Published On: Tue, May 17th, 2016

चलचित्र ‘मेन्टल’ मेरो टर्निङ् पोईन्ट हो : नव नायक प्रथम खड्का

486081_594908583856213_2629892_nनेपाली चलचित्रमा ‘हिरो’ बन्न पढेर तथा आफ्नो लगनशील मेहनतले संघर्ष गरेका युवा हुन्, प्रथम खड्का। सानै देखि हिरो बन्ने आश्यले भारत गएका प्रथमले फिल्म विषय पढेरनै हिरो बनिने रहिछ भन्ने एक उदाहरण दिएका छन् । खड्काले भारतमा रहदा हिन्दी चलचित्रमा सब असिस्टेनको रुपमा काम गरीसकेका छन् । उनी चलचित्रको ठूलो पर्दामा देखिनुभन्दा पहिले नेपाली गितको मोडेलको रुपमा चिनिएका थिए । उनले अभिनय गरेको पहिलो नेपाली चलचित्र‘मेन्टल’ जेठ २१ गतेबाट प्रदर्शनमा आउँदैछ जसलाई खड्काले आफनो ‘फिल्मी क्यारियर’को ‘टर्निङ् पोईन्ट’ हुने दावी गरेका छन् । प्रस्तुत छ, नव नायक प्रथम खड्का सँग एसियनखबर डटकम का टंक रेग्मीले गरेको कुराकानीको संपादित अंशः

चलचित्र ‘मेन्टल’ को रिलीज समय नजीकदै गर्दा कतिको ब्यस्त हुनुहुछ ?

मेरो मुख्य अभिनय रहेको पहिलो चलचित्र ‘मेन्टल’ जेठ २१ गतेबाट देशव्यापी प्रदर्शनको तयारीमा छ । त्यसैले पनि पछिल्लो समय चलचित्रको प्रचार९प्रसार तथा विभिन्न व्यक्तिसंगको भेटघाटमा व्यस्त रहेको छु । साथै मिडियाहरुमा अन्तरवार्ता दिने देखी चलचित्रसँग जोडिएका बाहिरी कार्यक्रमहरुमा समेत सहभागिता जनाईरहेको छु ।

‘मेन्टल’ कस्तो चलचित्र हो ?

सिधा अर्थमा भन्नुपर्दा ‘मेन्टल’ चलचित्र देशको भविष्य र आफ्नो करीयरको चीन्ताले युवा वर्गहरु मेन्टल्ली रुपमा पिडित रहेका छन् भन्ने कथाबस्तुमा रहेर ब्याङ्ग्यात्मक रुपमा पर्दामा उतारिएको चलचित्र हो । यो चलचित्र सबै बसेर हेर्न मिल्ने खाल्को रहेको छ ।

‘मेन्टल’मा प्रथमलाई कस्तो पात्रका रुपमा देख्न पाईन्छ ?

अब चलचित्र नै एक मानसीक सन्तुलन गुमाएको युवाको कथामा जोडिएकोले म पनि यो चलचित्रमा मेन्टल्ली रुपमा पिडित युवाको भुमिकामा देखिँदैछु ।

 नायक बन्नका लागि कति वर्ष संर्घस गर्नुभयो , र यो चलचित्रले प्रथमलाई सफल हिरोको रुपमा चिनाउँला ?
अवश्य पनि हजुरले भने जस्तै टंकजी, मैले नेपाली सिनेमामा जम्नको लागी यहि फिल्डको विषय पढेर पछिल्लो २ बर्षदेखी संघर्ष गरिरहेको छु । र म पहिलो पठक नेपाली फिल्मा आएको छु यस भन्दा पहिले मैले हिन्दी फिल्मा असिस्टेनको रुपमा काम गरेको छु । त्यसकै आधारमा मैले पढेको र सीकेका कुराहरुबाट पहिलो पटक अभिनय गरेको र प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘मेन्टल’मा म मेन्टल्ली रुपमा पिडित युवाको भुमिकामा देखिँदैछु ।
त्यसैले पनि मेरो पहिलो आशा, विश्वास अनि सफलताको कडिको रुपमा चिनाउन पाउने मेरो चलचित्र नै ‘मेन्टल’ बन्नेमा विश्वस्त छु । किनकी यो चलचित्रमा मैले निर्माता निर्देशकले दिएको जिम्मेवारीलाई निकै मेहनतका साथ पालना गर्दै सकेसम्म राम्रो गर्ने प्रयास गर्दै चलचित्रलाई स्तरिय बनाउने प्रयास गरेको छु । र यो चलचित्रमा मेरो भूमिकाले दर्शकको मन जित्न सफल हुने छ भन्ने विश्वास लिएको छु । साथै यो चलचित्र मेरो जीवनको ‘टर्निङ् पोईन्ट’ नै हुनेछ भन्नेमा पनि ढुक्क छु ।

यहि फिल्डमा पढेको हुँ तथा काम पनि गरेको भन्नुहुन्छ त्यो बिचको समयमा के पाउनुभयो ?

