।

‘सो घटनाको बारेमा सम्झदा म उद्धेलित हुन्छु । शल्यक्रियापछि आफ्नो हात नदेख्दा अचम्म लाग्यो । तर, चिकित्सकहरुले केही समयका लागि पेटमा राखिदिएको बताइदिँदा झनै आश्र्चय महशुस भयो । त्यसपछि मैले कुनै शब्द अभिव्यक्त गर्न सकिन । ’

उनको पेटको बीच भागमा कडा बेन्डेजको सहाराले उनको भाचिएको हात राखिएको छ । तर, सो हातलाई कडा हुनबाट बचाउन उनी आफैलै पेटको हातलाई बिस्तारै चलाउनुपर्ने सुझाब दिएका छन् ।

‘पेटभित्र औलाको र हात राख्दा अनौठो अनुभव भएको छ, उनी थप्छन् ।

कारखाना चालक यी पुरुषले दुई ओटा औला नै गुमाएका छन् । चोर र माझी औला गुमाएका उनी भन्छन्, ‘म अझै पनि भाग्यमानी सम्झन्छु किनकी कम्तिमा पनि मैले फोर्क पक्डिन र लुगा लगाउन अरु कसैको सहयोग चाहिदैन ।

आफ्नो घर नजिकै सञ्चालिन प्लाष्टिक बनाउने मेसिनमा दुर्भाग्यबस उनको हात परेको थियो । दुर्घटनाको समयमा उनी एक्लै रहेका थिए  । हातका औला मेसिनले लैजादा उनी आफू बाँच्छु भनेर आशा पनि त्यागेका थिए ।

सन् २००१ मा काम छोडेर हालै सो उद्योगमा संलग्न भएका उनी भन्छन्, ‘दुर्घटना मेरो अगाडि फिल्म बनाए जस्तै लाग्थ्यो । मेसिनले मेरो हात तानेर लगिदियो मैले केही गर्न सकिन । ’

उनी चिच्याएको कसैले नसुनेपछि उनी स्वंयमले मेसिनले उछिट्टाएको हात समाएका थिए । त्यसपछि हात लिएर अस्पताल पुगेका उनलाई उपचार गर्न चिकित्सकहरुले कुनै कसर बाँकी राखेनन् । ‘घाइते हातलाई जीवितै राख्नका लागि उसको पेट खोल्यौं, छाला निकाल्याँै र भित्र सुरक्षित राख्यौ,’ उपचारमा संलग्न चिकित्सक भन्छन् ।

६ सातासम्म  उनको पेटभित्र हात रहनेछ । यो अवधिमा हातमा नयाँ तन्तु पलाउनेछ ।

– See more at: http://swasthyakhabar.com/2016/04/43279.html#sthash.rAVtknFw.dpuf

अब भूकम्पपीडितका नाममा स्वत: बैंक खाता आइतबारको विदेशी मुद्राको सटही दर यस्तो छ ? आइतबार संसदमा पेश भएको सरकारको नीति तथा कार्यक्रमको (पूर्ण पाठ) आगलागी पीडित परिवारलाई जस्तापाता दिने मन्त्रिपरिषद्को निर्णय आयल निगमका कर्मचारीले ९० दिनपछि ९० करोड रुपैयाँ बोनस पाउने आयुक्त ज्यू एमाओवादीले वैद्य माओवादीसंग एकता गर्ने एमाओवादीले सरकार छोड्छु भनेकै दिन ओलीलाई अर्को झड्का कम्युनिस्ट न्युक्लिअस नेपालकाे प्रेस वक्तव्य काँग्रेस केन्द्रिय सदस्यमा चर्चित नेताहरु पराजित कांग्रेस महाधिवेशनपछि सरकार परिवर्तन होइन विस्तारः प्रधानमन्त्री कांग्रेस संसदीय दलको नेताका लागि देउवा र पौडेल भिडने कारबाही गर्ने आँट छ ? को को पर्ने भए ? कोररियामा दैलेख - कोररिया सम्पर्क समिति गठन चलचित्र ‘मेन्टल’ मेरो टर्निङ् पोईन्ट हो : नव नायक प्रथम खड्का ज्ञानेन्द्रले दिए चेतावनी त्यो पनि निशुल्क दैलेख महोत्सवलाई नजिकबाट नियाल्दा नक्कली भिषा लगाई ठग्ने कन्सल्टेन्सीका संचालक पक्राउ नयाँ शक्तिले ३० गते पार्टी घोषणा गर्ने नेपाल चिकित्सक सङ्घको चुनाव सुरु नेपाल र नामिबियाबीचको खेलको टिकट इसेवाबाट किन्न सकिने नेपाल राष्ट्र बैंकले आइतबार तोकेको विनिमय दर यस्तो रहेको छ ? नेपाल राष्ट्र बैंकले बुधबार तोकेको विदेशी मुद्राको सटही दर यस्तो छ ? नेपाल राष्ट्र बैंकले मंगलबार तोकेको विदेशी मुद्राको सटही दर यस्तो छ ? पछिल्लो राजनीतिक अवस्थाबारे प्रधानमन्त्रीले ओलीले ३ बजे संसदमा सम्बोधन गर्ने पेट्रोलियम खानी खोज्दै उद्योगमन्त्री प्रचण्डलाई अघि सादै एकीकृत माओवादीले सुरु गग्यो राष्ट्रिय सहमतिको सरकारप्रचण्डलाई अघि सादै एकीकृत माओवादीले सुरु गग्यो राष्ट्रिय सहमतिको सरकार बाबुरामले भने 'सरकार बनाउने र गिराउने खेल केटाकेटीको भाँडाकुटी खेल' बिहीबार नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर यस्तो छ ? भूकम्पपछि बदलिएको वैदेशिक रोजगार यु १६ क्रिकेट प्रतियोगिता भोलिदेखि हुने रातो आँखाले हेरिएको “दलित” शब्द राहदानी जति साहुको नियन्त्रणमा विपाशा बासुले गरिन विवाह विहान बोलाईएको मन्त्रिपरिषद बैठक साझँ बस्ने वैद्यका अबका चार विकल्प व्यवस्थापिका संसदमा प्रभावकारी ढङ्गले प्रस्तुत हुन एमालेले दियो सांसदहरुलाई निर्देशन शुक्रबार विदेशी मुद्राको सटही दर यस्तो छ ? सपना ..... सर्बोच्चले दियो यस्तो आदेश सार्क सम्मेलनको खर्चमाथि पनि अख्तियारको आँखा सूचीबाटै हटाइदिए नारायणकाजीले महरा र प्रकाशको नाम ‘समयअनुसार काम हुन्छ’

video

viewall