सुरुमा त कलाकारिता क्षेत्रमा आउन चाहने जो कोहीमा पनि क्षमता हुनुपयो । त्यसपछी मैले बुझेअनुसार अनि पाए अनुसार यो क्षेत्रमा काम गर्नको लागि सम्पूर्ण कुरामा आफुलाई फिट छु है भन्ने बनाउन जरुरी देखिन्छ । किनकी आजको समयसम्म मैले पनि केहि दुख भोगेर आएको हुँ । धेरै जसोले भन्ने पनि गरेका छन् हिरो बन्न पौसा खर्च गर्नु पर्छ भनेका छन् त्यो मेरो लागि झुटो साबित भएको छ । तर म मेरो लगनशिल्ता र मेहनतले हिरो बनेको हु ।

बास्तविक जिवन र पर्दामा आइसकेपछिको जीवनमा के कस्तो फरक छ ?

म त बच्चा देखी नै ‘हिरो’ बन्ने सपना बुनेको मान्छे । त्यसैले सुरुवाती दिनहरुमा मैले जति सहज सोचेको थिएँ, त्यो बिल्कुलै पाईने रैनछ । चलचित्रमा अभिनयको दौरानमा वास्तविक जीवनमा भोग्दै नभोगेको कुरा पनि गर्नुपर्ने हुन्छ, त्यसमा अन्य गतिबिधीहरु जस्तै रोमान्स, हाँसो९रोदन, कमेडी सबै पर्दाको लागि मात्रै हुन्छ । अनि सामान्य जीवनयापनमा जस्तो पर्दामा आइसकेपछिको जीवन सहज हुदैन ।
हिड्दा बस्दा खाँदा हरेक कुराहरुमा बिचार पुर्याउनुपर्ने समेत हुन्छ । त्यही हो वास्तविक तथा सामान्य जीवन अनि पर्दामा आईसकेपछिको जीवनमा धेरै फरक छ ।

कलाकार नै बनेर फील्म क्षेत्रमा टिक्न गाहो छ भन्छन नि ?

नेपालको तुलनामा त गाहो नै हो । तर यस क्षेत्रको बारेमा पढेर तथा बुझेर आएको ब्यतिmलाई खासै गाहे चहि होईन । कि नेपालमा आफ्नै एउटा बिजनेस हुनुपयो हैन भने एक सामान्य परिवारको ब्यक्ति म हिरो बन्छु भन्छ भने उसका लागि यो क्षेत्रमा टिक्न गाहो हुन्छ । साथै यो क्षेत्रमा टिक्न राम्रो अभिनय मार्फत दर्शको मन जित्न सकेमा पनि टिक्न सकिन्छ जस्तो मलाई लाग्छ ।

तपाईलाइ चलचित्र अथात ठूलो पर्दामा आउन कस्ले प्रेण दियो ?

म कसैको प्रेणले यो क्षेत्रमा आएको होईन । मेरो सानै देखिको रुचि र मेरो लगनशिल्ताले नै यो क्षेत्रमा मलाई डोराएको हो । र मलाई सहगोग गर्ने धेरै हुनुहुन्छ त्यसमध्ये मलाई मेरो भाईर दिदिले नै साथ दिएर यो क्षेत्रमा आएको हुँ ।

यदि कदमकदाची यो चलचित्र ब्यापारीक रुपमा सफल हुन सकेन भने त्यो पछिको दिनमा प्रथम यहि फील्डमा लागिरहन्छन की अन्य फिल्ड रोज्छन त ?

नाई, अहिले नै यो चलचित्र असफल होला र अरु के गरौला भन्न तर्फ नसोच्दा नै बेस होला । किनकी तत्कालको मेरो आशा भरोशा भनेको नै ‘मेन्टल’मा छ । म त , यो क्षेत्रलाई नै कर्मथलो बनाउन पढेर आएको मान्छे, त्यसैले मैले सकेअनुसार अनि दर्शकको माया पाउन्जेल र रुचाईदिन्जेल म यो क्षेत्रमा नै क्रियासिल हुनेछु । किनकी मेरो नशा नशामा नेपाली चलचित्र छ, मेरो मन मुटु अनि मस्तिष्कमा नेपाली चलचित्र छ ।

अन्तमा केहि भन्न चाहानुहुन्छ ?

यो अन्तरवार्ता पढ्दै गर्नु भएका सम्पुर्ण पाठकहरुमा म के भन्न चाहन्छु भने मेरो मुख्य अभिनयमा जेठ २१ गतेबाट देशैभर चलचित्र ‘मेन्टल’ प्रदर्शन हुँदैछ । तपाईँ पनि आफ्नो नजिकको पायक पर्ने हलसम्म गएर चलचित्र हेर्दिनुहोला । यो चलचित्र हेरुन्जेल कुनै झनझट महसुस हुने छैन । तपाईको समय अनि पैसा दुबैको बचत हुनेछ । दर्शकहरुको माया ममता अनि साथ नै हरेक कलाकारको सफलताको कडी बन्ने हो, त्यसैले चलचित्र हेरेर राम्रो नराम्रो ‘कमेन्ट’ गरिदिनुहोला भन्न चाहन्छु । अनि मेरा केही तिता अनि केही मिठा अनुभवहरुलाई बाहिर निकाल्न सहयोग गर्नु भएकोमा कृष्ण हमाल ठकुरी अनि तपाईको एसियनखबर डट कम प्रति आभारी छु ।

अब भूकम्पपीडितका नाममा स्वत: बैंक खाता आइतबारको विदेशी मुद्राको सटही दर यस्तो छ ? आइतबार संसदमा पेश भएको सरकारको नीति तथा कार्यक्रमको (पूर्ण पाठ) आगलागी पीडित परिवारलाई जस्तापाता दिने मन्त्रिपरिषद्को निर्णय आयल निगमका कर्मचारीले ९० दिनपछि ९० करोड रुपैयाँ बोनस पाउने आयुक्त ज्यू एमाओवादीले वैद्य माओवादीसंग एकता गर्ने एमाओवादीले सरकार छोड्छु भनेकै दिन ओलीलाई अर्को झड्का कम्युनिस्ट न्युक्लिअस नेपालकाे प्रेस वक्तव्य काँग्रेस केन्द्रिय सदस्यमा चर्चित नेताहरु पराजित कांग्रेस महाधिवेशनपछि सरकार परिवर्तन होइन विस्तारः प्रधानमन्त्री कांग्रेस संसदीय दलको नेताका लागि देउवा र पौडेल भिडने कारबाही गर्ने आँट छ ? को को पर्ने भए ? कोररियामा दैलेख - कोररिया सम्पर्क समिति गठन चलचित्र ‘मेन्टल’ मेरो टर्निङ् पोईन्ट हो : नव नायक प्रथम खड्का ज्ञानेन्द्रले दिए चेतावनी त्यो पनि निशुल्क दैलेख महोत्सवलाई नजिकबाट नियाल्दा नक्कली भिषा लगाई ठग्ने कन्सल्टेन्सीका संचालक पक्राउ नयाँ शक्तिले ३० गते पार्टी घोषणा गर्ने नेपाल चिकित्सक सङ्घको चुनाव सुरु नेपाल र नामिबियाबीचको खेलको टिकट इसेवाबाट किन्न सकिने नेपाल राष्ट्र बैंकले आइतबार तोकेको विनिमय दर यस्तो रहेको छ ? नेपाल राष्ट्र बैंकले बुधबार तोकेको विदेशी मुद्राको सटही दर यस्तो छ ? नेपाल राष्ट्र बैंकले मंगलबार तोकेको विदेशी मुद्राको सटही दर यस्तो छ ? पछिल्लो राजनीतिक अवस्थाबारे प्रधानमन्त्रीले ओलीले ३ बजे संसदमा सम्बोधन गर्ने पेट्रोलियम खानी खोज्दै उद्योगमन्त्री प्रचण्डलाई अघि सादै एकीकृत माओवादीले सुरु गग्यो राष्ट्रिय सहमतिको सरकारप्रचण्डलाई अघि सादै एकीकृत माओवादीले सुरु गग्यो राष्ट्रिय सहमतिको सरकार बाबुरामले भने 'सरकार बनाउने र गिराउने खेल केटाकेटीको भाँडाकुटी खेल' बिहीबार नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर यस्तो छ ? भूकम्पपछि बदलिएको वैदेशिक रोजगार यु १६ क्रिकेट प्रतियोगिता भोलिदेखि हुने रातो आँखाले हेरिएको “दलित” शब्द राहदानी जति साहुको नियन्त्रणमा विपाशा बासुले गरिन विवाह विहान बोलाईएको मन्त्रिपरिषद बैठक साझँ बस्ने वैद्यका अबका चार विकल्प व्यवस्थापिका संसदमा प्रभावकारी ढङ्गले प्रस्तुत हुन एमालेले दियो सांसदहरुलाई निर्देशन शुक्रबार विदेशी मुद्राको सटही दर यस्तो छ ? सपना ..... सर्बोच्चले दियो यस्तो आदेश सार्क सम्मेलनको खर्चमाथि पनि अख्तियारको आँखा सूचीबाटै हटाइदिए नारायणकाजीले महरा र प्रकाशको नाम ‘समयअनुसार काम हुन्छ’

video

viewall